Thursday 11th December 2025

    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन

बंगाली म्यूजिक भिडियोमा नारायण ढकाल

Thursday, February 15, 2018 National Power

काठमाण्डौ – नेपाली गीतसंगीतमा चर्चा कमाएका मोडल एवं निर्देशक नारायण ढकाल यतिखेर भने अन्तर्राष्ट्रिय बजारमा पनि आफूलाई स्थापित गर्ने सोचमा लागि परेका छन् ।

उनीद्वारा अभिनित बंगलादेशी गीतको म्यूजिक भिडियो भ्यालेन्टाइन डेको छेको पारेर सार्वजनिक भएको छ । बंगलादेशबाट नेपाली मोडल र नेपाली पर्यटकीय क्षेत्रलाई कैद गरेर निर्माण गरिएको म्यूजिक भिडियो ‘तोमर आकाश’ मा नारायण ढकालको साथमा बंगलादेशकै मोडल तान्जिन तिसाले अभिनय गरेकी छन् ।

यस म्यूजिक भिडियोलाई बंगलादेशकै निर्देशक तनिम रहमान आङ्शुले निर्देशन गरेका हुन् । बंगलादेशकै चर्चित गायिका सुस्मिता अनिशको स्वरमा रहेको तमोर आकाशलाई सोहेल अर्मनले लेखेका हुन् ।

संगीत निर्देशक अदितको संगीत रहेको यस गीतको म्यूजिक भिडियोलाई अर्फूज्जामनले छायाँकन गरेका हुन् भने वाम्मी रहमानले सम्पादन गरेका हुन् ।

यस गीतको म्यूजिक भिडियो र कलाकार छनौटका लागि नेपालबाट चित्रकार एवं गायक ज्योतिप्रकाशले संयोजन गरेका थिए । म्यूजिक भिडियोमा अभिनय गर्दै आएका धेरै मोडलहरुमध्ये नारायण ढकाललाई मन पराएको ज्योतिप्रकाशले बताए ।