Monday 15th December 2025

    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै

आजको ट्राफिक अपडेट

Tuesday, February 13, 2018 National Power

१ फागुन, काठमाडौं – चावहिल,मित्रपार्क,गौशाला र तिलगंगा क्षेत्रमा सवारी साधन यतिबेला क्युमा चलिरहेका छन् । महाशिवारात्रीको अवसरमा,गौशाला स्थित पवित्र पाशुपत क्षेत्रमा सहभागी हुने दर्शनार्थीको घुइचो बढेकाले क्युको अवस्था रहेको हो ।  यसैबिच दर्शनार्थीहरुको सुबिधालाई मध्यनजर गरी ट्राफिक प्रहरीले आज बिहानैबाट गौशालातर्फ आउने मालबाहक सवारी साधनलाई तीनवटा स्थानबाट डाइभर्सन गरेको छ ।

भक्तपुरबाट गौशालातर्फ आउने मालबाहक सवारी साधनलाई कोटेश्वरबाट,नारायणटारबाट आउने मालबाहक सवारीलाई गौरीघाटबाट र कपन जोरपाटी हुँदै गौशाला आउने मालबाहक सवारी साधनलाई चाबहिलबाट डाइभर्सन गरेको हो । अन्य सार्वजनिक तथा निजी सवारी साधन भने यतिबेला सामान्य रुपमा संचालन भैरहेका छन् ।

सवारी साधन लिएर गौशालातर्फ जानेहरुको लागी भने ट्राफिक प्रहरीले सिफलचौर,गुहेश्वरी पारिको खालिचौरमा र पशुपति क्षेत्र बिकाश कोषको कार्यालयमा पार्किङको ब्यबस्था मिलाएको छ । यस बाहेक उपत्यकाका अन्य स्थानको सवारी आवगमन भने सामान्य रहेको छ ।