Wednesday 21st February 2018

    प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न ।    चर्चित ६ इन्काउन्टरः चरी, घैंटे र मनोज मारिए, टिके डाँका बचे    कब्जियत छ ? त्यसो यस्तो खानेकुरा खानुपर्छ    अमेरिकामा बन्दुक बहसः ‘बम्प–स्टक’ प्रयोगमा प्रतिवन्ध लगाउने ट्रम्पको घोषणा    अभ्यास

पोख्रेलीमाझ गुञ्जिईन रश्मी


पोखरा – आफूलाई साहित्यकाका विविध आयाममा सक्रिय बनाउदै आएकी साहित्यकार, गजलकार एवं मुक्तककार रश्मि रोदनले पोखरा तताएकी छिन् ।

मुक्तक मञ्च पोखराको आयोजनामा पोखराको न्यूरोडमा सम्पन्न कार्यक्रममा करिव दुई दर्जन मुक्तक सुनाउदै रश्मि रोदनले पोखरा तताएकी हुन् । विशिष्ट अतिथिको रुपमा पोखरा पुगेकी रश्मिले प्रेम सप्ताहको यस अवसरमा अधिकांश मुक्तक प्रेमिल सुनाएकी थिइन् भने सामाजीक एवं सौन्दर्य – प्रेमका मुक्तक उनले वाचन गरेकी थिइन् । रिडर्स क्लबको भरिभराउन हलमा खचाखच दर्शकले ‘वान्समोर१ र ताली वजाएको बजाऐ गरेका थिए ।

तिम्रो नयन सजाउने काजल हुन मन छ ...........।

प्यारको वर्षा गराउने बादल हुन मन छ............ ।

डुब्न देउ न सानु तिम्रो जादुमय वदनमा........... ।

हराउदै तिम्रो यादमा पागल हुन मन छ ...........।

यी र यस्तै मुक्तक मार्फत पोखरेली श्रोताहरुको मन जित्न सफल भएकी रश्मिले आफ्नै परिचय समेत मुक्तकबाट दिएकी थिइन् । पोखराको सौन्दर्यलाई समेत मुक्तकमा उतारेकी रश्मि सँगै स्याङ्जाका एस पी असफलले पनि मुक्तक विशेष रुपमा सुनाएका थिए ।

साथै फुटकर रुपमा पोखराका विभिन्न मुक्तककारहरुले मुक्तकहरु सुनाएका थिए । मुक्तक मञ्च पोखराको ११७ औं श्रृङ्खलामा प्रान्जलको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।