Thursday 24th April 2025

    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न

महाशिवरात्री मेलाको सम्पूर्ण तयारी पूरा, गाँजा सेवक रोक्न सुरक्षाकर्मी परिचालन गरिने

Monday, February 12, 2018 National Power

२९ माघ , काठमाडौं–पशुपति क्षेत्र विकास कोषले महाशिवरात्री मेलाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । कोषले  पत्रकार सम्मेलन गरी महाशिवरात्री मेलाको सम्पूर्ण तयारी पूरा गरिएको जानकारी गराएको हो । दर्शनका लागि आवश्यक सबै खालको व्यवस्था गरिएको कोषका सदस्य सचिव डा। प्रदिप ढकालले जानकारी दिए । कोषले महाशिवरात्रीमा दर्शनसम्बन्धि व्यवस्था, ट्राफिक  वस्थापनसम्बन्धि व्यवस्था, आवास, भोजन, स्वयम्सेवक, सरसफाई तथा स्वास्थ्य शिविरसम्बन्धि आवश्यक व्यवस्था गरेको हो । जस अनुसार दर्शनका लागि पिंगलास्थान, उमाकुन्ड र मित्रपार्कबाट प्रवेश गर्ने व्यवस्था गरिएको छ ।

महाशिवरात्री मेलामा गाँजालगायतका नशालू पदार्थ सेवन गर्न नदिन व्यापक सुरक्षाकर्मी परिचालन हुनेछ । महाशिवरात्री मेलामा नशालु पदार्थ सेवन गर्न नदिने गरी सुरक्षाको उचित प्रबन्ध गरिएको पनि कोषका सदस्य सचिव ढकालले बताए । कोषले पशुपति मन्दिर परिसर भित्र गाजा, भाङलगायतका नशालु पदार्थ सेवन गरेको पाइए कडा कार्वाही गर्ने चेतावनी पनि दिँदै आएको छ । महाशिवरात्रीको अघिल्लो दिन भोली सोमबारदेखि नै पशुपति क्षेत्र भित्र पर्ने रुटहरुमा मालबहाक तथा भारी सवारी साधनहरुलाई महाराजगंज–चक्रपथ–चावहिल प्रवेशमा रोक लगाइएको छ । कोषले आईतबारदेखि नै पशुपति क्षेत्र वरपर सुरक्षाकर्मीहरु परिचालन गरेको छ । मेलामा आकस्मिक सेवा दिने गरी स्वयम सेवक र चिकित्सकहरुको व्यवस्था पनि गरिएको छ ।

यस वर्ष विशेष पासको भने व्यवस्था गरिएको छैन । आवश्यक परे स्वयमसेवक र सुरक्षाकर्मीको समन्वयनमा विशेष व्यवस्था हुनेछ । कोषका सदस्य सचिव ढकालका अनुसार वृद्धवृद्धा, अशक्तहरुलाई आवश्यक परे स्वयमसेवक र सुरक्षाकर्मीहरुले दर्शनका लागि आवश्यक व्यवस्था मिलाउने छन । कोषले यस वर्ष १२ लाखसम्म दर्शनार्थी आउने अनुमान गरेको छ । यस वर्ष फागुन १ गते महाशिवरात्री मेला परेको छ । मेलाका लागि भारतबाट समेत साधुहरु आउने गरेका छन । उनीहरुलाई आवास र खानाको व्यवस्था समेत कोषले गर्ने गर्दछ । त्यसैगरी कोषले दर्शनार्थीहरुको स्वास्थ्यमा समस्या आए तत्काल उपचार गर्न आवश्यक स्वास्थ्य शिविर पनि संचालन गर्नेछ ।