२६ माघ,काठमाण्डौ – एक १५ वर्षिया युवतीले आगनीको गेट खोलेपछि हामी सबै जना भित्र पस्यौँ । फराकिलो आगनीको विच भागमा छ ओटा कुर्सि र एक टेबुल मिलाएर राखेका थिए । ति वालिकाको आग्रहमा हामिले मिलाएर राखेका कुर्सिमा आसनग्रहण गर्यौ । पुस महिना,विहानको करिव ११ बजेको थियो । पुजा कता छिन भन्दै हामी पनि पारिलो घाममा एक अर्का संग गफगाफमा व्यस्त रह्यौँ । एकै छिनमा काखमा कपडामा गुडमुट पारेको नवजात शिशु अनि अर्को हातमा झुला गुडाउदै पुजा बाहिर आईन । शिशुलाई खेलाउदै छिन एका तिर हामी संग कुराकानी गर्दे छिन उनि । पुजाकै चुले निम्तोमा पावर न्युज राष्ट्रिय मासिक पत्रिका परिवार ललितपुरको धापाखेल पुगेको थियो। जहाँ पुजाले आफ्नो घर निर्माण गरेकि थिईन । सबैले उनको घरलाई मैत्रिए फाउण्डेसन भन्छन् तर हामीले त्यसको नाम पुजाको घर राखेका छौँ । किन भने त्यहाँ कुनै संस्थामा हुने प्रतिवेदन तथा पिप्पणीका कामहरु हुदैनन् ।
त्यहाँ त केबल माया ममता र सद्भाव बाडिन्छ । आफ्नो कोहि नभएको टुहुरो शिशुको लागि एक परिवार प्राप्त हुन्छ । जहाँ जन्मे देखि युवा अवश्था नहुञ्जेल सम्म उनिहरुलाई पढाई बढाई गरिन्छ त्यो हो घर । त्यहि काम पुजाको घरमा हुदै आइएको छ । घर नभन्नु पनि कसरी ? आफ्नो जिवनका सम्पुर्ण तिता मिठा पलहरुलाई पुजाले त्यहि घर र त्यहि परिवारमा विताएकि छिन । र त उनि अहिले १ सय १० बालबालिकाकि आमा कहलायकि छिन् । मैत्रिय फाउण्डेसन स्थापना भएको करिव १२ वर्ष पुरा भएको छ । यो १२ वर्षको अन्तरालमा पुजाले आफ्ना धेरै सन्तानहरुलाई लालन पालन गर्दे उच्च शिक्षाका लागि तिखारी सकेकि छिन् । आफ्नो सम्पुर्ण जिवन नै समाज सेवामा समर्पित गर्न चाहाने पुजाका लागि उनको परिवार पनि बरदान सावित भएको छ । यति मात्रै नभएर उनका श्रीमानले समेत पुजाको पाईलामा पाईला मिलाउदै उनको उदेश्यलाई थप उचाईमा पुर्याउन जुटिरहेका छन् । माईतिमा रहदा आमाले गरेको समाज सेवाबाट उनि प्रभावित भएर आफ्नो जिवन पनि त्यसैमा विताउने निधो गरेर गल्ली र सडकमा भौँतारिएका अनाथ बालबालिकाहरुलाई आश्रय दिएर उनले आफ्नो जम्बो परिवार निर्माण गरेकि छिन् ।
हामी पुजाको आगनिमा चिया पिउदै त्यो वातावरण आफ्नो मानतपटलमा भ्याए सम्म छापरहेका छौँ । आगनि भरि सानासाना नानीहरु कोहि आफ्नो गृहकार्य गर्दै छन् । कोहि एक अर्काको कपाल कोर्ने,जुम्रा हेर्ने त कोहि माटो ढुङगा संग खेल्दै थिए । सबै आ आफ्नै काममा निकै व्यस्त थिए । स्कुले हुल जस्तो देखिने त्यति धेरै बालबालिकाहरुलाई एक आमाले सम्हाल्नु भनेको त सामान्य नागरिकको कल्पना भन्दा परको विषय थियो । एक अभिभावक दम्पतिलाई आफ्ना दुई सन्तान हुर्काउन हम्मे हम्मे पर्दछ । तर एक्लि पुजाले आफ्ना सयौँ नानीहरुलाई हुर्काईरहेकि छिन् । उनिहरुलाई चाहिने सम्पुर्ण आवश्यकता पुजाले पुरा गर्न कुनै कसर बाँकि राखेकि छैनन् । उनले ति वालवालिकाहरुको लालनपालनका साथै शिक्षादिक्षाका लागि भनेर आफैले निमावि सम्मको स्कुल समेत सञ्चालन गर्दै आईरहेकि छिन् । पुजा संग कुरा गर्दै गर्दा यनको काखमा रहेको नवजात शिशु अचानक आखा खोल्छ र उनको मुखमा पुलुक्क हेरेर हाँस्छ । हामि पनि उसलाई हेरेर हाँस्छौँ । यो बच्चा चाहि कसको नि ? विनम्रता पुर्वक सोधे पुजाले मुस्कुराउदै भनिन् यो मेरो सबै भन्दा कान्छो छोरा हो, अहिले यो चार महिनाको भयो । यति सानो बच्चा पनि आश्रममा ? हामी छक्क पर्यौ र त्यस बालक बारे केहि बताई दिन आग्रह गर्यौ ।
पुजा निर्धक्क साथ भन्दै थिईन उनिमा यो मेरो होईन भन्ने कुनै भाव थिएन । उनको त्यो ममता हेर्दा सायद आफ्नै कोखबाट जन्म दिने आमा त्यति माया गर्न चुक्छ होलान् । त्या नवजात शिशु अहिले चार महिना पुराको भएको रे जन्मेकै दिन काठमाण्डा स्थित नयाँ बानेश्वरमा रहेको फोहोरको कन्टेनरमा फ्याकिएको थियो । रुदै गरेको त्यो शिशुलाई स्कुले केटाले भेटे पछि कन्टेनरबाट उठाएर पुजाको घरमा पुर्याएको थियो । त्यस पछि पुजाले कानुनी सबै प्रकृया परागरेर त्यसको हेरचाह गर्दै आईरहेकि छिन् । सुरुमा निकै विरामी परिरहने त्यो शिशुको राम्रो उपचार गरेपछि उनले त्यसको नाम चामु्र राखि दिएकि थिईन् । नराम्रो नाम राखेमा विरामी पर्दैनन् भन्ने कुरा बुढापाका बाट सुनेकोले आफुले पनि नराम्रो नाम राखे पछि स्वस्थ भएको उनले बताईन् ।
निकै प्रफुल्ल मुन्द्रमा आफ्नो सबै संघर्षका कुरा पुजा गर्दै जादाँ यो छाति धक्क फुलेर आयो । उनको यो सजिलो भनाई सम्म पुग्न उनले यो समाज संग कति संघर्ष गरिहोलिन? अनि यी नानीहरुलाई कसरी सम्हाल्छिन् होला? उनको सफलतालाई ओरालो लगाउन कति तत्वहरु लागि परेहोलान? उनि साच्चिकै एक साहसी नारी हुन । बाहुन खलकमा जन्मे हुर्केकि पुजाले बाहुन, क्षेत्री,जाती जनजाती नभनि सम्पुर्ण बालबालिकाहरुलाई आफ्नै थालमा खुवाएर आफ्नै बेडमा सुताएर जातजाति भनेर विभेद गर्ने परम्पराको जरो चिरेकि छिन् । अर्काको रगतको डल्लोलाई जिवमा परिणत गराएर जिवन प्रदान गरेकि छिन् ।
यो संसार र यहाँका मान्छे स्वार्थमा बाचिरहेका छन् भन्नेहरुको भ्रमलाई उनले चिरेकि छिन् । कलिलै उमेरमा यति धेरै सन्तानकि आमा बन्ने सौभाग्य कसलाई मिल्छ र ? जन्म दिने मात्रै आमा कहाँ हुन्छन्? आमा त ति हुन जसले संसार चिन्न र माया गर्न सिकाउछिन् । आमा तिहुन जसले कर्म दिन्छिन्,जसले जिउन सिकाउछिन् ति नारी हुन पुजा । एक साथ उनका सयौँ बालबालिकाहरुले आमा भन्दै पुकार्दा कति शान्ति मिल्छ होला । साच्चै यो संसार कति किसिमको होला आफैले आफै देखि प्रस्न गर्न मन लाग्यो । त्यो नवजात शिशुको नजिककै जादाँ उसको औला समातेर खेलाउदा यो छाति चसक्क भयो । यति प्यारो चामू्रलाई कसरी फोहोरको कन्टेनरमा फ्याक्यौ आमा भन्दै ति आमाको नाममा धब्बा भएर यो धर्तिमा जन्मेकि आमालाई मनमनै धिक्कार्न मन लाग्यो । त्यो शिशुको के दोष थियो ? के तिम्रो गर्भमा जन्म लिनु यसको पाप थियो र ? यस्ता हजारौँ सवालहरुले मन छिया छिया पारिरह्यो आखा भरि भएर आए । तर मन थाम्नु थियो थाम्न सिक्नु थियो । जुन नारीले यसलाई जिवन दिएकि छन् उनको जस्तै साहस मनमा ल्याउनु थियो । उनले पालन पोष्ण गर्दे छिन् उनी खुसी छिन् भने मैले किन दुखि हुनु? म त यहाँ खुसी बाड्न आएकि पो त भन्दै हतार हतार शिशुको हातले च्यापेको मेरो औला हटाएर अलि टाढा गए । झलक्क हेर्दा मगर खलकको जस्तो देखिने शिशु अहिले पुजाको प्रिय चामु्र बनेको छ । १ सय ९ दाजु दिदिहरुको प्रिय भाई बनेको छ । पुजाको घरमा अहिले चार महिना देखि २० वर्ष उमेरका १ सय १० बालबालिकाहरु आश्रीत छन् । समाज सेवाका क्षेत्रमा होमिएकि पुजा भन्छिन् यो पेसा अहिले मेरो नसा भईसकेको छ । विहान बेलुका यी छोराछोरीहलाई न देखि यिनीहरु संग नखेली नबोली कतै कुनै कुरामा मन लाग्दैन । मेरो सबै थोक यी सन्तान हुन । अहिले म संग हुन्जेल त मछु तर भविष्यमा मेरा सन्तानले कतै दुख पो पाउने हुन कि भन्ने चिन्ता लागिहरन्छ ।
मान्छे बाँचुन्जेल तेरो र मेरो भन्दै लडिरहन्छ । एक अर्काको ईष्र्या र ईगोमा जलिरहन्छ । रिस र रागमा जल्दा जल्दै एक दिन मर्छ । बाँचुन्जेल जतिनै सम्पति कमाए पनि मर्दा खेरी आखिर चितामा पुग्दा उ रित्तै हुन्छ । जिउमा लगाएको कपडा समेत उतारेर खरानी बनाउछन् । उसको सम्पति सबै जहाँको त्यहि रहन्छ । उसले जति सुकै माया गरेको चिज बस्तु जे सुकै भए पनि उ संग केहि जादैन । आखिरमा उसले सबै कुरा छोडेर यो संसार बाट बिदाहुनै पर्ने हुन्छ । यहि दुनियाको रित छ । यो सबै कुरा जान्दा जान्दै पनि मान्छे लोभि र लालछि हुन्छ र भईरहेको छ । यदि मृत्युपर्यन्त पनि मान्छेको केहि शेषबाँकी रहन्छ भने त्यो हो नाम,ईज्जत र सम्बन्ध जो कहिले मर्दैैन् । पुजाले सुनको महल ठड्याएर आउने पिडिका लागि असंख्य सम्पती जोड्न नसक्लिन् तर आफ्नो मृत्युमा रुने र काँधमा बोकेर चितासम्म पुग्ने उनको आफ्नै सन्तानको लस्कर हुने छ ।
पाईला पाईलामा स्वार्थ र कपट भरिएको यो दुनियाँमा पुजा जस्तो आमा हुनु पनि कुनै चमत्कार भन्दा कम होईन । पापै पापले भरिएको यो दुनियामा उनि जस्ता सयौ दैवीय रुपलाई भगवानले पृथ्वीमा पठाएको हुनुपर्छ । रत कोहि नहुने असहायहरुका लागि आज उनी आमा बनेर आएकि छिन् । मानवता हराएको यो समाजमा आज अध्यारोको दियो बनेर उदाईरहेकि छिन् उनि । मान्छेले आ–आफ्नै तरिकाले चर्चा परिचर्चा गर्छन् । आफ्नो क्षमताले भ्याए सम्म राम्रा र नराम्रा कुराहरु गर्नेको पनि कमि हुदैन । पुजाको परिवार भित्रको वातावरणलाई आफ्नै आखाले नियाले पछि हामी कुनै निष्कर्षमा पुग्न सकेनौँ । यहि माटोले घृणा र ईष्र्या जन्माएको छ,यहि माटोले माया र करुणा पनि यसमा कुन बाटो रोजेर आफु अगाडी बढ्ने र आफ्नो जिवन सरल बनाउने, त्यो छान्ने र त्यहि बाटो हिड्ने अधिकार भने भगवानले मान्छेलाई नै छोडेका रहेछन् । मनमा धेरै कुराहरुले पौडि खेलिरहदा हामि भए नजिकै आएको बालकालिकाको हुलले गीत गाउदै स्वागत गरेका थिए । एका तिर ति वालवालिकाहरुको अनुहारमा हेरेर आखा टिलविल हुन्थे भने अर्को तर्फ ति सम्पुर्ण बालबालिकाहरुकि आमा पुजालाई हेर्दा मन निकै गौरवान्वित भएर आउथ्यो । एक्लि आमाले पालेका सन्तानहरु पनि कति अनुसासित? यति धेरैलाई कसरी माया बड्छिन् होलिन उनि?
कोहि पुर्व कोहि पश्चिमका ,कोहि बाहुन कोहि क्षेत्रीका त कोहि दलित तथा जनजातिका फरक फरक जात, भाषा र धर्मका नावालकहरुको एकता भाईचारा र एक अर्का प्रतिको लगाव हेर्दा हाम्रो समाजमा जानजाति धर्म भनेर विभेद गर्नेहरु प्रति वितृष्ण जागेर आयो ।
यति बेला सामाजिक सञ्जालका पानाहरुमा आफुले गर्दै नगरेका काम पनि सम्पन्न भयो भन्दै छ्याप्छ्यापि समाचार भरिन्छन् । पैसा कमाउन र आफु माथिल्लो स्तरमा पुग्न मान्छे जसतो सुकै हतकण्डा अपनाउन पनि तम्तयार हुन्छ् । तर पुजाले यो मन पराउदिनन् उनि भन्छिन् मैले हाईलाईट हुनु छैन मैले आफ्नो मन शान्तिको लागि आत्मा शान्तिको लागि यो पेसा रोजेकि हुँ । सानै देखि आमाले सञ्चालन गरेको आश्रममा बस्दा बस्दै मलाई पनि समाज सेवा प्रतिनै लगाव बढेर आयो । म काम गर्दै जान्छु यदि मेरो भागमा ठुलो मान्छे बन्नु छ भने त्यो भै हाल्छ । मैले आफ्ना सन्तान भन्दा ठुलो केहि मानेकि छैन । मलाई समाजिक सञ्जालमा झुम्मिरहन फुर्सद पनि हुदैन । खालि समयमा आफ्ना छोरा छोरी संगै विताउन चाहान्छु ।
राजधानीका गल्लिहरुमा अनाथ तथा असहायका लागि भनेर थुप्रै संघ संस्थाहरु स्थापना भएपनि मैत्रिय फाउण्डेसन जस्ता निस्वार्थी भाव राखेर सञ्चालमा आएका संस्थाहरु भने विरलै भेटिन्छन् । प्रतिवेदन बनाएर तलव खाने मेसो बनाउनेहरु भन्दा पुजा धेरै अगाडी छिन् । सयौँ सन्तानकि धनी तिम्रा आफ्नै सन्तानले नेपाल भरिनेछ । यस्तै माया र ममता दिदै गयौँ भने एक दिन सिंगो नेपालको आमा बन्ने छौ । पावर न्युज राष्ट्रिय मासिक पत्रिका सिंगो परिवारको सुभकामना ।
कमला जोशी