Friday 18th July 2025

    तीज म्युजिक अवार्डको १२औँ संस्करण हुँदै    होटल स्मार्ट एण्ड स्मार्ट क्याफे सञ्चालमा    अभिनेत्रीबाट कोरियोग्राफर हुँदै कास्टिङ निर्देशकतर्फ पवित्राको यात्रा !    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान

२१ वर्षपछि पक्राउ परे एभरेस्ट होटलका सञ्चालक

Thursday, February 8, 2018 National Power

२५ माघ, काठमाडौं – नयाँ बानेश्वरस्थित एभरेस्ट होटलका सञ्चालक मस्कुर अहमद लारीले पक्राउ परेका छन् । बिहीबार महाराजगञ्जबाट महानगरीय प्रहरी कार्यालय र प्रहरी वृत, महाराजगञ्जको टोलीले उनलाई पक्राउ गरेको हो ।

उनी २१ वर्ष अघिको लागूऔषध मुद्दामा पक्राउ परेका हुन् । लागूऔषध सम्बन्धी मुद्दामा फरार रहेका उनलाई पक्राउ गरिएको महागरीय प्रहरी प्रमुख जयबहादुर चन्दले पुष्टि गरे ।

सन् १९९७ मा जर्मनीको विमानस्थलमा बरामद गरिएको २ सय ५० केजी लागूऔषध चरेसको अनुसन्धानका क्रममा उनको संलग्नता खुलेको थियो ।