Monday 20th January 2025

    बिर्तामोडमा सञ्चालनमा आयो सोफा हब काठमाडौँको आठौँ शाखा    लिम्पियाधुराको विषयमा त्रिदेशीय सहमति गर्न माग गर्दै विरोध प्रदर्शन    आठौं संस्करणको ‘निफ’ मा ४० देशका ८७ चलचित्र प्रदर्शन हुने    फ्राईडे रिलिज: फिरफिरे फिरिरी’, ‘एक्टर’ र ‘आजाद’, कुन फिल्म कस्तो ?    पागल पागल मन को भिडियो सार्वजनिक

पखालाका कारण तीन महिनाकी बालिकाको मृत्यु

Wednesday, February 7, 2018 National Power

 

२४ माघ,रुकुम – रुकुम पूर्वमा तीन महिनाकी एक बालिकाको पखालाका कारण मृत्यु भएको छ । जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका–१० तकसेराका श्यामबहादुर विककी तीन महिनाकी छोरीको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ ।

केही समय पहिले यहाँ हिमपात भएपछि अत्यधिक चिसोका कारण पाँच दिनसम्म लगतार पखाला चलेर बालिकाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय, रुकुम पूर्वका जनस्वास्थ्य अधिकृत शिव सार्कीले जानकारी दिनुभयो । बालिकाको गत आइतबार साँझ मृत्यु भएको भए पनि दुर्गम ठाउँ भएकाले ढिला गरेर सूचना आएको उहाँको भनाइ छ ।

चिसोका कारण अहिले पनि गाउँपालिका–१० को तकसेरामा धेरै जसो मानिसमा कोल्ड डायरियाको समस्या रहेको जनस्वास्थ्य अधिकृत सार्कीले बताउनुभयो । कोल्ड डायरियाले प्रकोपको रुप नलिएको भएपनि बिरामीको संख्या १५ देखि २० जनासम्म रहेको जानकारी आएको उहाँको भनाइ छ ।