Tuesday 20th November 2018

    काभ्रे पनौती नगरपालिकाको पुण्यमाता खोला करिडोर निर्माणको काम शुरु    काभ्रेमा रहस्यमय घटना, एक युवती झुण्डिएको अवस्थामा फेला    आज हरिबोधिनी एकादशी, तुलसीको विवाह गरिँदै    नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) प्रवासी नेपाली एकता मन्च ईजरायल द्वारा सहयोग हस्तान्तरण    भाषण दिने तरिकालाई चट्टै छोडेर काम गर्न तिर लाग्नुहोस नेता ज्यु

मायामा शंका हुन्छ स्वार्थ हुँदैन भन्ने सन्देश गीता खत्रीको प्रेम दिवसमा (भिडियो सहित)

Tuesday, February 6, 2018 National Power


२३ माघ ,काठमाडौं – पछिल्लो समयमा नेपालीबीचमा पनि भ्यालेन्टान डेले आफ्नो बर्चश्व कायम गर्न थालेको छ । यो प्रेम दिवसका अवसरमा यसैलाई लक्षित गरेर विभिन्न गीत सङ्गीत तथा यस सम्बन्धि चलचित्र, लघु चलचित्र आउन थालेका छन् । यस्तैमा साहित्यकार गीता खत्रीको कथामा लघु चलचित्र ‘प्रेम दिवस’ सार्वजनिक भएको छ ।

नेपाली साहित्य फाँटमा थुप्रै रचनाहरु पाठकमाझ ल्याएकी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)की पूर्व अध्यक्ष गीताले प्रेम दिवसको पूर्व सन्ध्यामा लघु चलचित्र ‘प्रेम दिवस’ ल्याएकी हुन् ।

भकारी एमडिसीको प्रस्तुति रहेको ‘प्रेम दिवस’मा श्याम घिमिरे, नम्रता योगी, निशा पाख्रिन, जे। एन। घिमिरेलगायतका कलाकारको अभिनय रहेको छ । संजय पाण्डेको निर्देशनमा तयार भएको ‘प्रेम दिवस’लाई राजेन्द्र पाण्डेले छायाँकन र सम्पादन गरेका हुन् ।

‘मायामा शंका हुन्छ स्वार्थ हुँदैन’ भन्ने प्रेमभावलाई समेटिएको यो लघु चलचित्र ‘प्रेम दिवस’मा राजु सिंहको सङ्गीत र स्वरुपराज आचार्यको स्वर रहेको छ । ‘यसलाई पछि फिचर चलचित्रकै रुपमा विकसित गर्ने सोच बनाएका छौ’, भकारी एमडीसीका सञ्चालक बसन्त वित्यासी थापाले भने ।

भिडियो

##milapnews.com##