Friday 22nd September 2023

    निर्देशक सुमनको तिमीलाई चाँडै सार्वजानिक    संगीतकार योगेन्द्र उपाध्यायको नयाँ गीत ‘बाचेका थियौ’ सार्वजनिक    प्रधानसेनापतिद्धारा ‘वीर नेपाली सेना’ गीत सार्वजनिक    चार पार्टीका युवा संगठनले गराए राखेप सदस्य सचिव घिसिङको ध्यानाकर्षण    साल्ट ट्रेडिङका पूर्व अध्यक्ष कल्याण गोविन्द श्रेष्ठलाई पत्नी शोक

बाढीपीडितले पाए एकीकृत नमूना बस्ती

Tuesday, February 6, 2018 National Power

२३ माघ,काठमाण्डौ – लामो समयदेखि चन्द्रपुर – ८ सन्तपुरस्थित वागमती नहरको डिलमा फुसको टहरा बनाएर बस्दै आएका बाढीपीडितले मंगलबार नयाँ घर पाएका छन् ।

धुर्मुस – सुन्तली फाउन्डेशनले ५ करोड ९४ लाख ८७ हजार ३ सय ९५ रुपैयाँको लागतमा निर्माण गरेको एकीकृत नमूना बस्ती बाढीपीडितलाई हस्तान्तरण गरिएको हो। नमूना बस्तीको साँचो राष्ट्रपति विद्या भण्डारीले बस्ती व्यवस्थापन समितिका अध्यक्ष जयनारायण यादवलाई हस्तान्तरण गरिन्। हस्तान्तरण गर्नुअघि राष्ट्रपति भण्डारीले बस्तीको उद्घाटन एवम् अनुगमन निरीक्षण गरेकी थिइन।

बाढीले विस्थापित मुसहर, दुसाद, चमार, लोहार, तेली, थारु जातिका ४७ परिवारको बसोबासको लागि बस्ती निर्माण गरिएको धुर्मुस-सुन्तली फाउन्डेशनका परियोजना व्यवस्थापक अर्जुन न्यौपानेले बताए। बस्तीमा ४७ वटा पक्की घर, एउटा सामुदायिक भवन, एउटा अनौपचारिक बाल विद्यालय, एउटा क्लब भवन, एउटा फलामको अग्लो भ्यू टावर, २ वटा मन्दिर, एउटा बाल उद्यान, २ वटा प्रतिक्षालय, एउटा प्रवेशद्वार, एउटा आकस्मिक प्रवेशद्वार र एउटा दाताले सहयोग गरेको नामावली लेखिने स्तम्भ निर्माण भएको उनले बताए।

फाउन्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) को अध्यक्षतामा भएको कार्यक्रममा हास्य कलाकार हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठलगायतकाले फाउन्डेशनले गरेको सामाजिक कार्यको प्रशंसा गरेका थिए ।  कान्तिपुरबाट