Sunday 28th May 2023

    गायक ईश्वर पोखरेल र गायिका रचना रिमालको गीत ‘साहुकी छोरी’ सार्वजनिक    फिल्म ‘नीरफूल’ अग्र्यानिक बनेको छ– अभिनेता दयाहाङ राई    धन सम्पती लिएर आइन गायिका केसी (भिडियो सहित)    प्रतिष्ठित भारतीय ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड्स’ को छैठौं संस्करण काठमाडौंमा आयोजना हुने    चलचित्र पत्रकार संघ नेपालले २४औं वार्षिक उत्सव भव्य रुपमा सम्पन्न

रु चारकरोड ५० लाखको लागतमा तटबन्धन

Tuesday, February 6, 2018 National Power

२३ माघ, मोरङ – बर्खाको समयमा स्थानीय चिसाङ खोलामा आउने बाढीबाट नहर जोगाउनका लागि सुनसरी–मोरङ सिँचाइ आयोजनाले रु चार करोड ५० लाखको लागतमा तटबन्धनको निर्माण कार्य तीव्रताका साथ गरिरहेको छ । वर्षेनी खोलाले कटान गरी नहर र बस्ती नै जोखिममा परेपछि बेलबारी नगरपालिका–७ स्थित कदमा चोकमा तटबन्धनको कार्य तीव्रताका साथ भइरहेको हो ।

आयोजनाका सिनियर डिभिजनल इञ्जिनियर प्रदीप वान्तवाका अनुसार मंसिरदेखि शुरु भएको तटबन्धन निर्माण कार्य हालसम्म २५ प्रतिशत सम्पन्न भइसकेको छ र सम्पूर्ण निर्माण कार्य आगामी असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य रहेको छ । बाढीले सबैभन्दा बढी असर गर्ने क्षेत्रका रुपमा परिचित बेलबारी नगरपालिकाको बाहुनी, कदमा तथा कालीमन्दिर क्षेत्रमा हाल ५१० मिटर लामो तटबन्धन गरिने भएको हो । वर्षेनी खोलाले बहाव परिवर्तन गरेर मूल नहरलाई नै क्षति पु¥याउने जोखिम बढेपछि तटबन्धन गर्नुपरेको सिनियर डिभिजनल इञ्जिनियर वान्तवाले बताउनुभयो ।

तटबन्धन निर्माणको जिम्मा स्वामी नारायण आशीर्वाद साह जेबी, उदयपुरले लिएको हो । सुनसरी मोरङ सिँचाइ आयोजनाबाट सुनसरी र मोरङमा ६८ हजार हेक्टर क्षेत्रफलमा सिँचाइको सुविधा हुने गर्दछ ।