Thursday 28th September 2023

    लिटिल टुरिजम एम्बेसडर २०२३ सम्पन्न    अब नेपाली सिनेमा विश्वको कुनाकुनामा प्रदर्शन गर्ने बाटो खुल्यो    देश दौडाहमा परदेशी -२    लोकप्रिय कलाकार /मोडल कठायतको खप्तडमा छायाँकन गरिएको भिडियो तिम्रो सबैकुरा मन पर्छ सार्वजनिक    दशैँको उपलक्ष्यमा भृकुटीमण्डपमा जुत्तामेला : ६० प्रतिशतसम्म छुट

निःशुल्क शिविरमा ४१० जनाले गराए स्वास्थ्य जाँच

Monday, February 5, 2018 National Power

२२ माघ, लहान -सिरहाको लहान–१७ देवीदहमा सम्पन्न एकदिने निःशुल्क स्वस्थ्य शिविरमा ४१० जनाले स्वास्थ्य जाँच गराएका छन् । ओम पोली क्लिनिक एण्ड अर्थो केयर सेन्टर लहानको सहकार्यमा अर्किड मेडिकल फाउन्डेशन जनकपुरले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा विभिन्न रोगबाट पीडित ४१० जनाले निःशुल्क चेकजाँच गराएका छन् ।

शिविरमा हाडजोर्नी तथा नसा रोग, नाक, कान, घाँटीसम्बन्धी रोग, छाला तथा यौन रोगका बिरामीले निःशुल्क चेकजाँच गराएको स्वस्थ्यकर्मी रामबाबु सिंहले जानकारी दिनुभयो ।

साथै शिविरमा स्वास्थ्य जाँच गराउने बिरामीलाई औषधीसमेत वितरण गरिएको थियो । शिविरमा हाडजोर्नी तथा नसा रोग विषेशज्ञ डा ओमप्रकाश चौधरी, जेनरल फिजिसियन डा अरविन्द साह, नाक, कान तथा घाँटी रोग विषेशज्ञ डा सन्दर्भ गिरी र छाला तथा यौन रोग विषेशज्ञ डा प्रमोदकुमार दास लगायतका चिकित्सकले बिरामीको जाँच गर्नुभयो ।