Monday 8th December 2025

    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन    काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादन केही प्रतिशत बढ्ने प्रक्षेपण    ‘विदेशमा रहेकाहरूको र अन्तरजिल्ला मतदानको विषय चाँडै टुङ्गो लाग्छ’    अप्टिमिष्टि क्लब अफ डेरी ईन्टरप्रेनर्सको पदस्थापन कार्यक्रम सम्पन्न, चार्टर अध्यक्षमा सञ्जेल, सचिवमा ओझा    श्रेष्ठको अध्यक्षतामा नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड ईण्डष्ट्रिको नयाँ कार्यसमिति चयन

रुद्र शेखर शर्मा: ‘रुपम’ एल्बम र ‘दुःख्दिन म कहिल्यै पनि’ गीतको सफलता

Sunday, February 25, 2018 National Power

काठमाण्डौ– लोकप्रिय गायक रुद्र शेखर शर्मा छोटो समयमै नेपाली गीत संगीत बजारमा छाउन सफल भएका गायक मध्ये पर्दछन् । फुटकर गीत गायनमा लामो समय देखी सक्रिय भए पनि उनले पछिल्लो पटक आफ्नो एकल एल्बम् “रुपम”लाई बजारमा ल्याएका छन् भने “दुःख्दिन म कहिल्यै पनि” बोलको गीतले पनि नेपाली सांगितीक बजारमा धमाका मच्चाई रहेको छ । रुपम एल्बम् मै रहेको गीत “दुःख्दिन म कहिल्यै पनि” मार्फत गायक शर्माले “राष्ट्रिय रापती म्युजिक अवार्ड २०१८” मा गजल विधातर्फ सर्वोत्कृष्ट नव गायकको अवार्ड प्राप्त गर्न सफल भएका छन् ।

वि सं २०१८ मा बजारमा ल्याइएको उनको एकल एल्वम् “रुपम”ले उनलाई अझै झन बढी चर्चामा ल्याएको छ । रुपम भित्र रहेका प्रायः सबै गीतहरुले नेपाली सांगीतिक बजारमा चर्चा कमाईरहेका छन् । भने एल्बमबाट गायक रुद्रले राम्रो कमाई समेत गर्दै आईरहेका छन् । छोटो समयमै आफ्नो अन्य गायकहरु भन्दा फरक प्रकारको स्वर भएका कारण नेपाली गीत संगीत बजारमा रोजाईको गायकको रुपमा आफुलाई स्थापित गर्न सफल भईसकेका छन् । गायक रुद्र शेखर शर्मा नेपाली गीत संगीत बजारको भविष्यको लागि एक सुनौलो खुम्बा हुन । उनिलाई बोल्ड स्वरका धनि यूवा गायकका रुपमा आम दर्शक तथा श्रोताहरु र गीतसंगीत क्षेत्रका मानिसहरुले लिन थालेका छन् । यसो हुनु भनेको गायक शर्माका लागी गायन करिअरका लागी ग्रिन सिगनल पनि हो ।

“दुःख्दिन म कहिल्यै पनि” गीतले उनलाई नेपाली सांगितीक बजारमा चिनाउन सफल भईरहेको छ भने यस गीतले नेपाली गीत संगीत बजारमा आर्थिक रुपमा पनि सफल बनाउँदै गइरहेको छ । यस गीतमा एउटा सच्चा प्रेमीको मनको भावनाहरुलाई निक्कै मार्मिक ढङ्गले बयान गरिएको छ । आफ्नो मायालुलाई नपाउँदा पनि मन नदुःखाउने तर पाउने आशामा बसीनै रहने, दुरी जति सुकै टाढा भए पनि माया अझै गाढा भईनै रहने, जस्ता कुराहरुलाई समेटिएको छ । आफ्नो मायालुलाई विश्वासका साथ राख्ने विश्वास गर्ने र आँशु भित्र नवगाउन अर्थात आँशु जस्तै मायालाई पनि नवगाउने अठोट र विश्वसलाई यस गीत मार्फत अझै मार्मिक बनाउने प्रयास गरिएको छ ।

मायालु जोडीहरु सफल हुने र नहुने बेग्लै कुरा भए पनि साँचो मायाको जित हुने आशामा पर्खेर बस्न पनि गाह्रो नहुने कुराहरुलाई यस गीतमार्फत दर्शक तथा श्रोताहरुलाई भन्न खोजीएको छ । गीतकार विपिन किरणका सुन्दर शब्दहरुमा र संगीतकार नारायण सुवेदी “आभाष”ले भरेको सुमधुर धुनमा आफ्नो जादुमयि स्वर भरेका गायक रुद्र शेखर शर्माले साँच्चै नै गीतलाई न्याय गरेका छन् । गीतमा चर्चित एरेन्जर किरण कडेलको एरेन्ज र किशोर थापाको मिक्सिङ रहेको छ । यस गीतमा गीतकार, संगीतकार लगायत प्रविधिकहरुको पनि अथक मिहनत रहेको देखिन्छ ।

“दुःख्दिन म कहिल्यै पनि” गजल र गायनका चर्चित संगीतकार सन्तोष श्रेष्ठले गायक रुद्रको स्वरको तारिफ गर्दै भनेका छन् “ साँच्चै नै यूवा पुस्ताका गायकहरुका विचका एउटा जाज्वलयमान नक्षत्र हुन् गायक रुद्र शेखर शर्मा । कुनै दिन संयोग मिलेमा म गायक रुद्र शेखरको स्वरमा एउटा मिठो गजल रेकर्ड गराउने इच्छा रहेको छ ।

नेपाली आम श्रोताहरुले निक्कै नै रुचाइएको यो गीतले गायक रुद्र शेखर शर्मालाई आम श्रोताहरुको माझमा अझै लोकप्रियता बढाइ दिएको छ । आवाजको माध्यमबाट एउटा सुन्दर शब्दहरुलाई निक्कै नै रोचक तरिकाले पस्कन सक्नु आवाजको जादुमय सक्तिकै कारण हो । गायक शर्माको आवाजलाई यति धेरै मन पराउनुमा उनको मिहेनत र परिश्रमलाई पनि नजरअन्दाज गर्न सकिदैन । सुमधुर आवाजका धनी गायक रुद्र शेखर शर्माको आगामी गायन यात्राको निरन्तरताको कामना गर्दछौं ।