Friday 4th December 2020

    “ए साईली” भन्दै आए किरण गौतम    ८५ वर्षमा पनि उस्तै उत्साह, कोरोनाकालमा नातीसँग सिनेमा खेल्दै धर्मेन्द्र    विश्वभर कोरोना संक्रमणबाट १५ लाखको मृत्यु    नेपाल फिल्म सोसाईटीको अमेरिका शाखा गठन    अजय देवगनको १६ वर्ष पुरानो फिल्म रिलिज हुँदै

‘अस्थिरता चाहनेहरुको योजना पूरा हुन्न दिन्नौँ’

Monday, January 29, 2018 National Power


१५माघ,काठमाडौं – पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा परिवर्तन नचाहनेहरुले अस्थिरता चाहिरहेको बताउँदै कम्युनिष्टहरुले उनीहरुको चाहना पूरा हुन नदिने बताएका छन् । सोमबार विहान तिनकुने स्थित प्रेस सेन्टरको चौधौँ स्थापना दिवस तथा महिला दिवसको भेला प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले जनताले देशमा कम्युनिष्टहरु एकताबद्ध हुन जनमत दिइसकेकाले यसलाई पुरा गरेरै छाड्ने बताए ।

‘अब कम्युनिस्टहरुको एकतालाई कसैले रोक्न सक्दैन,’ उनको भनाई थियो । अध्यक्ष प्रचण्डले भने, ‘हामी जसरी पनि देशलाई आर्थिक समृद्धितिर लैजान्छौँ, हिजो बन्दुकको आवश्यक्ता थियो तर आज कलमको आवश्यक्ता छ ।’ यसलाई जसरी हुन्छ राम्रो र प्रभावकारी बनाउनु पर्ने अध्यक्ष प्रचण्डले बताए ।