Friday 22nd September 2023

    निर्देशक सुमनको तिमीलाई चाँडै सार्वजानिक    संगीतकार योगेन्द्र उपाध्यायको नयाँ गीत ‘बाचेका थियौ’ सार्वजनिक    प्रधानसेनापतिद्धारा ‘वीर नेपाली सेना’ गीत सार्वजनिक    चार पार्टीका युवा संगठनले गराए राखेप सदस्य सचिव घिसिङको ध्यानाकर्षण    साल्ट ट्रेडिङका पूर्व अध्यक्ष कल्याण गोविन्द श्रेष्ठलाई पत्नी शोक

शान्तिप्रियको दुरी चलेपछी…

Thursday, January 25, 2018 National Power

११ माघ,काठमाडौं –
उन्को मेरो दुरी चल्यो मनभीत्र हुरी चल्यो
देखीदैन धार कतै भीत्र भीत्र हुरी चल्यो ।
पत्रकार एवं गीतकार शान्तिप्रियको शब्दमा संगीतकार दीपक शर्माले संगीत गरेको तथा चर्चीत गायक राज सिग्देलको आवाज रहेको यस सुमधुर गीतको भीडियो छायांकन गरिएको छ । गीतकार शान्तिप्रियले पछिल्लो चरणमा आफूलाई गीत लेखनमा मात्र सिमीत नराखेर भडिीयो निर्देशनमा पनि उतार्न थालेका छन् । जस अनुरुप केही अघि मात्रै उनले राष्ट्रयकवि माधव प्रसाद घिमिरेको राष्ट्रिय गीतको निर्देशन गरेका थिए । यहि क्रमलाई निरन्तरता दीदै प्रियले आफ्नै शब्दको यो गीतको निर्देशन गरेका छन् ।

गीतमा अभिनेता शुशान्त कार्की अभिनेत्री अनामीका चौलागाई एवं साहित्यकार÷मुक्तककार रश्मि रोदन र बाल कलाकार सयना खड्काले अभिय गरेका छन् । प्रेमको त्रीकोणत्मक कथालाई कार्की, चौलागाइ, रोदन र खड्काले निर्वाह गरेका हुन् । गीतको छायांकन माधव खरेलले गरेका हुन् भने सम्पादन पनि खरेलले नै गर्दैछन् । अधर एल्वममा समाविष्ट यो चौथो गीत हो । तीन गीतको यस अधिनै भिडियो तयार पारीएको थियो । शान्तिप्रिय पछिल्लो चरणमा गीत लेखनमा सक्रिय चलचित्र पत्रकार हुन् ।