Friday 25th April 2025

    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न

१ करोड ७० लाखमा किनियो ‘पद्मावत’ नेपालमा बिहिबारै रिलिज हुने

Thursday, January 25, 2018 National Power

राजपुत समुदायले सुटिङदेखी बखेडा खडा गरेर निरन्तर आक्रमण र विवादमा पर्दै आएको संजय लिला भन्साली निर्देशित ‘पद्मावत’ नेपालमा बिहिबार नै रिलिज हुने भएको छ। नेपालको वितरण अधिकार किनेको श्री बेङ्कटेस इन्टरटेन्मेन्टका मनोज राठीले उक्त जानकारी दिएका हुन्। फिल्मको नेपाल वितरणका लागि आकर्षक रकम तिरिएको जानकारी उनले सेतोपाटीलाई दिएका छन्।

‘फिल्मको नेपालमा पनि राम्रो हाइप भएकाले हामीले फिल्मलाई यति रकम तिरेका छौं। ‘पद्मावत’को नेपाल वितरणका लाहि हामीले करिब एक करोड ७० लाख तिरेका छौं।’, राठीले भने। ‘पद्मावत’ले राजपुत रानी ‘पद्मावती’को कथा भन्छ। पिरियड फिल्म भएकाले फिल्म लागत उच्च छ। फिल्म झण्डै ३०० करोड भारूमा निर्माण भएको । फिल्म भारत लगायतका राष्ट्रमा आम्याक्स थ्रिडीमा समेत रिलिज हुँदैछ। आइम्याक्स थ्रीडीमा रिलिज हुने ‘पद्मावत’ पहिलो भारतिय फिल्म बनेको छ।

फिल्म नेपालमा आइम्याक्स थिएटर नभएकाले भने टुडी तथा थ्री डी दुबैमा रिलिज हुँदैछ। भारतमा फिल्मले समिक्षकियरूपमा राम्रो तारिफ पाइरहेको छ।