Monday 15th December 2025

    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै

बलीउड अभिनेता अक्षय कुमारको सामाजिक संजालमा चर्को आलोचना

Wednesday, January 24, 2018 National Power

बलिउडका चर्चित अभिनेता हुन् अक्षय कुमार र उनले अहिले निकै उत्कृस्ट खालका फिल्महरु ल्याइरहेका छन । बलीउड अभिनेता अक्षय कुमार ट्रोलको सिकार भएका छन् ।

गत सोमबार अक्षय प्याड म्यानको प्रमोसन गर्नका लागी दिल्ली युनीभरसीटी गएका थिए । प्रमोसन कै क्रममा उनले एक राजनीतिक दलको झन्डा बोकेको फोटो टुइट गरी यी लब्ली महिलाहरू प्याडलाई कर रहित गर्न दौडीरहेका छन् भनेर लेखेका थिए ।

तस्बिर पोस्ट भएसँगै सामाजिक सञ्जालमा अक्षयको चर्को आलोचना भएको छ । उनलाई राजनीतीको बेईज्जत गरेको तथा राजनीतीबाट टाढै बस्न धेरै कमेन्टका साथसाथै सुझाब पनि आएको छ । अझै कतिले अक्षयलाई फ्लप म्यानको समेत नाम दिएका छन् ।

क्जबचभ तजष्कस्