Thursday 28th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

बच्चाका अगाडि आमाबुबाले ख्याल गर्नुपर्ने ७ कुरा

Wednesday, January 24, 2018 National Power

१०माघ,काठमाण्डौ – के तपाईं बच्चाको बाबुआमा हुनुहुन्छ । तपाईकै व्यवहारको कारण तपाईको बच्चामा शारिरीक र मानसिक विकासमा असर परेको हुनसक्छ । त्यसका लागि हरेक बाबुआमा सचेत हुन जरुरी छ । धेरै बाबुआमाले बच्चालाई स्कुल लैजाँदा स्कुलको ब्याग र टिफिन आफैले बोकिदिने चलन छ । बच्चा पाँच वर्षको भएपछि झोला बोक्ने काम तत्कालै छाड्नु पर्छ । जति गर्‍हौ भएपनि झोला उसैलाई बोकाउनुपर्छ ।

बाटोमा हिँडदा हात समातेर यता आइज भन्ने होइन । कुन साइड हिँड्ने भनेर उसैलाई सोध्नु त्यसो गर्दा कुन साइड हिँड्नुपर्छ उसैले भन्छ । धेरै अभिभावकले वच्चा ठूलो हुँदासम्म चम्चाले भात खुवाउने गर्छन् । पाँच वर्षपछि बच्चालाई भात खुवाउन छाड्नुपर्छ । एक दुई दिन भोकै गएपनि फरक पर्दैन । स्कुलवाट आएपछि आफैले ड्रेस खोल्दिने काम गर्नुहुन्न । डे्रस जुत्ता, मोजा र टाई उसैलाई राख्न दिनुपर्छ । कुन धुनुपर्ने कुन धुन नपर्ने उसैलाई छुट्याउन दिनुपर्छ ।
अर्को कुरा उपहार दिँदा छोरालाई एरोप्लेन र छोरीलाई भाँडाकुटी दिने चलन छ यस्तो कहिल्यै गर्नु हुँदैन ।बच्चालाई पेस्तोल कहिल्यै उपहार नदिनुस् । किन्दिँदा पनि नकिन्दिनुस् । यदि सम्बन्ध बिच्छेद गर्नु छ भने ।पहिला बच्चालाई कसरी म्यानेज गर्ने त्यो सोचेर मात्रै सम्बन्ध बिच्छेदका लागि पहल गर्नुस् ।
वालवालिकाहरुका लागि ख्याल गर्नुपर्ने टिप्स यस्ता छन्ः

१. आफैं कपडा छान्न दिनुस्
लुगा कपडा वा जुत्ता किन्दा बच्चालाई नलाने चलन छ । बच्चाको लागि सामान किन्दिँदा उसैलाई लिएर जानुपर्छ । अर्को कुरा बढ्ने उमेरको भनेर ठूलो लुगा र जुत्ता किन्दिने चलन छ । पहिला तपाई आफैं अनुमान गर्नस् । ठूलो लुगा लगाएर तपाई कति हिँड्न सक्नुहुन्छ ।
२.बालबलिकाका समस्या समान हुन्छन्
उच्च, माध्यम र विपन्न वर्ग भनेर समाज विभाजित छ । तर, वालवालिकाको हकमा समान समस्या हुन्छ । फरक खालका वालवालिकासंग फरक समस्या हुन्छ । समाजिक प्रभाव र स्वभाव अनुसार फरक फरक हुन्छ । वालसुलभताको कुरा गर्ने हो भने धनी र गीरवमा खासै केही फरक हुँदैन ।
एउटा वालवालिकाको सर्वाङ्गिण विकासका लागि सबै भन्दा महत्वपूर्ण शारीरिक विकास नै हो । उनको मानसिक विकासमा घर परिवार र उसको बुबा आमाको ब्यबहारमा भर पर्छ । आमाले कस्तो बोल्छिन् । बुबाले कसरी बोलाउँछन् त्यसमा भर पर्छ ।
३. बच्चाले भेटने ठाउँमा चुकुल राख्नुस्
वालवालिकाको मस्तिष्कमा एकदमै सानो कुराले प्रभाव पार्छ ।
छोरीहरु आठ नौ वर्षपछि नुहाउँदा छातीमा रुमाल बाँध्छन् छोराहरु अण्डरवेर मात्रै लगाएर नुहाउँछन् । कतिपय कुराहरु वालवालिकाले आफैं सिक्छन् ।
सामान्यतया हाम्रो शौचालयमा चुकुल माथि हुन्छ । बच्चा जब ठूलो हुँदै जान्छ । उ आफैं दिसा पिसावका लागि गएको वेला चुकुल लगाउन चाहन्छ तर, सक्दैन । उसलाई समस्या हुन सक्छ । किनकि उसले आफ्नो प्राइभेसी मेन्टन गर्न नपाएको सोच्छ । सानो बच्चालाई सुसु भन्दै पटमा राखिदिने चलन हुन्छ । त्यो एकदमै घातक हो ।
४. मोबाइल घातक होइन
मोबाइल आफैंमा घातक बस्तु होइन । बच्चालाई भात खुवाउन मोबाइल दिने गर्नुभएको छ भने मोबाइल नदिएपछि उसले भात खाँदै खाँदैन । नदिई सुखै पाउनुहुन्न । तसर्थ मोबाइललाई खोलाउना बनाउने काम नगर्नुस् । बच्चालाई मोबाइल दिनु छ भने निश्चित समयका लागि दिनुपर्छ । होमवर्क गरी भ्याएपछि, भात खाएपछि वा अरु त्यस्तै सर्त राखेर १०र१५ मिनेट चलाउन दिँदा राम्रो हुन्छ । बच्चाले मोबाइलको दुरुपयोग गर्दैन । गीत सुन्छ, गेम खेल्छ तर, कहिले काँही इन्टरनेटमा बच्चाले हेर्न नमिल्ने कुराहरु पनि आउन सक्छ । त्यस्तो दृश्य आयो भने पनि हेर्छ किनकि उ जिज्ञासु स्वाभावको हुन्छ । त्यस्तो कुरामा अभिभावक सचेत हुनुपर्छ ।
५. थोरै नम्बर ल्याउदा गाली नगर्नुस्
ग्रेडिङले पनि समस्या ल्याएको छ । सबै बच्चाले परिक्षामा समान नम्बर ल्याउदैनन् । आफ्नो बच्चाले थोरै नम्बर ल्यायो भने उसको त यति आएछ तिम्रो किन यति थोरै भन्ने चलन छ । त्यसले बच्चाहरुमा पढने भन्दा पनि साथीप्रति इगो जन्माउछ । यो नभएको भए त म फष्ट हुन्थें नि भन्ने लाग्छ । त्यसकारण थोरै नम्बर ल्याए भन्दैमा गाली गर्नुहुन्न ।
६. लड्न दिनुस्
काठमाडौंको वातावरण र हाम्रो समाज अहिले वालवालिका मैत्री छैन । काठमाडौमा वल्लो कोठा र पल्लोकोठामा बस्नेवीच बोल्ने चलन हुँदैन । फ्ल्याटमा बस्नेहरुको पनि समस्या त्यही नै हो । दुबै कोठा वा फ्ल्याटमा एउटै उमेरका बच्चा हुन्छन् तर, आमा( आमाको झगडाको कारण पनि ती वालवालिका एक अर्कासंग बोल्न पाउँदैनन् । त्यसले पनि उनीहरुमा समस्या आउछ । बच्चालाई छिमेकी अन्टीले केही खान दिइन् भने त्यहाँ जान मन लाग्छ । तर, कतिपय बाबुआमा त्यसरि अरुकोमा गएर खान हुन्न भनेर बावालिकालाई अरुको जान दिँदैनन् । काठमाडौमा असाध्यै धेरै क्राउड छ । खेल्ने ठाउँ छैन । खेल्न नपाएपछि बच्चाको शारीरिक विकासमा असर पर्छ । सबैभन्दा जरुरी कुरा खेल हो । यसले शारीरिक मात्रै हैन, मानसिक विकासमा पनि असर पार्छ । अचेल बाबुआमाले गर्नुपर्ने भन्दा बढी केयर गर्छौं । खेल्न हुन्न लडिन्छ , धुलोमा खेल्न हुन्न भन्छौं । यो गलत हो बच्चालाई धुलोमा खेल्न दिनुपर्छ । लड्न दिनुपर्छ । लडेपछि नै उठ्न जान्दछ । धुलो लागेपछि नै धुलो टक्टक्याउन जान्दछ ।
७. लाडिएर नबोल्नुस्, मदिरापान र सेक्समा होस पुर्‍याउनोस्
कतिपय बाबु आमा आफ्ना बच्चालाई चेपारे पारेर बोल्छन् मेलो बाबा, मेलो नानु । बच्चाले त्यही सिक्छ । अलि ठूलो भएपछि बाबुआमाले आफै भन्छन् कस्तो लाडिएर बोलेको रु त्यसकारण बच्चाले तोते बोली बोल्यो भन्दैमा आफु पनि लाडिएर नबोल्नुस् । हरेक बच्चाले अढाई वर्ष भएपछि सबै कुरा बुझ्छ । त्यसकारण बच्चा साढे दुई वर्षको भएपछि एउटै बेडमा श्रीमान श्रीमतीवीच सेक्सुअल रिलेशन राख्नु राम्रो मानिँदैन । किनकि बच्चाहरुले थाहा पाए पनि त्यस्ता कुरा अभिव्यक्त गर्न सक्दैनन् । तर, पछि समस्या आउन सक्छ । घरमै साथीहरु जम्मा पारेर मदिरा खाने तर, बच्चा आयो भने ‘तिमी किन यहाँ उता जाउ’ भनेर हप्काउने चलन छ । घरमा कहिल्यै वालवालिकाको अगाडि धुम्रपान मध्यपान गर्नुहुन्न । ती कुराहरु पूरै बन्द गर्नुपर्छ ।