Tuesday 13th May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

न्युयोर्कमा ‘नेपाल गन्तव्य’ कार्यक्रम

Wednesday, January 24, 2018 National Power

१०माघ,काठमाडौँ – नेपालको पर्यटन–प्रवद्र्धनमा सघाउ पु¥याउने उद्देश्यले अमेरिकी राज्य न्युयोर्क र वरपरका राज्यहरुमा पर्यटन पेशामा संलग्न नेपाली तथा अमेरिकी पर्यटन व्यवसायीबीच हालै न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको आयोजनामा नेपाल गन्तव्य कार्यक्रम आयोजना गरियो । त्यस अवसरमा महावाणिज्यदूत मधुकुमार मरासिनीले पर्यटन क्षेत्रमा प्रशस्त सम्भावना रहेका बताउँदै विश्वको आर्थिक राजधानीका रुपमा रहेको न्युयोर्क महानगरका पर्यटन उद्यमी व्यवसायीले नेपालको पर्यटन, प्रवद्र्धनमा सघाउनुपर्ने बताए ।

नेपाली वाणिज्य दूतावासका अनुसार पर्यटन–प्रवद्र्धनसम्बन्धी नेपाली तथा अमेरिकी व्यवसायीले नेपालमा साहसिक पर्यटन, धार्मिक पर्यटनका अतिरिक्त नेपाली खानालाई समेत पर्यटनको आकर्षणका रुपमा समेत प्रस्तुत गर्न सकिने बताएका थिए । उनीहरुले अमेरिकाका सञ्चारमाध्यममा प्रचार–प्रसार गर्न सके नेपाल भ्रमण गर्ने पर्यटकको सङ्ख्या बढ्न सक्ने बताएका थिए ।