Thursday 17th July 2025

    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

जडीबुटी चोरी–निकासी बढ्यो

Wednesday, January 24, 2018 National Power

१० माघ,जाजरकोट – यहाँको वारेकोट गाउँपालिकामा रहेका विभिन्न सामुदायिक वनमा जडीबुटी चोरी–निकासी बढेको छ । सामुदायिक वन र वडा कार्यालयले जडीबुटी संकलन गर्न प्रतिबन्ध लगाए पनि भित्रभित्रै चोरी बढेको हो । पटक–पटक चोरी–निकासीका लागि वडा कार्यालय र सामुदायिक वनले ताकेता गरेपनि स्थानीय व्यापारीबाट लुकिछिपी चोरी–निकासी रोकिएको छैन ।

जुम्लाका व्यापारीको मिलेमतोमा यहाँका हिमालबाट चोरी–निकासी बढेको छ । वारेकोट गाउँपालिका–४ का सबै हिमालमा जडीबुटी चोरी–निकासी बढेको हो । काँडामासी, भुत्ले, खिराङलो, चुक, पाँचऔले, लसुन, तीतेपाती लगायतका जडीबुटी चोरी–निकासी भएको छ । स्थानीय व्यापारीले कामदार नै लगेर चोरी–निकासीका लागि संकलन तथा निर्यात गरिरहेका छन् । हिमालमा ४०० भन्दा बढी पाल राखेर चोरी–निकासी भइरहेको स्थानीयवासी कालीबहादुर बोहराले बताउनुभयो ।

स्थानीय व्यापारीबाट चितुवा, बाघ, भालु, मृग तथा विभिन्न वन्यजन्तुसमेत चोरी–शिकारी यही ठाउँबाट भइरहेको छ । जुम्लाको सिमानामा भएका कारण निगरानी गर्न समस्या भएको छ । सामुदायिक वनका केही सदस्यको मिलेमतो समेत रहेको बताइएको छ ।