Tuesday 8th July 2025

    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न    Nepal's First Largest International Level Inclusive Music Award.    “दुरदेखि आएँ प्रिय” निर्देशक खरेलको समाजप्रति एक गहिरो व्यंग्यात्मक दृष्टि

ईश्वरीगंगा धाममा कुम्भमेलाको तयारी

Tuesday, January 23, 2018 National Power

९ माघ ,बैतडी – बैतडीको दशरथचन्द नगरपालिकामा रहेको प्रसिद्ध तीर्थस्थल ईश्वरीगंगा धाममा कुम्भ मेला लाग्ने भएको छ । प्रत्येक १२ वर्षमा लाग्ने कुम्भमेला महाशिवरात्रिका अवसरमा आगामी फागुन १ गतेदेखि लाग्ने ईश्वर रामनाम समिति, ईश्वरीगंगा धामले जनाएको छ । फागुन १ गतेदेखि शुरु हुने कुम्भमेलाको तयारी तीव्र पारिएको कुम्भमेला व्यवस्थापन समितिका अध्यक्ष कर्णबहादुर चन्दले जानकारी दिनुभयो । मेलास्थल ईश्वरीगंगाधाममा कुम्भमेलाको तयारी भइरहेको छ । फागुन १ गते रुद्राभिषेक गरी फागुन ३ गतेदेखि ६ गतेसम्म महारुद्री यज्ञको आयोजना गरिएको अध्यक्ष चन्दले जानकारी दिनुभयो ।

विसं २०४० देखि सञ्चालन हुँदै आएको कुम्भमेला चौथोपटक शुरु हुन लागेको हो । ईश्वरीगंगाधामको महत्वका बारेमा सबैलाई बुझाउनका लागि कुम्भमेलाको आयोजना गरिएको आयोजकले जनाएका छन् । ईश्वरी गंगाधामको महिमाका बारेमा सबैलाई जानकारी गराउन ४८ वर्ष अघिदेखि कुम्भमेलाको शुरुवात गरिएको हो, उहाँले भन्नुभयो, “ईश्वरी गंगाधाममा लाग्ने कुम्भमेलाको भारतको हरिद्वारमा लाग्ने कुम्भमेला जत्तिकै महत्व रहेको छ ।”

ईश्वरी गंगाधामको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रहिआएको छ । मेलामा सहभागिताका लागिसमेत समितिले सबै भक्तजनमा अनुरोध गरेको छ । जगन्नाथको बास रहेको पवित्र तीर्थस्थलका रुपमा रहेको ईश्वरी गंगाधामको प्रचारप्रसार गर्नसके यसको महत्व अझै बढ्न सक्ने स्थानीय संस्कृतिका जानकारले बताएका छन् । महाशिवरात्रिका अवसरमा लाग्ने उक्त चौथो कुम्भमेलाको तयारी तीव्र पारिएको छ । बैतडीमा थुप्रै धार्मिक सम्पदा रहेका भए पनि तिनीहरुको प्रचारप्रसार हुन नसक्दा ओझेलमा पर्दै गएका छन् ।