Sunday 14th July 2024

    University of Wolverhampton Visit in Nepal    चलचित्र कलाकार संघ र महर्षि वैदिक फाउण्डेसनको ध्यान एवं योगासनको अभ्यास कार्यक्रम सम्पन्न    Writers Corner Nepal welcomed the esteemed Indian poet Dr. Bhawani Shankar    नेपाली कांग्रेस जन सम्पर्क समिति अल कासिमको सभापतिमा टिकाराम तामाङ चयन    Esteemed Indian poet Nil including 16 Nepali poets recited the poem

विद्यालयलाई पाँचथान कम्प्युटर

Tuesday, January 23, 2018 National Power

९ माघ,इलाम –  पूर्वविद्यार्थी तथा समाजसेवी गजेन्द्र पौडेलले फाकफोकथुम गाउँपालिका–१ लुङसुङदाङस्थित छायाँदेवी माध्यमिक विद्यालयलाई सोमबार पाँचथान कम्प्युटर निःशुल्क हस्तान्तरण गर्नुभएको छ । सरस्वती पूजाको अवसर पारेर पौडेलले विद्यालयमा आयोजित एक कार्यक्रममा एसएम्वोलका करिब रु एकलाख ५० हजार मूल्य पर्ने पाँचथान कम्प्युटर विद्यालयका प्रधानाध्यापक रघुवीर खड्कालाई हस्तान्तरण गर्नुभएको विद्यालयका लेखापाल अशोक पौडेलले जानकारी दिनुभयो ।

सो विद्यालयले कक्षा ६, ७ र ८ मा कम्प्युटर शिक्षा शुरु गरेको छ । विद्यार्थीमा कम्प्युटर सिकाइप्रति आकर्षण बढ्दै गएको र आधुनिक शिक्षाका लागि पनि कम्प्युटर आवश्यक परेकाले विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरेको समाजसेवी पौडेलले बताउनुभयो । विद्यालयले कम्प्युटर सञ्चालनका लागि सोलार सेटसमेत जडान गरेको छ ।