Tuesday 17th June 2025

    शिव श्रेष्ठ फाउण्डेशनद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न

नेपाली खानेतेल उद्योग संकटमा

Tuesday, January 23, 2018 National Power

९ माघ , मोरङ –सुनसरी करिडोर क्षेत्रका खानेतेल उद्योग संकटमा परेका छन् । पाम आयल मिसाइएको तेल बजारमा बिक्री गर्दै आएका कारण नेपाली तेल उद्योग धमाधम बन्द भइरहेका छन् । भारतीय बजार जोगवनीबाट आउने नक्कली तेलसँग प्रतिस्पर्धा गर्न नसक्नु पनि अर्को कारण हो । मोरङका तेल उद्योगी श्रवण अग्रवालका अनुसार यो कोरिडोरमा दुई दर्जन तेल उद्योग बन्द भइसकेका छन् । अहिले सञ्चालन भइरहेका तेल उद्योग पूर्ण क्षमतामा सञ्चालन भएका छैनन् ।

अहिले पाँचवटा तेल उद्योगमात्र सुनसरी –मोरङ औद्योगिक करिडोर क्षेत्रमा सञ्चालित छन् । भारतीय बजारमा चोरी पैठारी भएर नेपाल भित्रिने टिनको तेलले नेपालमा उत्पादित तोरीको तेललाई संकटग्रस्त बनाउँदै गएको अग्रवालको भनाइ छ । टिनको तेल पूर्णरुपमा मिसावटयुक्त हुनाले यहाँ उत्पादन भएका तेलभन्दा प्रतिलिटर झण्डै रु ५० सस्तो पर्छ ।

चोरी पैठारी भएर आउने भारतीय तेलले एकातिर नेपालका तेल उद्योगलाई संकटमा पार्दैछ भने अर्कोतर्फ उपभोक्ताको स्वास्थ्यमा समेत असर पु¥याउने गरेको छ । तेल उद्योगका सञ्चालक देवकीनन्दन अग्रवालका अनुसार सीमावर्ती बजारबाट नेपालका विभिन्न स्थानसम्म पुग्ने पाम आयल मिसाइएको अशुद्ध तेल नियन्त्रण गर्न सरोकारवाला कसैले चासो दिएका छैनन् । नेपालले भारतको हरियाणा, राजस्थान, युक्रेन, रुस र अष्टे«लियाबाट तोरी आयात गर्दै आएको छ । नेपालमा तोरीको उत्पादन हुन छोडेपछि तेस्रो मुलुकबाट तोरी आयात गर्नु परेको हो ।