Sunday 19th January 2025

    लिम्पियाधुराको विषयमा त्रिदेशीय सहमति गर्न माग गर्दै विरोध प्रदर्शन    आठौं संस्करणको ‘निफ’ मा ४० देशका ८७ चलचित्र प्रदर्शन हुने    फ्राईडे रिलिज: फिरफिरे फिरिरी’, ‘एक्टर’ र ‘आजाद’, कुन फिल्म कस्तो ?    पागल पागल मन को भिडियो सार्वजनिक    ‘होस्टेल ३’ को दोस्रो पोस्टर सार्वजनिक

सल्यानको भाटखोलामा बस दुर्घटना, चारको मृत्यु, २१ जना घाइते

Monday, January 22, 2018 National Power

८ माघ, दाङ – सल्यानको त्रिवेणी गाउँपालिका ६, भाटखोलामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ, २१ जना घाइते भएका छन् ।रुकुमबाट दाङतर्फ जाँदै गरेको ना ५ ख ५३१ नम्बरको बस सडकबाट खोलामा खस्दा ४ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मृत्यु हुनेमध्ये रुकुमकी पुष्पा खड्का केसी र सल्यान बागचौर नगरपालिका १० कि ६५ वर्षीया छन्चरी बिकको मात्र सनाखत भएको छ । अरू दुई जना पुरुषको सनाखत नभएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।

घाइतेमध्ये ११ जनाको अवस्था गम्भीर रहेको छ । बस सडकबाट डेढ सय मिटर तल बस खसेर दुर्घटना भएको हो । बसमा कति जना सवार थिए भन्ने यकीन नभएको सल्यानका प्रहरी प्रमुख डीएसपी भरतबहादुर बिकले जानकारी दिए । घाइतेहरूको श्रीनगरको मोडल अस्पताल, कान्तिपुर मेडिकल र सल्यान जिल्ला अस्पताल खलंगामा उपचार भइरहेको छ । गम्भीर घाइतेहरूलार्इ थप उपचारका लागि दाङ र बाँके लैजाने तयारी भइरहेको प्रहरीले बताएको छ ।