मेरो विवशतालाई बुझी तिमी तर्किएपछि दिएको मुटु फेरि फिर्ता लिई फर्किएपछि अढाइ करोड डिग्री तापको सूर्य के तातो त्यति पोल्यो आँसुभित्र छाति झर्रकिएपछि खुशी दिन नसके नि पीडा दिन्न भन्थेउ हारको धारले रेटिरह्यौ विश्वास थर्किएपछि निर्भीक झैं लडिरह्यो दिशाहिन आत्मा हराए ती महादेश उमङ्ग घात लर्किएपछि गुण बिनाको मानिस र नुन बिनाको भोजन उस्तै हुँदो रहेछ नियतिमा चिरा चर्किएपछिधरान–१७, सुनसरी बिमला कार्की