काठमाण्डौ – रक्षा मन्त्री भीमसेनदास प्रधानको प्रमुख आतिथ्यमा लालीगुराँस नेशनल एकेडेमी, तारकेश्वर, मनमैजुले १०, औं अभिभावक दिवस भब्यताका साथ मनायो । कक्षा नर्सरी देखि कक्षा ३ सम्मको अभिभावक दिवस मनाउने क्रममा तारकेश्वर नगरपालिका मेयर रामेश्वर बोहरा र जिल्ला शिक्षा का र्यालयका प्रतिनिधि श्रोत ब्यक्ति रामेश्वर पौडेल ले कार्यक्रमको सफलता र विद्यालयको उत्तरोत्तर प्रगतिका लागि शुभकामना प्रदान गर्नुु भयो ।
विद्यालयका प्रिन्सिपल गोपाल बुढाथोकीले बिगत , वर्तमान र भबिष्यका बारेमा प्रष्ट पार्दै शैक्षिक कृयाकलाप र अतिरिक्त कृयाकलाप को संयोजनबाट मात्र विधार्थीको सिकाइ सार्थक हुने र सर्बाङ्गीण विकास सम्भब हुने लगायत यस बर्षमा विद्यालयले हाँसिल गरेका उपलब्धीहरु को समेत जानकारी दिनुभयो ।
इ. सि. ए . डाइरेक्टर जोगेन्द्र केसी ले नर्सरी देखि कक्षा ३ सम्मका बिधार्थी का नृत्य, गीत फेसन सो तथा नाटक सम्म क्रमै सँग सुब्यबस्थित तरिकाले प्रस्तुत गर्नु भयो । विद्यालयकी भाईस प्रिन्सिपल सुजता काफ्ले उदाशले आगन्तुक सम्पुर्ण अभिभावकलाई स्वागत गर्दै माघ ८ गते सरस्वती पुजा का अवसरमा प्ले ग्रुपमा निशुल्क भर्ना लिइने जानकारी समेत दिनु भयो ।