Tuesday 8th July 2025

    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न    Nepal's First Largest International Level Inclusive Music Award.    “दुरदेखि आएँ प्रिय” निर्देशक खरेलको समाजप्रति एक गहिरो व्यंग्यात्मक दृष्टि

लसुनको चियाः पिउन स्वास्थ्यलाई फाइदा

Sunday, January 21, 2018 National Power

प्राचीन ग्रीसमा मानिसहरुले लसुनको पानी खुब पिउने गरेको पाइन्छ । यसले शरीरलाई बलियो बनाउनका साथै सम्पुर्ण स्वास्थ्यलाई ठीक राख्ने काम गथ्र्यो । यसका साथै शरीरलाई उर्जा पनि मिल्थ्यो । लसुनलाई हामी स्वादको लागि प्रयोग गर्छौं । यद्यपी यसमा औषधीय गुण पनि हुन्छ । खासगरी लसुन एन्टिबायोटिक र एन्टिअक्सिडेन्टको स्रोत हो यो । लसुनलाई विविध रुपमा सेवन गर्न सकिन्छ । यो काँचो सेवन गर्दा फाइदा गर्छ । मसलाको रुपमा पनि प्रयोग गर्दा लाभदायक हुन्छ ।

अब लागौं, लसुनको पानीको फाइदाबारे । यसलाई कतिले लसुनको चिया पनि भन्न सक्छन् । यसको अनेक गुणहरु हुन्छन् । त्यसो भए हामी पनि किन लसुनको चिया पिउन नथाल्ने, जसले स्वास्थ्यलाई फाइदा पुग्छ र मिठो पनि हुन्छ । बिहान खाली पेटमा लसुनको केस्रा खान त्यति सजिलो हुँदैन । त्यसैले यसबाट बनेको चिया सेवन गर्नु उपयुक्त हुन्छ । यहाँ हामी तपाईंलाई लसुनको चिया कसरी बनाउने भन्ने सिकाउँदैछौ ।

आवश्यक सामग्रीः
 १ .लसुनको एक कल्ली
 २. एक गिलास पानी
 ३. अदुवाको एक टुक्रा
 ४. चम्चा कागतिको रस
 ५. एक चम्चा मह
बनाउने विधिः
सबैभन्दा पहिले एक गिलास पानी उमाल्ने र यसमा अदुवा र लसुन पिसेर हाल्ने । त्यसपछि १५(२० मिनेटसम्म यसलाई पाक्न दिने । अनि आगो बन्द गरेर १० मिनेटसम्म यत्तिकै छाड्ने । अब यो पानीलाई छान्नुपर्छ र यसमा एक चम्चा कागतिको रस र एक चम्चा मह मिसाउने । यसबाट चिया स्वादिलो र गुलियो हुन्छ । चिया तयार भयो । कागति र अदूवाले गर्दा लसुनको गन्ध पनि हराउँछ र यसलाई सजिलै पिउन सकिन्छ ।
फाइदा :
 १.वजन कम गर्छ
 यस चियाको सेवन गर्दा तपाईंको शरीरमा रहेका सबै विषाक्त पदार्थ बाहिर निस्किन्छन् । यसको कारणले शरीरमा रहेको अतिरिक्त बोसो नष्ट हुन्छ र तपाईंको वजन कम हुन्छ ।
२. पाचन ठिक हुन्छ
 बिहान/बिहान लसुन चिया सेवन गर्दा तपाईंको शरीरको मेटाबोलिज्म ठिक सहन्छ र जसले पाचन तन्त्रले ठीकसँग काम गर्छ ।
 ३.मुटु स्वस्थ हुन्छ
 लसुनको चियाको सेवनले शरीरमा रक्तसञ्चार ठिक हुन्छ जसले गर्दा मुटुसम्वन्धी समस्याहरु उत्पन्न हुन दिँदैन ।
 ४. मधुमेह नियन्त्रणमा
 दैनिक यो चियाको सेवन गरियो भने शरीरको कोलस्ट्रोल तह कम हुन्छ र यसले गर्दा मधुमेह हुँदैन ।
 ५. रुघा/खोकीमा आराम
 लसुन एक एन्टिबायोटिक हो त्यसैले यसको चिया नियमित पिउनाले रुघा, खोकी, ज्वरो आदिले सताउँदैनन् ।
 ६. रगत सुद्ध हुन्छ
 लसुन चियाको नियमित सेवन गर्नुभयो भने शरीरबाट विषाक्त पदार्थ सजिलै बाहिर निस्किन्छन् र यसले गर्दा रगत सुद्ध हुन्छ ।
 ७. प्रतिरोधक क्षमता बढ्छ
 लसुनको चिया सेवन गर्नाले शरीरको प्रतिरोधक क्षमता बढ्छ । यसले तपाईं कुनै पनि रोगसँग लड्न सकिनेछ ।
 ८ . छालामा निखार आउँछ
 लसुनमा भिटामिन ए, बि १, बि २ र सी अधिक मात्रामा पाइनछ । त्यसैले यसको चियाको सेवनले छालामा चमक आउँछ ।
 ९ . हड्डी मजबुत हुन्छ
 लसुनमा भिटामिनका साथसाथै ठूलो परिमाणमा मिनरल्स, जस्तै क्याल्सियम र म्याग्नेसियम आदि पनि पाइन्छ । यसले हड्डीलाई बलियो बनाउँछ ।
 १० .क्यान्सरबाट बचाउँछ
 लसुन एउटा राम्रो एन्टिअक्सिडेन्ट हो जसले फ्रि रेडिकल बन्नबाट रोक्ने काम गर्छ । यसले गर्दा तपाईंलाई क्यान्सर हुन सक्ने सम्भावना न्युन हुन्छ ।
 कतिबेला पिउने ?
 लसुनको चिया प्रत्येक विहान खाली पेटमा पिउन सकिन्छ । यो त्यति नै फाइदाजनक हुन्छ जति एउटा लसुनको कल्ली खाँदा हुन्छ । त्यसैले आजैबाट लसुनको चिया पिउन थाल्नुस र अनेकन लाभ प्राप्त गरौं ।