Thursday 28th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

नायक श्रीदेवले गाए आधुनिक गीत (हेर्नुस भिडियो)

Tuesday, January 16, 2018 National Power

काठमाडौं । अभिनय र गायन फरक(फरक विधा हुन् । तर कहिले काँही उस्तैउस्तै लाग्छ यी विधा ।

अभिनय गर्दै गर्दा नायक नायीकाले गीत गाएको देखिन्छ । तर, यो स्वयम् उनीहरुले गाएका हुँदैनन् । तर, पछिल्ला दिनमा उदयमान नायक भनेर चिनिएका श्रीदेव भट्टराई हालै आफैं गीत गाएका छन् ।

उनले आफ्नै संगीतमा तयार बनाएको ‘नजाउँ न छोडी मलाई’ बोलको गीतमा स्वर दिएका छन् । सो गीतमा अभिनयसमेत उनी आफैंले गरेका छन् । शब्द भने निर्मला शर्माको छ ।

पहिलोपटक गाएको सो गीतको म्युजिक भिडियो भने कतारमा छायांकन गरिएको छ । लामो समयदेखि कतारमा रहेर पनि नेपाली गीत संगीतको जगेर्नामा लागेको भविन्द्र तामाङले सो गीतको म्यूजिक भियोडो निर्देशन गरेका छन् ।

७ वटा नेपाली चलचित्रमा अभिनय गरिसकेका भट्टराईले गाएको सो गीतमा उनीसहित श्रृजना गुरुङ र उमेश भट्टराईलाई पनि देख्न सकिने छ । श्रीदेव भट्टराईले हालसम्म ४५ वटा भन्दा बढी गीतको म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् ।

उनले यो गीत धेरै पहिले नै तयार पारेका थिए । तर, हालै मात्रै सार्वजनिक गरेका छन् । ‘मैले गाउन त पहिले नै गाएको हो । तर यसलाई साथीभाईहरुकै सल्लाहमा बल्ल सार्वजनिक गरेको हुँ’ उनले भने, ‘ढिलै भए पनि बजारमा आउँदा राम्रै प्रतिक्रिया पाएको छु ।’