Wednesday 6th December 2023

    सिविसको आयोजनामा सांसदहरुसँग नीति संवाद    प्रेम रतन धन पायो, हुक्का बार जस्ता बहुचर्चित गीतका गायक विनीत सिंहको लाइभ शो सम्पन्न    The portal job4.online has been launched in Australia    नेपाल एओटीएस र आईकोसा, जापानको आयोजनामा‘राष्ट्रिय विकासमा साना तथा मझौला उद्योगहरुको भूमिका’ विषयक सेमिनार सम्पन्न    कान्तिपुर मलले दशैँ, तिहार तथा छठ पर्वको अवसरमा सञ्चालन गरेको उपहारमा रसुवाका सन्तोष मोक्तानले जिते मोटरसाइकल

ओली र प्रचण्ड बीच भेटबार्ता, सोमबार संयोजन समितिको बैठक

Sunday, January 7, 2018 National Power

२३ पुस, काठमाडौं – नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरु पार्टी एकताका लागि वैचारिक- राजनीतिक र सांगठानिक सहमति खोज्न संयुक्त कार्यदल बनाउन सहमत भएका छन् । यस्तो कार्यदल मंगलबार बस्ने एकता संयोजन समितिको बैठकले बनाउने छ ।

आइतबार साँझ बालकोटस्थित केपी ओलीको निवासमा भएको प्रचण्ड र ओलीवीचको उच्चस्तरीय भेटवार्तापछि मंगलबार एकता संयोजन समितिको बैठक बोलाउने समहमति भएको हो ।

भेटबारे जानकारी दिँदै माओवादी अध्यक्ष प्रचण्डले भने- ‘पर्सि (मंगलबार) पार्टी एकता संयोजन समितिको बैठक बस्ने र समितिबाट पार्टी एकता प्रक्रियालाई टुंगोमा पुर्‍याउनका लागि वैचारिक राजनीतिक काम र सांगठानिक काम गर्न एउटा टीम बनाएर जिम्मा दिने र केही दिनभित्र यो प्रक्रियालाई निश्कर्षमा पुर्‍याउने भन्ने भएको छ ।’

एकता संयोजन समितिको बैठक बस्नुपूर्व सोमबार एमाले र माओवादी केन्द्रले आ-आफ्नो पार्टीको बैठक गर्ने भएका छन् । एकता संयोजन समितिको बैठकको तयारीका लागि सोमबार आ-आफ्नो पार्टीको लेबलमा छलफल गर्ने सहमति भएको प्रचण्डले जानकारी दिए ।

केपी ओलीसँगको भेटमा मुख्यरुपमा पार्टी एकताकै विषयमा छलफल भएको बताउँदै प्रचण्डले भने, ‘हामी जुन प्रक्रियामा अघि बढेका छौं, त्यसलाई निश्कर्षमा पुर्‍याउनैपर्छ ।’

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि दुई दलवीच एकता संयोजन समितिको बैठक बस्न सकिरहेको थिएन । यसवीचमा पार्टी एकतामाथि नै प्रश्न र शंकाहरु उब्जिइरहेका बेला आइतबार ओली र प्रचण्डवीच भेट भएको हो । दुई नेताको भेटले पार्टी एकतामा ‘ब्रेक थ्रु’ गरेको वाम गठबन्धनका नेताको दाबी छ ।

यसवीचमा एमालेले भन्दै आएको ‘बहुदलीय जनवाद’ र माओवादीले भन्दै आएको ‘माओवाद’ का बारेमा के हुने भन्ने बहस पनि चलेको छ ।

त्यसैगरी पार्टी एकतासँगै पार्टीको अध्यक्ष को हुने, केन्द्रीय समितिमा क-कसलाई राख्ने अनि प्रधानमन्त्री, राष्ट्रपति लगायतको पदीय बाँडफाँड कसरी गर्ने भन्ने लगायतका संगठनात्मक प्रश्नहरु पनि समाधान गर्न बाँकी छ ।

एकता संयोजन समितिको बैठकपछि बन्ने टीमले यी वैचारिक एवं सांगठनिक प्रश्नको समाधान गर्ने प्रचण्डले जानकारी दिएका छन् ।

यसैवीच प्रचण्ड र केपी ओलीले राष्ट्रिय सभाको निर्वाचनका बारेमा पनि छलफल गरेका छन् । बालकोटबाट बाहिरिने क्रममा प्रचण्डले भने-‘राष्ट्रियसभा निर्वाचनका बारेमा अनि प्रदेशसभा निर्वाचनका बारेमा पनि छलफल भयो ।’