Sunday 15th June 2025

    शिव श्रेष्ठ फाउण्डेशनद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न

मापदण्ड नपुगेका ग्यास उद्योगमा सिलबन्दी

Sunday, January 7, 2018 National Power

२३ पुस, काठमाडौं – आवश्यक मापदण्ड पूरा नगरी सञ्चालनमा ल्याएको पाइएपछि गुणस्तर तथा नापतौल विभागले दुई ग्यास उद्योग सिल गरेको छ ।

विभागको अनुगमन टोलीले आइतवार धादिङको बैरेनीमा सञ्चालित नमस्ते ग्यास उद्योग प्रालि र धाक्रेको ओम ग्यास उद्योग प्रालिमा शिल गरेको विभागका केमिकल इन्जिनियर मनिष कर्णले जानकारी दिए ।

उनका अनुसार दुईवटै उद्योगलाई तीन दिनभित्र आवश्यक कागजात र लिखित जवाफसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।

अनुगमनको क्रममा ओम ग्यास उद्योग प्रालिले एलपीजी सिलिण्डरको ‘टेर वेट’ परिक्षण नगरेको पाइएको थियो । हरेक १० वर्षमा सिलिण्डरको हाइड्रोस्टेटिक परिक्षण गर्नुपर्ने भए पनि त्यसो नगरी पुरानै सिलिण्डरमा नयाँ पेन्ट गरेर बजारमा पठाएको विभागले जनाएको छ ।

त्यस्तै, नमस्ते ग्यास उद्योग प्रालिले पनि भल्भ मर्मत नगरेको तथा गुणस्तर र तापतौलका मापदण्ड पूरा नगरेको पाइएको थियो ।

आइतबार नै विभागले धादिङकै सुगम ग्यास उद्योगमा पनि अनुगमन गरेको थियो ।

गुणस्तर तथा नापतौल विभागले पछिल्लो समय ग्यास उद्योगहरुको अनुगमन बढाएको छ । त्यसक्रममा आवश्यक मापदण्ड पूरा नगरी सञ्चालनमा आएको पाइएपछि विभागले गत शुक्रवार काभ्रेका सागर ग्यास, सूर्य ग्यास र चण्डी ग्यासका उद्योग बन्द गरेको थियो ।