Monday 13th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

चिसोले तराईको जनजीबन कष्टकर, बिद्यालयहरु अनिश्चितकालिन बन्द

Saturday, January 6, 2018 National Power

२२ पुस, काठमाडौँ – अत्याधिक चिसो बढेपछि बारा र पर्साका विद्यालयहरु थप चार दिन बन्द हुने भएका छन् ।

दुबै जिल्लाका प्रशासनले विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

मौसममा सुधार नआएको तथा अत्याधिक चिसो र शितलहरले पठनपाठन सञ्चालन गर्न कठिन भएको पर्साका जिल्ला शिक्षा अधिकारी बरखु प्रसाद रजकले जानकारी दिए ।

‘चिसोले बालबालिकाको स्वास्थ्यमा प्रतिकुल असर पर्न सक्ने र पठन पाठनको वातवरण पनि नहुने अवस्था छ’ उनले भने ।

यसअघि चिसो बढेकै कारण पुस १६ गतेदेखि २२ गतेसम्म ६ दिन विद्यालय बन्द गरिएको थियो । त्रैमासिक परीक्षा सञ्चालनमा रहेका विद्यालयहरु खुल्ने गरेका छन् ।

बारामा पनि २६ गते सम्मको बाराका सम्पुर्ण बिद्यालय बन्द गर्न निर्देशन दिइएको छ । बाराका जिल्ला शिक्षा अधिकारी लालबाबु प्रसाद साहले बिज्ञप्ती जारी गरी ४ दिनको लागि बर्षे बिदामा कटा हुने गरी बिदा दिन निर्देशन दिएका हुन् ।