Sunday 15th June 2025

    शिव श्रेष्ठ फाउण्डेशनद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न

चिसोले तराईको जनजीबन कष्टकर, बिद्यालयहरु अनिश्चितकालिन बन्द

Saturday, January 6, 2018 National Power

२२ पुस, काठमाडौँ – अत्याधिक चिसो बढेपछि बारा र पर्साका विद्यालयहरु थप चार दिन बन्द हुने भएका छन् ।

दुबै जिल्लाका प्रशासनले विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

मौसममा सुधार नआएको तथा अत्याधिक चिसो र शितलहरले पठनपाठन सञ्चालन गर्न कठिन भएको पर्साका जिल्ला शिक्षा अधिकारी बरखु प्रसाद रजकले जानकारी दिए ।

‘चिसोले बालबालिकाको स्वास्थ्यमा प्रतिकुल असर पर्न सक्ने र पठन पाठनको वातवरण पनि नहुने अवस्था छ’ उनले भने ।

यसअघि चिसो बढेकै कारण पुस १६ गतेदेखि २२ गतेसम्म ६ दिन विद्यालय बन्द गरिएको थियो । त्रैमासिक परीक्षा सञ्चालनमा रहेका विद्यालयहरु खुल्ने गरेका छन् ।

बारामा पनि २६ गते सम्मको बाराका सम्पुर्ण बिद्यालय बन्द गर्न निर्देशन दिइएको छ । बाराका जिल्ला शिक्षा अधिकारी लालबाबु प्रसाद साहले बिज्ञप्ती जारी गरी ४ दिनको लागि बर्षे बिदामा कटा हुने गरी बिदा दिन निर्देशन दिएका हुन् ।