Thursday 13th November 2025

    एमसीए–नेपालले निर्माण गर्ने प्रसारण लाइनको दायाँ दायाँका जग्गामा संरचना निर्माण गर्न र रुख रोप्न निषेध    आईआईएफटी स्पेस एण्ड डिजाइन एक्स्पो सम्पन्न रुपमा सम्पन्न    ‘यो नयन’ गीतको म्युजिक भिडियो सार्वजनिक     १४ औँ युरोपेली सङ्घ चलचित्र महोत्सव ठमेलमा हुने    रास्वपाको ११ निर्णय : ४० वर्षमुनिका २७ प्रतिशत युवा उम्मेदवार बन्न पाउने

बिनोद र सागरलाइ बाहिर राख्दै डिभिजन-२ को लागि प्रारम्भिक टोलीको घोषणा

Thursday, January 4, 2018 National Power

२० पुस, काठमाडौं – नेपालले आगामी फेब्रुअरीमा आयोजना हुने आर्इसीसी डिभिजन–२  क्रिकेटको लागि प्रारम्भिक चरणमा २१ खेलाडी छनोट गरेको छ । नामिबियामा हुने डिभिजन–२ का लागि खेलाडी छनोट समितिले पहिलो चरणमा बिहीबार २१ खेलाडी छनोट गरेको हो ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) का प्रतिनिधि अमिनुल इस्लाम, मुख्य प्रशिक्षक जगत टमटा र कप्तान पारस खड्काको छनोट समितिले पहिलो चरणमा २१ खेलाडी छनोट गरेको हो । छनोट समितिले निकालेको २१ सदस्यीय सूचीमा नियमित रहेका दुई खेलाडी पहिलो चरणबाटै बाहिरिएका छन्  ।

नेपाली टोलीका विकेट किपर ब्याट्सम्यान विनोद भण्डारी र ब्याट्सम्यान सागर पुन पहिलो चरणमै अटाएका छैनन् । पहिलो समय खराब लयबाट गुज्रिरहेका कारण भण्डारी र सागर टोलीमा पर्न असफल भएका हुन् । यस्तै, मेहबुब आलम पनि पहिलो चरणमा स्थान बनाउन असफल भएका छन् । प्रारम्भिक चरणमा रोहित कुमार पौडेलले स्थान बनाएका छन् । अन्य सदस्यहरु भने पुरानै अनुहार रहेका छन् ।

नेपालले आगामी फेब्रुवरी ६ देखि १६ सम्म हुने नामिबियामा डिभिजन–२ क्रिकेट खेल्दैछ । विश्व क्रिकेट लिग च्याम्पियनसिपको शिर्ष चारमा नपुगेपछि नेपाल डिभिजन–२ मा घटुवा भएको थियो । डिभिजन–२ मा नेपालसहित क्यानाडा, ओमान, नामिबिया, युएई र केन्याले प्रतिस्पर्धा गर्नेछन् ।

डिभिजन–२ को शीर्ष दुई स्थानमा रहने टोलीले २०१८ मार्चमा हुने विश्वकप छनोटमा स्थान बनाउनेछन् भने पाँचौँ र छैटौँ स्थानमा रहने दुई टोली भने डिभिजन थ्री मा घटुवा हुनेछन् ।

पहिलो चरणमा छनोट भएका

पारस खड्का
अनिल कुमार साह
वसन्त रेग्मी
दिलिप नाथ
दिपेन्द्र सिंह एरी
दिपेश श्रेष्ठ
ज्ञानेन्द्र मल्ल
करण केसी
किशोर महतो
ललित भण्डारी
ललित नारायण राजवंशी
आरिफ शेख
रोहित कुमार पौडेल
राशिद खान
सन्दिप लामिछाने
शक्ति प्रसाद गौचन
शरद भेषवाकर
सिधान्त लोहनी
सोमपाल कामी
सुनिल धमला
सुशन भारी