Thursday 13th November 2025

    एमसीए–नेपालले निर्माण गर्ने प्रसारण लाइनको दायाँ दायाँका जग्गामा संरचना निर्माण गर्न र रुख रोप्न निषेध    आईआईएफटी स्पेस एण्ड डिजाइन एक्स्पो सम्पन्न रुपमा सम्पन्न    ‘यो नयन’ गीतको म्युजिक भिडियो सार्वजनिक     १४ औँ युरोपेली सङ्घ चलचित्र महोत्सव ठमेलमा हुने    रास्वपाको ११ निर्णय : ४० वर्षमुनिका २७ प्रतिशत युवा उम्मेदवार बन्न पाउने

सरकार भन्दा पार्टी एकीकरण पहिला : प्रचण्ड

Thursday, January 4, 2018 National Power

२० पुस, चितवन – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार गठन अघि नै एमाले र माओवादी केन्द्रका वीचमा पार्टी एकता हुने उद्घोष गरेका छन् ।

भरतपुर महानगरपालिकाको नगरपरिषद् उद्घाटन गर्न चितवन आएका प्रचण्डले विमानस्थलमा पत्रकारसँग कुरा गर्दै सरकार गठनको वाटो खुलिसकेकाले अब पार्टी एकता हुने बताए ।

पार्टी एकिकरणमा कुनै विवाद नभएको दाबी गरे । ‘दुई ठूला एकता गर्ने सन्र्दभमा छलफल हुनु र फरक विचार आउनु स्वभाविक छ’ प्रचण्डले भने, दुई दलका नेतालाई समुचित भूमिका दिनेमा यसअघि नै सहमति भएकाले कुनै विवाद छैन ।’

माओवादी अध्यक्ष प्रचण्डले पार्टी एकतावारे कसैले पनि कही कतै वोल्न जरुरी नरहेको बताए ।

साथै उनले प्रदेश प्रमुख र प्रदेशको अस्थायी केन्ऽ तोक्ने जिम्मासरकारलाई नै दिएको जानकारी दिए ।