Friday 27th November 2020

    बिपिनको खास लाग्न थाल्योमा बिशाल र सरिताको शसक्त अभिनय (भिडियो सहित)    हाम्रो नाराले दुरगामी सोचलाई प्रतिबिम्बित गर्छ : सुबोध कुमार गुप्ता    एक वर्षका २६ एकादशी, कुन व्रत केका लागि बसिन्छ ?    महोत्तरीमा करेन्ट लागेर एकजनाको मृत्यु    बर्दिवासमा निषेधाज्ञा, ५ जनाभन्दा बढी भेला हुन रोक

मेलमिलाप दिवसमा कटुवालको तर्कः नेपाल बिखन्डनको संघारमा पुग्यो, मर्ने बेलामा नेपाली हुन नपाइने डर भयो (भिडियो सहित)

Sunday, December 31, 2017 National Power


१६ पुस, काठमाडौं –   ४२ औं मेलमिलाप दिवशको अवसरमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा पुर्व प्रधान सेनापति रुक्मांगत कटुवालले पछिल्लो समय नेपाली काँग्रेस राष्ट्रियताको सवालमा नराम्ररी चुकेको बताएका छन् ।

नेपाली काँग्रेस (विपी)ले राजधानीमा आयोजना गरेको “आजको सन्दर्भमा राष्ट्रिय मेलमिलाप” नामक अन्तरक्रिया कार्यक्रममा पुर्वसेनापती कटुवालले विपी कोइराला दुरदर्शी नेता भएता पनि तत्कालिन अवस्थामा राजाले बुझ्न नसक्दा आज पनि देशले दुख पाइरहेको बताए । नेपालको जियोपोलिटिक अवस्थालाइ मुल्याकंन गरी र दक्षिण एसिया लगाएत चीनमा भइरहेको राजनीतिक गतिविधि र भारतले नेपाल माथि फुटाउ र राज गरको नीति लिएको अवस्थामा विपीलाइ बुद्धलाई जस्तै बुद्धत्व प्राप्त भएको नेपालको हावपानी, माटो, रितिरिवाज

बोकेको संस्थासंग सहकार्य गरे मात्र समग्र नेपाल

लाई हितकर हुने ठानी राजासंग मेलमिलापको नीति लिएर विपी स्वदेश फर्किएको बताए ।

चन्द्र सुर्य रहेसम्म नेपाल रहिरहोस् भन्ने विपी कोइरालाको सदिक्षालाइ न त दरवारले न त ऐलेका नेपाली काँग्रेसका नेताहरुकोनै बुझेका छन् भन्दै उनले आजको सन्दर्भमा पनि विपीको मेलमिलाप सार्थक रहेको बताए ।

अहिलेको संबिधानले बिखन्डनको बिउ रोपेको भन्दै अबको १० बर्षमा नेपाल रहन्छ कि रहदैन भन्ने चिन्ता रहेको बताय | साथै उनले आफुलाई नेपाली भएरै मर्ने इच्छा भएपनि शंका रहेको बताए

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी विपी कोइरालाले आज भन्दा ४० बर्ष अघि सार्नु भएको मेलमिलापको नीति आज पनि उत्तिकै सान्दर्भिक रहेको बताए । भारतमा तत्कालिन शाषक बर्गहरुले नेपालमा फुटाउ र राज गरको नीति लिइरहेको सन्दर्भमा विपी कोइरालाले यसलाइ हृदयगंम गरी त्यहाँको शाषकसंग मिलेर आफ्नो स्वार्थ पुरा गर्नुभन्दा नेपालकै राजासंग मिलेर देशको दीर्घकालिन हितमा राजनीतिक कदम चाल्नु उपयुक्त ठानी मेलमिलापको नीति लिएर नेपाल आएको बताए ।

कार्यक्रममा नेपाली काँग्रेस विपीका महामन्त्री पुष्पराज पराजुलीले स्वागत मन्तव्य राख्दै अहिलेको नेपालको नेतृत्व वर्गमा लम्पासारवाद भएको तर्क गरे । उनले विगतमा नाकाबन्दीको सन्दर्भमा अहिलेका नेपाली काँग्रेसका नेतृत्व वर्ग राष्ट्रियताको सवालमा चुकेको बताए ।
विपी कोइरालाले दुवै छिमेकी मुलुकहरुसंग समान सम्बन्ध बनाएको प्रसंग उल्लेख गर्दै अहिलेको राजनीतिक नेतृत्वले पनि दुवै छिमेकीहरुसंग ससर्त नभइ निशर्त तथा समान रुपमा सम्बन्ध बढाउनु पर्ने बताए ।

कार्यक्रममा आफ्नो कार्यपत्र प्रस्तुत गर्दै वरिष्ठ पत्रकार देव प्रकाश त्रिपाठी विपी कोइरालासंग जोडिए विभिन्न पक्षहरुको व्याख्या गरेका थिए । साथै उनले अहिलेको संविधान विखण्डनकारी रहेको बताउँदै यसको जगमा देशको नेतृत्व गर्नेहरुले राष्ट्रियताको कुरा गर्नु हास्यास्पद रहेको बताए । उनले अहिलेको संविधानमा रहेको विभिन्न प्रावधानहरु जस्तै, भाषा, धर्म, गणतन्त्र जस्ता विषयहरुले राष्ट्रियता कमजोर बनाएको बताए ।

त्यस्तै राज्यपुर्नसंरचना आयोगका पुर्व सदस्य रमेश ढुगेंलले राज्यको श्रोत र यसको वाँफाँडको सन्दर्भमा विपी कोइरालाले लिएको नीति निकैनै समावेशी भएको बताए । अहिलेका सन्दर्भमा समावेशी र समानुपातिकको नाममा वाँडीचुाडी खाने काम भएको तर उत्पादनमा कुनै गम्भिरता नभएको सन्दर्भमा विपी कोइरालाले एउटा गाइ र सय जना मानिसको उदाहरण दिँदै एउटा गाइको दुधबाट सय जनलाइ १ १ चम्चा बाँड्नुभन्दा त्यसकै अनुपातमा गाइ पाल्नुनै उपयुक्त समावेशी भएको बताउँदै विपी कोइराला उत्पादन र वितरणको अनुपात मिलाउनुनै समावेशी र समानुपातिक हो भन्ने पक्षमा रहेको बताए ।


सोही कार्यक्रममा विश्लेषक अरुण उप्रेती, पुर्व राजदुत राजेश्वर आचार्य, पुर्वमन्त्री दीपक प्रकाश वास्कोटा तथा नेपाली काँग्रेस विपीका महामन्त्री, सुशीलमान शेरचन लगाएतले आफ्नो मन्तव्य राखेका थिए ।

कार्यक्रममा स्वस्थ्यमा प्रतिकुल समस्याका कारण नेपाली काँग्रेस विपीका सभापती हरिबोल भट्टराइको अनुपस्थितीमा उपसभापती झलकनाथ वाग्लेले सभापतित्व गरेका थिए ।

भिडियो