Sunday 18th October 2020

    'मिस्टर एण्ड मिस टिकटक' का लागि ग्लोबल अनलाईन पेबाट भोटिङ खुल्ला    नेपाल टेलिकमले ९० दिनसम्मका लागि अटम अफर उपलब्ध गराउने    आइसोलेसन केन्द्र निर्माणमा सरकार युद्धस्तरमा लाग्नुपर्छ :डा. उपाध्याय    उदयपुरमा स्कार्पियो दुर्घटना हुँदा पाँच जनाको मृत्यु, तीन घाईते    विश्वभर कोरोना संक्रमितको संख्या ४ करोड नजिक

वर्ष सन् २०१७ : ट्रम्पको उदयदेखि मुगावेको पतनसम्म

Sunday, December 31, 2017 National Power


१६ पुस,काठमाण्डौ –  ट्रम्पको उदयदेखि मुगावेको पतनसम्मका यी र यस्तै घटनाक्रमले वर्ष सन् २०१७ को राजनीतिलाई तताइरह्यो । यस वर्षलाई बिदा गरेर विश्व समुदाय नयाँ वर्षको स्वागत गर्न आतुर रहेका बेला विश्वमा घटेका वर्षभरिका प्रमुख घटनाक्रमलाई फर्केर हेरौँ स्

ट्रम्पको उदय
अमेरिकी राष्ट्रपतिका रूपमा डोनाल्ड ट्रम्पले यसै वर्ष शपथ लिए । उनी गत वर्षको अमेरिकी चुनावबाट निर्वाचित भएका थिए । शपथलगत्तै मध्यपूर्वका ६ मुस्लिम देशका नागरिकहरूलाई ६ महिनासम्मका लागि अमेरिका प्रवेशमा रोक लगाउने निर्णय ट्रम्पले गरे । चाद, इरान, इराक, लिबिया, सोमालिया, सिरिया र यमनका नागरिकमाथि यस्तो प्रतिबन्ध लगाइयो ।

ट्रम्पको निर्णयपछि अमेरिकाको विमानस्थलमा ल्यान्ड गरिसकेका केही व्यक्तिसमेत आफ्नै देश फर्कन बाध्य भए । तर यो निर्णय अमेरिकाकै अदालतले उल्ट्याइदियो । उत्तर कोरियासँगको अमेरिकाको पुरानो शत्रुतामा डोनाल्ड ट्रम्पले घिउ थप्ने काम गरे ।

उनले पटक पटक उत्तर कोरियाली सर्वोच्च नेता किम उल जोङलाई गाली दिए । ट्रम्पले वर्षको अन्त्यमा जेरुसलमलाई अमेरिकी प्रशासनका तर्फबाट इजरायलको राजधानी स्वीकार्दै प्यालेस्टाइनी तथा विश्वभरका मुसलमानहरूलाई चिढ्याउने काम गरे । यो भूभाग मुसलमानहरूका लागि मक्का मदिनापछिको ठूलो तीर्थस्थल मानिन्छ । प्यालेस्टाइनले पनि जेरुसलमलाई आफ्नो राजधानी दाबी गर्दै आएको छ ।

उत्तर कोरियाको आणविक धम्की
गत सेप्टेम्बर ३ मा उत्तर कोरियाले छैटौँ पटक आणविक परीक्षण गर्यो । जुन अहिलेसम्मकै सबैभन्दा ठूलो आणविक परीक्षण हो । यस परीक्षणपछि अमेरिका तथा उसका सहयोगी राष्ट्रहरूसँग उत्तरको सम्बन्ध थप बिग्रिएको छ । त्यसो त उत्तर कोरिया वर्षौंदेखि पश्चिमा विश्वसँगको वाकयुद्धमा छ ।
गत नोभेम्बरमा उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले आफूसँग अमेरिकाका कुनै पनि भूभागमा निशाना बनाएर हमला गर्नसक्ने लामो दूरीका मिसाइल रहेको बताए । यसअघि पनि उत्तरले अमेरिकामाथि आणविक हमला गर्ने चेतावनी दिएको थियो ।

अमेरिकाले यस्तो अवस्था सिर्जना भए उत्तरलाई पूर्ण रूपमा ध्वस्त बनाउने चेततावनी दिएको छ । अमेरिकी राष्ट्रपति ट्रम्प र सर्वोच्च नेता उन पटक पटक एकअर्का विरुद्ध खनिए ।

शक्तिशाली सी
चिनियाँ राष्ट्रपति सी जिनपिङ विश्वकै शक्तिशाली नेतामध्ये पर्छन् । अबको केही दशक उनी विश्वकै शक्तिशाली नेता बनेमा कसैले अचम्म भने मान्नुपर्दैन । उनले त्यसका लागि आधार खडा गरिसकेका छन् । चिनियाँ पार्टीको १९औँ महाधिवेशनले सी जिनपिङ विचारधारालाई विधानमै समेट्ने निर्णय गरेपछि उनी निकै शक्तिशाली बनेर निस्किएका छन् । पार्टी विधानमा यसअघि चिनियाँ कम्युनिस्ट पार्टीका संस्थापक माओ र नेता देङ सियाओ पिङको नाम मात्रै समावेश गरिएको थियो । महाधिवेशनले महासचिवको उत्तराधिकारी तोक्ने परम्परा विपरीत यस पटक सीको उत्तराधिकारी समेत तोकिएको छैन ।

यसको अर्थ सी अझै लामो समय ९कम्तीमा ५ वर्ष० सत्तामै रहनेछन् भनेर बुझिएको छ । सीले चिनियाँ विदेश नीतिलाई पनि आक्रामक बनाउँदै लगेका छन् । विदेशका ठूला उद्योगहरूमा चिनियाँ लगानी बढाउँदै लैजाने नीति अख्तियार गरेका छन् । चीनमा भ्रष्टाचार हटाउने, परम्परागत चिनियाँ विज्ञान र शिक्षालाई अघि बढाउने लगायतका उनले लिएका नीति चर्चामा छन् । त्यसैले उनलाई राष्ट्रवादी नेता भनिएको छ । सीका विचारधारालाई चिनियाँ विद्यालयको पाठ्यक्रममा समेत समावेश गर्ने निर्णय चीनको कम्युनिस्ट पार्टीले लिएको छ । यसको अर्थ सी शक्तिशाली हुँदैछन् । अबको केही वर्षपछि चीनलाई विश्वको एक्लो महाशक्ति बनाउने उनको महत्वाकाङ्क्षा छ ।

कतारमाथि नाकाबन्दी
आतङ्कवादीलाई सहयोग गरेको आरोप लगाउँदै साउदी, इजिप्ट, यूएई, बहराइन र यमनले कतारमाथि नाकाबन्दी लगाइदिए । जुन ५ मा यी देशहरूले नाकाबन्दी लगाएपछि तेलको खानी कतार समस्यामा पर्यो । सानो, तर एसियाकै धनाढ्यहरूको बसोबास रहेको यस राष्ट्रमाथि इरानसँग नजिकको सम्बन्ध बनाएका कारण साउदी सरकारको नेतृत्वमा नाकाबन्दी लगाइएको थियो । इरान साउदी अरेबियाबीच राम्रो सम्बन्ध छैन ।

कतारले आफूमाथि लागेका आरोप असत्य रहेको बताउँदै आएको छ । उसले नाकाबन्दीलाई आफ्नो सार्वभौमसत्तामाथिको प्रहार भन्यो । कुवेत र अमेरिकाले समस्या समाधानका लागि ठूलो प्रयास गरे पनि समाधान निस्किएन । जसका कारण कतार समस्या छ ।

साउदीमा सफ्ट ‘कु’
साउदीका राजा सलमानले सफ्ट ‘कु’ मार्फत आफ्ना छोरा महोम्मद बिन सलमानलाई युवराज बनाइछाडे । यसअघि राजा सलमानका भतिजा महोमद्द बिन नायफ नायफ युवराज थिए भने राजाका छोरा सलमान नायफपछि गद्दीको दोस्रो लाइनमा थिए । तर नायफले गद्दी छाडेसँगै सलमान युवराज बने । उनी साउदीको उपप्रधानमन्त्रीसमेत नियुक्त भए ।

लगत्तै साउदीमा धेरै परिवर्तन देखिएका छन् । साउदी सरकारले महिलाले पनि गाडी चलाउन पाउने नियम पास गरेको छ । युवराज सलमानले कट्टरपन्थी मुस्लिम राष्ट्र साउदीलाई यस बाटोबाट बाहिर निकालेर खुला अर्थात उदारवादी बनाउने घोषणासमेत गरेका छन् । यस्तो भएमा यहाँका नागरिकले धार्मिक स्वतन्त्रता पाउनेछन् । जनताको मन जित्दै गरेका यी राजकुमारले आफ्ना विरोधीहरूलाई भने भ्रष्टाचार अभियोगमा जेल कोच्न थालेका छन् । उनले गत नोभेम्बरमा भाइ राजकुमार महोमद बिन तलाल ९काकाका छोरा० सहित थुप्रै मन्त्रीहरूलाई गिरफ्तार गराएका थिए ।

मुगावेमाथि बेडरुम ‘कु’
जिम्बाबेका भेट्रान नेता तथा राष्ट्रपति रोबर्ट मुगावेले गत नोभेम्बर २१ मा सत्ता छाड्नुर्पयो । आफ्नै पार्टी र सेनालाई विश्वासमा लिन नसक्दा उनको ३७ वर्ष लामो शासन समाप्त भयो ।

९३ वर्षका मुगावे बेलायतबाट जिम्बाबेलाई स्वतन्त्रता दिलाउने नेता हुन् । स्वतन्त्रतापछि उनी निरन्तर सत्तामा थिए । तर आफ्नी श्रीमतीलाई राष्ट्रपति बनाउने चक्करमा लागेपछि आफ्नै सहयोगीहरूबाट टाढिए । श्रीमानभन्दा ४१ वर्षले कान्छी ग्रेस मुगावेमा राष्ट्रपति बन्ने महत्वाकाङ्क्षा पलाएपछि मुगावे त्यसको मारमा परे । श्रीमतीकै कारण उनले आफ्ना सहयोगी इमर्सन म्नानगाग्वालाई उपराष्ट्रपतिबाट हटाए । त्यसपछि श्रीमतीलाई उपराष्ट्रपति बनाए । उपराष्ट्रपति हुँदै राष्ट्रपति बनाउने उनको महत्वाकाङ्क्षा थियो ।

मुगावेको यो कदमपछि उनकै पार्टी उनीविरुद्ध उत्रियो । उनको विश्वासिलो सेनाले समेत इमर्सन म्नानगाग्वालाई साथ दियो । मुगावे एक्लिए । जनताले समेत उनको यस कदमलाई मन पराएनन् । संसदमा अविश्वासको प्रस्ताव अघि बढ्ने भएपछि उनले प्रस्ताव पास हुनु अगावै राजीनामा दिए । उनको राजीनामापछि सडकमा उत्रिएर जनताले खुसी मनाए । मुगावेको बहिर्गमनपछि जिम्बाबे नयाँ युगमा प्रवेश गर्ने अपेक्षा गरिएको छ । मुगावेले उपराष्ट्रपतिबाट बर्खास्त गरेका इमर्सन अहिले जिम्बाबेको राष्ट्रपति छन् ।

महिला हिंसाविरुद्ध ३ ‘मि टु’को बाढी
दशौं लाखले यस वर्ष सामाजिक सञ्जालमा ३ मि टु ह्यासट्याग लेखेर अभियान चलाए । हलिउड मुगल हार्भी विन्सटिनलगायत अन्य थुप्रै शक्तिशाली पुरुषहरूले महिलामाथि गरेको यौन शोषणको विरोधमा यस्तो अभियान चलाइएको हो ।

अक्टुबर ५ मा द न्युयोर्क टाइम्सले हार्भी विन्सटिनबारे सनसनीपूर्ण खुलासा गरेको थियो । उनले महिलाहरूमाथि बलात्कार गरेर घटना लुकाउनका लागि दशकौँसम्म पैसा तिर्ने गरेको समाचारमा उल्लेख थियो । यो समाचार डढेलोझैँ विश्वभर फैलियो । महिला अधिकारवादीका आगो जसरी प्रस्तुत भए । फिल्म, टेलिभिजन, पत्रकारिता र राजनीतिमा लामो समयदेखि महिलामाथि शोषण हुने गरेका विषयहरू एकपछि अर्को गर्दै खुलासा भए । पछिल्लो समय अमेरिकी राष्ट्रपति ट्रम्पका विरोधीहरूले पनि उनले गरेका यौन शोषणबारे छानविन हुनुपर्ने माग राखेका छन् । ट्रम्पमाथि पनि यौनहिंसाका थुप्रै आरोप छन् ।

क्याटालोनियामा जनमतसङ्ग्रह
अक्टुबर १ मा स्पेनको दक्षिणपूर्वमा रहेको धनी राज्य क्याटालोनियामा जनमत सङ्ग्रह भयो । स्पेनको केन्द्रीय सरकारले यस जनमत सङ्ग्रह असंवैधानिक भएको ठहर गर्यो । जनमतसङ्ग्रहको परिणाम सार्वजनिक गर्दै २७ अक्टुबरमा क्लाटलानका संविधान निर्माताहरूले यो राज्यलाई स्पेनबाट स्वतन्त्र घोषणा गरे ।

तर अलग देश बनाउने क्याटलानको सपना पूरा हुन पाएन । बरु भएका अधिकार पनि स्पेन सरकाले खोस्यो । यस राज्यको स्वायत्तता हनन गर्दै स्पेनले राज्य सरकारलाई विघटन गर्यो । यहाँ केन्द्रीय शासन लागू भयो । स्पेन सरकारले नयाँ निर्वाचनको घोषणा गर्यो । यसअघि क्षेत्रीय राष्ट्रपति रहेका कार्लेस पुइग्डिमोन्टमाथि राज्यद्रोहको आरोप लगाइयो । उनी अहिले बेल्जियममा शरण लिइरहेका छन् ।

आईएस पराजित तर खतरा बाँकी
डिसेम्बर ९ मा इराकी सेनाले आईएसआईएस विरुद्धको लडाइँमा जित हासिल गरेको घोषणा गर्यो । मोसुलमा इराकी सेनासँग पराजित भएको आईएसले सिरियाको राका पनि गुमायो । कुनै समय आफैंले तदाकथित ‘क्यालिफेट ९इस्लामिक रामराज्य०’ घोषणा गरेका यी क्षेत्र गुमेसँगै आईएस पराजित भयो । ७ वर्षसम्म इराक र सिरियाका थुप्रै ठाउँमा कब्जा जमाएको आईएस अब पहिलेजस्तो सुदृढ रहेन । रुसले पनि इस्लामिक स्टेट विरुद्धको लडाइँमा आफ्ना सेनाले जित निकालेको भन्दै गर्वसाथ घर फर्कन सैनिकहरूलाई आग्रह गरिसकेको छ ।

यद्यपि, इराक र सिरियामा पराजित भएको आईएसले इजिप्ट र अफगानिस्तानमा आफ्नो सङ्गठन विस्तार गर्नसक्ने विज्ञहरू बताउँछन् । विश्वभर छरिएका यस सङ्गठनका लडाकुहरूले आतङ्कवाद फैलाउने खतरा उत्तिकै छ ।

आतङ्कवादकोत्रास
सन् २०१७ को सुरुवाती दिन नै ठूलो आतङ्कवादी हमला भयो । टर्कीको इस्तानबुलमा ‘न्यु इयर पार्टी’ गर्न नाइट क्लब गएकाहरूमाथि भएको हमलामा ३९ को ज्यान गयो । त्यसपछि म्यानचेस्टर, न्युयोर्क र बार्सीलोनाजस्ता सुरक्षित मानिएका सहरमा पनि हमला भए ।

हमलाको क्रम वर्षभरि नै जारी रह्यो । सोमालियामा गत नोभेम्बरमा ट्रकमा बिस्फोट हुँदा ५ सयभन्दा धेरैको ज्यान गयो । इजिप्टको व्यस्त मस्जिदमा आक्रमण हुँदा ३ सयभन्दा धेरैले ज्यान गुमाए । वर्षभरि आतङ्कवादको त्रास कायम रह्यो ।