Wednesday 18th February 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

सुदूरपश्चिम महोत्सवमा १६ करोडको कारोवार

Wednesday, December 27, 2017 National Power

१२ पुस, धनगढी – यहाँ आयोजित सुदूरपश्चिम महोत्सवमा बिक्री भएको प्रत्येक टिकटबाट केही रकम जिल्ला दैविप्रकोप उद्धार कोष र शिवपुरी धामको विकासका लागि छुट्टयाइएको छ ।

महोत्सव आयोजक कैलाली उद्योग वाणिज्य संघका महासचिव रुपेस स्वाँरले बिक्री भएको प्रत्येक टिकटबाट एक रुपैँया जिल्ला दैविप्रकोप उद्धार कोषमा र एक रुपैँया शिवपुरी धामको विकासका लागि छुट्याउने निर्णय महासंघले गरेको जानकारी दिए ।

‘दिगो शान्तिका लागि आर्थिक समृद्धि’ भन्ने नाराका साथ गत मंसिर २९ गतेदेखि शुरु भएको महोत्सव आज सम्पन्न भएको हो । प्रदेशसभा सदस्य डिल्लीराज पन्तले महोत्सवको समापन गर्दै विकासका मुद्दालाई प्राथमिकतामा राखेर आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

दुई सय ५० व्यापारिक स्टल राखिएको महोत्सवको १२ दिनको अवधिमा झण्डै रु १६ करोडको कारोवार भएको महासचिव स्वाँरले जानकारी दिए ।
सुदूरपश्चिमको पर्यटन, कृषि, उद्योेग, व्यापार व्यवसायको विकास तथा प्रवद्र्धन गर्ने उद्देश्यले कैलाली उद्योग वाणिज्य सङ्घले यहाँ हरेक वर्ष सुदूरपश्चिम महोत्सवको आयोजना गर्दै आएको छ ।