Tuesday 10th December 2024

    गढीमाई मेलामा दर्शनार्थीको घुइँचो    गायक नारायण थापाको “परिणाम नखोज तिमी” सार्बजनिक    पैसाको कमी र यौन असन्तुष्टीका कारण पति-पत्नीको सम्बन्ध कमजोर हुन्छन्    हैदरावादमा पुष्पा–२ को लाइभ कार्यक्रममा भागदौड, एक महिलाको मृत्यु    ‘नेपाल मानव–अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव ९ देखि १२ डिसेम्बरमा काठमाडौँमा आयोजना हुँदै

हाई स्पीडको भारतीय रेल पशुपतिनाथसम्म आओस् : एमाले नेता ज्ञवाली

Saturday, December 23, 2017 National Power

८ पौष, काठमाडौं – नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले नयाँ सरकारले चीन र भारत दुबै देशसँग घनिष्ट सम्वन्ध राख्ने बताएका छन् ।हालै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फोन गरेर नयाँ सरकारसँँग सहकार्य गर्न इच्छुक रहेको बताएको भन्दै उनले भने, ‘यो भारतको नयाँ नीतिको संकेत हो भन्न्ने हामीले लिएका छौं ।’


शनिबार रिपोटर्स क्लबमा आयोजित साक्षात्कारमा एमाले सचिव ज्ञवालीले अब बन्ने नयाँ सरकारले भारत र चीनसँगको सम्वन्धलाई उच्च प्राथमिकतामा राख्ने बताए । उनले भने, ‘नेपाल सानो होला तर, सार्वभौम राष्ट्र हो र नेपालले अन्तरिक मामिला आफैं समाधान गर्न सक्छ । यति मानिदिए पुग्छ ।’

उनले चिनियाँ मात्र होइन, भारतीय रेल पनि काठमाडौंसम्म आओस् भन्ने चाहेको बताए । केरुङबाट काठमाडौं, पोखरा हुँदै लुम्बिनीसम्म रेल ल्याउन कुरा भइरहेको भन्दै सचिव ज्ञवालीले भने, ‘हामी चाहन्छौं, बरौनीबाट होस् वा रक्सौलबाट होस्, हाई स्पीडको भारतीय रेल पशुपतिनाथसम्म आओस् ।’