Wednesday 22nd August 2018

    सरकार उड्नुपर्ने हो, तर हिँड्नपनि दिईएन : पूर्वमन्त्री तामाङ    नारायण पौडेल र सुमन महतको साहै नै रमाइलो तिज गित सार्वजनिक    भिम पौडेल र सरु थापा मगरको मायाकै पिर बरिलै तिज गित सार्वजनिक    गृहको निर्देशन उल्टाउँदै भौतिक, १२५ टिपरलाई २४सै घण्टा सञ्चालनको अनुमति    ३७ मेगाावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ‘बी’ जलविद्युत् आयोजना निर्माण हुँदै

आमसञ्चार माध्यमहरु राजनिति र गुण्डा गर्दी ग्रस्त


कमला जोशी / ६ पस।,काठमाण्डौ – पत्रकारिता कूनै अर्थमूलक सूचना वा जानकारी स्रोतबाट लिइ सञ्चारमाध्यम मार्फत सर्वसाधारण समक्ष पुर्याउने कार्य हो । पत्रकारिता र आम सञ्चार नजीकका विषयहरू हुन् । यस्तो कार्यमा संलग्न व्यक्तिलाई पत्रकार भनिन्छ । प्रजातन्त्रका चारवटा स्तम्भमध्ये पत्रकारिता चौथो अङ्ग मानिएको छ । पत्रकारीता स्वच्छ निस्पक्षर आदर्श पेसा हो । संसारमा निस्वार्थ सेवाको भावनाले गरिने एक विस्वासीलो पेसा पत्रकारीता हो पत्रकारीता समाजको ऐना हो जसले समाजका गतिविधिहरुलाई छर्लङग देखाउछ । समाजको लागि पत्रकार सुचनाका बाहक र सुचना बोक्ने भरिया पनि हुन ।
रहर समय सुचना ओसार पोसारमा व्यस्त रहने पत्रकार कहिले पनि आफु र आफ्ना लागि भन्दा पनि सबैका लागि बाच्ने गर्दछ र सबैको सेवामा आफ्नो जिवन व्यतित गर्न तत्पर हुन्छ । एउटा पत्रकार आफ्नो घर भन्दैन परिवार भन्दैन आफन्त ईष्टमित्र भन्दैन, कसैको प्रवाह नगरी आज समाजमा देशमा विदेशमा के कस्तो भयो सुचनाका पछि लाग्दै रात दिन व्यतित गर्दछ । एउटा महिला पत्रकारले पनि आफ्नो सुरक्षाको प्रवाह नगरी पत्रकारीता गर्छिन् । हिजो जे थियो आज त्यो भन्दा फरक हुनुपर्दछ । हिजो जे भयो भयो तर आज बद्लाव आउनु पर्दछ भन्दै देश र जनतालाई सकारात्मक दिशा तिर लम्काउने र विकासको माध्यम तिर हिडाउने कसरमा पत्रकार लेख्दा लेख्दै, बोल्दा बोल्दै आफ्नो कलमको मसी सक्छ ।
आवाजलाई सुकाउछ । हातको औला खियाउछ । समाज र राष्ट्रको भलाईका लागि अहोरात्र खटेर पत्रकारीता गर्दछ । पत्रकारीताकै कारण विश्वमा ठुलाठुला उतार चढावहरु आए । आधुनिकताले निकै ठुलो फट्को मारिसकेको छ । पत्रकारीताले गर्दा विकासोन्मुख मुलुकहरु पनि विकासको गरितिर लम्किरहेका छन् । विकासोन्मुखकै लहरमा हिडेको नेपालमा भने अझै त्यो कुरा लागु हुन सकिरहेको छैन । नेपालका युवा युवतीहरु ठुलो रहर बोकेर ठुलो उदेश्य बोकेर पत्रकारीता पेसामा हाम फाल्छन् । आफ्नो समाजले यो पेसा राम्रो होईन नगर भन्दा पनि, आफ्नो परिवारले ईन्कार गर्दा पनि आफ्नो जिधमा यो पेसामा लाग्ने गर्दछन् ।
समाज र परिवार संग लडेर पत्रकारीतामा आउछन् । समाजलाई शिक्षित वनाउने , समाजको विकासमा हातेमालो गर्ने र देश र राष्ट्रका लागि बाच्ने भनेर लाग्छन् तर कति सम्म ? जव सम्म घरबाट निस्किदा खाएको भात रहन्छ, आमा बुवाले सिलाएर दिएको लुगाफाटो रहन्छ, रहुन्जेल पत्रकारीता गर्दछन् ।
जव विस्तारै पेटमा भोक लाग्दै जान्छ, जिउको लुगाफाटो हुदै जान्छ अनि अभाव र भोक महसुस गरिदै जान्छ, अनि एउटा सुचना बोक्ने सञ्चारकर्मी समाजको ऐना समाजलाई आवाज र कलमका माध्यमबाट शसक्त र चेतनशील बनाउने भनेर हिडेको व्यक्ति सुचना छोडेर आफ्नो गासबासको खोजीमा भौतारिन्छ भौतारिने क्रम कहाँ सम्म पुग्छ ? त्यो पत्तोे हुदैन कोहि अरबको खाडी पुग्छ , कोहि कोरीयाको भेडाबथानमा पुग्छ, कोहि अमेरिका क्यानडा पुग्छ त कोही आफ्नो गाउँ फर्कन्छ, जहाँबाट उसले सपना बोकेर शहर छिरेको थियो । एउटा मिडियाले आफ्नो श्रमको उचित मुल्याङकन नगर्दा पलायन हुनुपर्ने अवस्था शिर्जना हुन्छ । उसले प्रगति गर्नुको साटो पत्रकारीता गरेको १५ वर्ष सम्म आफ्नै कमाईमा एउटा साईकल सम्म चढ्न सक्दैन ।
अनि आफ्नो आवश्यकता पुरा गर्न कोही पत्रकार अनेकन पेसा अपनाएर केहि सवल नभएका पनि छैनन् तर विशुद्ध पेसामा उभो लाग्न नसकेर पलायन भएका कैयौ नाम चलेका पत्रकारहरुका उदाहरण तपाई हाम्रो अगाडी छन् । फाटेको जुत्ता र टालेको कपडामा आफ्ना जिवनका अमुल्य समय व्यतित गर्दै बुढ्यौलीले छुन्छ तर उसको कामको मुल्याङकन न समाजले गर्दछ न मिडियाले न त सरकारले । विग्रेको पेसा, कतै काम नलाग्ने पेसा, खतम् पेसा पत्रकारीता भन्दै समाजमा हँगामा फैलाउने व्यक्तिनै बेलुका घर गएर दिन भरिका समाचार टेलिभिजनमा हेर्छ अथाव रेडियोमा सुन्छ अथवा विहानै पत्रपत्रिकाको खोजीमा हिड्छ । तर उहि पत्रकार किन यहाँ हेला र तिरस्कारको पात्र बन्दैछ ?
पत्रकारको पेसा र सेवा सुविधा अनि कामको मुल्याङकन गर्ने को ? कसले पत्रकारको हक र हितमा बोल्न सक्छ ? कसैले नि सक्दैन । पत्रकारको लागि भनेर विभिन्न संघ संगठन जन्मिए पनि जुर्मुराए पनि आज सम्म जति सुकै गर्यौ भनेर हल्ला फिटाए पनि एउटा पत्रकारले शान्ति संग बस्न र खान पाएको छैन । शान्ति संग पत्रकारीत गर्न पाईरहेको छैन । विषेस गरेर महिला पत्रकारको हकमा अझ जर्जर अवस्था छ यहाँ । आफुलाई आईपरेका समस्याको समाधान गर्न एउटा महिला पत्रकार कहा जाने ?
उसको संरक्षण गर्न न त एउटा मिडियाले सक्छ न त अन्य संघ संगठन ले न त अन्य सरकारी तथा गैरसरकारी पक्षबाटै त्यस्तो पहल गरिएको छ । आज सम्म एउटा मिडियाले आफ्ना कर्मचारीको सेवा सुविधा र संरक्षण भन्दा पनि उसको श्रम शोषण कसरी बढी भन्दा बढी गर्ने कसरी आफु र आफ्नो कम्पनी मोटाउने ? भन्ने तिरनै ध्यान केन्द्रित गरेर मिडिया सञ्चालन गरेको हुन्छ ।
समाजका बन्देज र आधार स्तम्भहरु तोड्दै देश र समाजका लागि काम गर्ने भनेर सुनौलो सपना बोकेर मैदानमा उत्रिन्छन् । पत्रकारीता विषय राम्रो हो भन्छन्, पक्कै पनि राम्रो विषय हो तर सधै अरुकै सुखदुख साटासाट गर्नमै व्यस्त रहने महिला पत्रकार आफुमाथि आईपर्ने समस्याहरु सुल्झाउन सधै निसकृय नै रहन्छिन् । नेपालमा महिलाहरुको संरक्षण गर्ने संगठन नईदिंदा पत्रकारको साझा संगठन भनेर स्थापना भएका संगठनहरुका माथिल्ला निकायहरुमा पनि पुरुषहरुनै भईदिंदा महिलाका समस्या सुनेर निराकरण गर्ने पक्षको सधै खाचो रहेको छ ।
समस्या उत्पन्न गर्ने मिडिया संग मिल्नु र जति सुकै अन्याय भए पनि महिलानै खराव हो भन्दै हावामा उडाउने गर्दछन् । नगरुन पनि कसरी नेपाल पुरुषसत्तात्मक देश हो । यहाँ हरेक क्षेत्रमा विभेद रहेको छ भने पत्रकारीता कसरी छुट्न सक्छ । जहाँ जहाँ एक महिला काम गर्छिन त्यहाँ त्यहाँ विभेद छ । उनलाई साज सज्जाका रुपमा सञ्चार माध्यमले राख्छन् । महिला र पुरुषले गर्ने काम बराबरी भए पनि पारिश्रमीकमा विभेद गरिन्छ । काम र क्षमता बराबरी भएपनि पावर र पैसाको आधारमा विभेद गरिन्छ । आफु अनुकुल काम गरिएन भने मिडियाका मालिक भनेर आफुलाई उभ्याउनेहरुनै महिलाहरुलाई सञ्चार माध्यममा टिक्न मुश्किल पार्दछन् ।
नेपालका सञ्चार माध्यमहरु कसैलाई आफै टिक्न र आफ्नो अस्तित्व जोगाउनै हम्मे हम्मे परेको छ भने कतिपय आफुलाई ठुला स्तरमा राख्ने सरकारको नुनमा चल्ने आमसञ्चार माध्यमहरु राजनिति र गुण्डा गर्दी ग्रस्त देखिन्छन् । जहाँ पत्रकार महिलाको योग्यता क्षमताको कदर भन्दा पनि शारिरीक तथा मानसिक शोषण गर्ने र आफुअनुकुल नचाउने प्रयास गर्छन् । जसले गर्दा पनि एउटा महिला आफ्नो रहरको सपनाको पेसालाई जहर सम्झेर छोड्न बाध्य हुन्छन् । र पेसाबाटै पलायन हुनुपर्ने अवस्थामा पुग्छन् । आफ्नो रोजाईको पेसा र सञ्चार माध्यम प्रतिनै घृणा र तिरस्कार गर्दै बाहिरिन्छन् । एउटा सपना एउटा विश्वास एउटा आशाको दियो बालेर पत्रकारीत गर्न हिडेका महिलाहरु केबल आवेग र राप बोकेर पलायन हुन्छन् । एउटा सामान्य नारी माथी गरेका अत्याचारलाई पुरुषले आफ्नो मर्धाङगीका रुपमा लिन्छन् । तर उनिहरुलाई थाहा हुदैन त्यो कुराले उनिहरुको नपुसंकताको परिचय दिएको हो भन्ने । हरेकले हरेक पेसा वर्ग जाती र धर्मको कदर गर्न जान्नु पर्दछ । पत्रकारको हकहित र संरक्षणका लागि भनेर उम्रेका संघ संस्थाहरुले प्रतिवेदन तयार पारेर आफ्नो कमाई खाने भाडो नवनाएमा केहि राहत हुन्थ्यो कि ?भन्ने आशा एउटा श्रमजिवीहरुका लागि सधै नै रहिरहन्छ ।
एउटा पिडित पक्ष शोशित पक्षले सधै आफु न्याय पाउने आशामा खुट्टाको चप्पल फटाउछ । जिउको लुगा फटाउछ । न्यायको लागि हरेक प्रतिवेदन तयार पार्ने संघ संगठनहरुका ढोका ढक ढक्याउछ । तर अन्यमा उसलाई झिनो आशामा फर्काईन्छ अनि उसले न्याय पाउछ तती संगठनहरुको प्रतिवेदनको पानामा उत्रिन्छ र उसले न्याय पाउछ ति पानाहरुमा ।