Sunday 9th November 2025

    ‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार–२०८२’ तथा अञ्जना गुरुङ एकल सांस्कृतिक कार्यक्रम सम्पन्न    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने    कवि रूपक र संगीतकार सन्तोषको सहकार्यमा ‘रारा तिमी स्वर्गकी अप्सरा’ सार्वजनिक

मानव वेचविखनको आरोपमा वडाध्यक्ष पक्राउ

Thursday, December 21, 2017 National Power

६ पौष,नुवाकोट – दुप्चेश्वर गाउँपालिका वडा नं १ घ्याङफेदीका वडाध्यक्ष सुनबहादुर तामाङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आज दिउँसो नियन्त्रणमा लिएको छ ।

सिआइबीले वडा कार्यालय घ्याङफेदीबाट तामाङलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिएका छन्।

तामाङविरुद्ध नुवाकोट जिल्ला अदालतमा मानव बेचबिखन तथा ओसारपसारविरुद्धको मुद्दा विचाराधीन छ । भारतको वेश्यालयबाट फर्केका महिलाले दर्ता गराएको मुद्दामा रु पाँच लाख धरौटी राखी तामाङ एक वर्ष अघि रिहा भएका थिए।

मुद्दाको अन्तिम किनारा लाग्न बाँकी छ । गत वैशाख ३१ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा तमाङ नेपाली काँग्रेसबाट वडाध्यक्ष पदमा निर्वाचित भएका थिए ।