Tuesday 8th July 2025

    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न    Nepal's First Largest International Level Inclusive Music Award.    “दुरदेखि आएँ प्रिय” निर्देशक खरेलको समाजप्रति एक गहिरो व्यंग्यात्मक दृष्टि

प्रदेशतर्फको समानुपातिक सिट बाँडफाँडको तयारी

Thursday, December 21, 2017 National Power

६ पौष ,काठमाडौं – निर्वाचन आयोगले प्रदेशसभातर्फको समानुपातिक सिट बाँफडाँडको तयारी गरेको छ । समानुपातिकतर्फ प्रदेशमा २२० सिट रहेका छन् । निर्वाचन आयुक्त नरेन्द्र दाहालका अनुसार सम्भवत आजै दलहरुले प्राप्त गर्ने सिटको बाँडफाँड हुनेछ ।


आयोगका अनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फको कुल सदर मतको एक दशमलव पाँच प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने दलको दलका उम्मेदवार प्रदेशसभा सदस्यमा अट्नेछन् ।
समानुपातिक निर्वाचन अधिकृतको कार्यालयले ७७ वटै जिल्लाबाट दलहरूले प्राप्त गरेको मत परिणामलाई पूर्णता दिएर निर्वाचन आयोगमा पठाइसकेको छ ।

अब सिटबाँडफाँड गरेर आयोगले सम्बन्धित राजनीतिक दललाई नतिजा पठाउने छ

प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० मा समानुपातिक निर्वाचन अधिकृतको कार्यालयले कुल खसेको सदर मतको गणना गरी प्रत्येक दलले प्राप्त गरेको मत खुलाई आयोगमा मत परिणाम घोषणाका लागि पेस गर्ने व्यवस्था छ ।
सो पछि दलले ३३ प्रतिशत महिलाको प्रतिनिधित्व हुने गरी नाम छनोट गरेर आयोगलाई सूचि बुझाउनु पर्नेछ ।

सूचि प्राप्त भएपछि आयोगले उनीहरुलाई निर्वाचित भएको घोषणा गर्नेछ ।

प्रदेश १ मा ३७, प्रदेश २ मा ४३, प्रदेश ३ मा ४४, प्रदेश ४ मा २४, प्रदेश ५ मा ३५, प्रदेश ६ मा १६ र प्रदेश ७ मा २१ गरी जम्मा २२० स्थानका लागि मङ्सिर १० र २१ मा समानुपातिकतर्फ मतदान भएको थियो ।
यसैबीच संघ तर्फको समानुपातिक नतिजा सार्वजनिक गर्नेबारे भने आयोग अझैं अन्योलमा रहेका छन। राष्ट्रियसभाको गठनको विषय अन्योलमा रहेकाले आयोग संघको समानुपातिक नतिजा सार्वजनिक गर्नेबारे अन्योलमा रहेको हो । अहिले राष्ट्रिय सभासम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालयमा प्रमाणीकरणका लागि विचाराधीन अवस्थामा रहेका छ । संघतर्फको समानुपातिकमा ५ दलले थ्रेसहोल्ड कटाएको भएपनि सिट बाँडफाँड हुन नसकेको हो ।

प्रत्यक्षतर्फको मत परिणाम भने यसअघि नै सार्वजनिक भइसकेको छ ।

– साभार रातोपाटीीवाट