Wednesday 22nd August 2018

    सरकार उड्नुपर्ने हो, तर हिँड्नपनि दिईएन : पूर्वमन्त्री तामाङ    नारायण पौडेल र सुमन महतको साहै नै रमाइलो तिज गित सार्वजनिक    भिम पौडेल र सरु थापा मगरको मायाकै पिर बरिलै तिज गित सार्वजनिक    गृहको निर्देशन उल्टाउँदै भौतिक, १२५ टिपरलाई २४सै घण्टा सञ्चालनको अनुमति    ३७ मेगाावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ‘बी’ जलविद्युत् आयोजना निर्माण हुँदै

के हो बिपन्न नागरिक कोष


२ पुस,काठमाण्डौ – सरकारले वि.संं २०६२ सालमा स्वास्थ्य कार्यक्रम अन्तर्गत बिपन्न नागरिक कोष स्थापना गरेको छ । यो कोषले कठिन र महँगो रोगहरुका लागि केहि आर्थिक राहत प्रदान गरेको छ । आर्थिक रुपले विपन्न भएका नागरिकहरुलाई कडा रोग लागेमा स्वदेशी तथा विदेशी अस्पतालमा उपचार गराउनको लागि राहत दिने व्यवस्था गरेको छ ।प्रत्यक जिल्ला जिल्लामा जिल्ला विकास समितिका सभापति तथा सभापति नभएको बेला प्रमुख जिल्ला अधिकारीबाट सिफरीस लिने व्यवस्था गरेको छ । सरकारबाट सहयोग प्राप्त गर्नका लागि सरकारले पारित गरेको निर्देशीकामा विपन्नता कसलाई भन्ने भनेर व्याख्या गरिएको छैन । सरकारले ८ प्रकारका कडा रोगको उपचारका लागि गरिब तथा बिपन्न बिरामीलाई सहुलियत दिने गरेको छ । तर मुटु र क्यान्सर बाहेकका रोगमा भने सहुलियत लिनेको संख्या ज्यादै कम छ । सरकारले कडा रोगको उपचार गर्नकै लागि भनेर अस्पताल समेत तोकेको छ ।

बिपन्न नागरिक औषधि उपचार कोष निर्देशिकामा प्रस्टसँग सहुलियतबारे उल्लेख छ, तर बिरामीलाई थाहा नहुँदा आर्थिक अभावमा उपचार हुन नसक्दा कतिपय बिरामीले ज्यानै गुमाउनु परेको छ । विपन्न नागरिक औषधि उपचार कोष निर्देशिका २०७० अनुसार उपचारका लागि रकम पाउन भने ‘कडा रोग’ लाग्नुपर्छ । सरकारले निर्देशिकामा ‘कडा रोग’ भन्नाले मुटुरोग, क्यान्सर, पार्किन्सस, अल्जाईमर्स, स्पाईनल इन्जुरी तथा हेड ईन्जुरीका बिरामी पर्छन् । विपन्न नागरिकलाई सरकारले सिफारीसका साथ साथ उपचार गर्ने अस्पताल समेत तोकेर दिएको हुन्छ । निजी अस्पतालमा जानुपरे सरकारी अस्पताल र मेडिकल बोर्डको सिफारिस अनिवार्य चाहिने निर्र्देिशकामा उल्लेख छ । जिल्लाबाट सिफारिस ल्याएपछि सिधै अस्पतालमा सम्पर्क राख्नुपर्छ । अस्पतालले विपन्नको उपचारका लागि सम्पर्क गर्न सम्पर्क केन्द्र स्थापना गरेका हुन्छन् । सम्पर्कबारे निर्देशिकामा भनिएको छ, ‘तोकिएको रोगहरुको उपचारमा सेवा प्रदान गर्ने सम्बन्धमा प्रभावकारी ब्यवस्थाको लागि अस्पतालले छुट्टै सम्पर्क केन्द्र खडा गर्नुपर्नेछ । ’सरकारले दिने भनेको रकम सिधै बिरामीको हातमा आउँदैन ।निर्देशिकामा भनिएको छ , ‘नेपालमा उपचार गराउँदा सामुदायिक वा सरकारी अस्पतालमा उपचार गराईएको बिलको आधारमा मात्र सम्बन्धित अस्पतालको नाममा सोझै यस्तो रकम सोध भर्ना दिइनेछ ।’ नर्सिङहोम तथा नीजि अस्पतालहरुले समेत विपन्न गरिकहरुको हकमा सामुदायिक वा सरकारी अस्पताल सरह उपचार सेवा दिनुपर्ने ब्यवस्था छ । नीजि अस्पतालले विपन्नको उपचार गरेको विल प्रमाणित गरेर पठाउनुपर्ने उल्लेख छ । सरकारी वा नीजि अस्पतालले सरकारले उपलब्ध गराउने रकमले भ्याएसम्म सबै सेवा उपलब्ध गराउनुपर्ने र विरामीलाई किन्न लगाउन पाईने छैन । तोकिएका अरु रोगी भन्दा मृगौला रोगीले अली बढी रकम पाउँछन् । मृगौलाले काम गर्न छोड्दा हेमोडायलासिसमा बाँच्नेहरुका लागि सरकारले एक बर्षसम्म तोकिएका केन्द्रहरुबाट १ सय ४ पटक निःशुल्क डायलासिसको व्यवस्था गर्छ । यस्ता रोगीले हप्तामा २ पटकसम्म डायलायसिस गराउन पाउँछन् र यसमा राज्यले २ लाख ६० हजार रुपैया बेहोर्छन् । त्यसै गरि प्रत्यारोपण गर्नुपर्यो भने २ लाख र प्रत्यारोपण पछि १ लाख रुपैयाँ राहत रकम पाउँछन् । धेरै मान्छेहरुलाई थाहै हुदैन कुन रोगको उपचार कहाँ हुन्छ भनेर । नेपाल सरकारले सहुलियतमा उपचार गर्न सिफारीस गरेका र विपन्नताको कागज लिएर उपचार गराउन जाने विरामीहरुका लागि निम्म अस्पतालहरु तोकेको छ ।
क्यान्सर रोगको उपचारका लागि : चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल काठमाडौं ।
शिक्षण अस्पताल, महाराजगंज काठमाडौं ।
भरतपुर क्यान्सर अस्पताल, चितवन ।
क्यान्सर केयर अस्पताल जावलाखेल, ललितपुर ।
भक्तपुर क्यान्सर अस्पताल, भक्तपुर ।
कान्ति बाल अस्पताल, महाराजगंज काठमाडौं ।
पाटन अस्पताल, ललितपुर ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान सुनसरी ।
निजामती कर्मचारी अस्पताल (सिभिल) मिनभवन, काठमाडौं ।
प्रसुति तथा स्त्रीरोग अस्पताल थापाथली, काठमाडौं
बाट सहुलियत उपचार प्रदान गर्दै आईरहेको छ ।

त्यस्तै मृगौला रोगको उपचारका लागि : वीर अस्पताल, काठमाडौं ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, सुनसरी ।
शिक्षण अस्पताल महाराजगंज, काठमाडौं ।
कान्ति बाल अस्पताल, महाराजगंज, काठमाडौं ।
पाटन अस्पताल ललितपुर ।
जनकपुर अञ्चल अस्पताल, धनुषा ।
नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज, पर्सा ।
कोशी अञ्चल अस्पताल, धनुषा ।
राष्ट्रिय मृगौला उपचार केन्द्र बनस्थली, काठमाडौं ।
मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुर ।
नेपालगंज मेडिकल कलेज कोहलपुर, बाँके ।
नेपाल मेडिकल कलेज जोरपाटी, काठमाडौं ।
युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस पक्लिहवा, रुपन्द्रेही ।
चितवन मेडिकल कलेज, चितवन ।
कलेज अफ मेडिकल साइन्सेस, चितवन ।
मणिपाल मेडिकल कलेज पोखरा, कास्की ।
वि एण्ड वि अस्पताल ग्वार्को, ललितपुर ।
नेशनल डायलासिस सेन्टर एकान्तकुना, ललितपुर ।
गोल्डेन अस्पताल विराटनगर, मोरङ्ग ।
धुलिखेल अस्पताल, काभ्रेपलाञ्चोक ।
गण्डकी मेडिकल कलेज पोखरा, कास्की ।
आरोग्य स्वास्थ्य प्रतिष्ठान, ललितपुर ।
विराट अस्पताल विराटनगर मोरङ्ग बाट सहुलियत उपचार प्रदान गर्दै आईरहेको छ ।
यस्तै मुटु रोगको उपचारका लागि : वीर अस्पताल, काठमाडौं ।
शिक्षण अस्पताल महाराजगंज, काठमाडौं ।
पाटन अस्पताल, ललितपुर ।
सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र बाँसबारी, काठमाडौं ।
मनमोहन कार्डियो भास्कुलर थोरासिक केन्द्र महाराजगंज, काठमाडौं ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, सुनसरी ।
कान्ति बाल अस्पताल महाराजगंज, काठमाडौं ।
निजामती कर्मचारी अस्पताल (सिभिल) मिनभवन, काठमाडौं बाट सहुलियत उपचार प्रदान गर्दै आईरहेको छ ।

पार्किन्सन्स तथा अल्जाईमर्सरोगको उपचारका लागि : वीर अस्पताल, काठमाडौं ।
पाटन अस्पताल, ललितपुर ।
शिक्षण अस्पताल महाराजगंज, काठमाडौं ।
शिक्षण अस्पताल महाराजगंज, काठमाडौं ।
पाटन अस्पताल, ललितपुर ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, सुनसरी ।
स्पाईनल ईन्जुरी (टाउको र मेरुदण्डको समस्या) को उपचारका लागि– वीर अस्पताल, काठमाडौं ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, सुनसरी बाट सहुलियत उपचार प्रदान गर्दै आईरहेको छ ।।
सिकलसेल एनिमिया रोगको उपचारका लागि : निजामती कर्मचारी अस्पताल (सिभिल) मिनभवन, काठमाडौं ।
उपक्षेत्रीय अस्पताल घोराही, दाङ ।
जिल्ला अस्पताल, नवलपरासी ।
लम्बिनी अञ्चल अस्पताल बुटवल, रुपन्द्रेही ।
जिल्ला अस्पताल, कपिलवस्तु ।
भेरी अञ्चल अस्पताल नेपालगंज, बाँके ।
सेती अञ्चल अस्पताल धनगढी, कैलाली ।
जिल्ला अस्पताल, बर्दिया ।
महाकाली अञ्चल अस्पताल महेन्द्रनगर, कञ्चनपुर बाट सहुलियत उपचार प्रदान गर्दै आईरहेको छ ।विरामीले उपचार गराउन जादा तोकेको अस्पतालमा शैया नपाएमा वा विरामी भर्ना हुन नसकेमा स्वास्थ्य सेवा विभागमार्फत अर्को उपचार सुविधा भएको अस्पतालमा सिफारिस गराउन सकिने समेत व्यवस्था गरिएको छ । कडा रोगको उपचारका लागि गरिब वा विपन्नलाई सरकारले १ लाख रुपैयाँ सम्मको निः शुल्क उपचार दिनेछ । तर उपचार नै गर्न नसक्ने अवस्थामा भने ५ लाख रुपैयाँ सम्म दिने व्यवस्था समेत छ । स्वास्थ्य क्षेत्रमा सरकारले ल्याएका सुधारका कार्यक्रमहरुले आम नागरिकहरुलाई केहि मात्रमा सहुलियत भएपनि धेरै भने जस्तो उपलब्धी हासील गर्न सकिएको छैन । अझै पनि गाउ र कुना कन्दराका नागरिकहरु स्वास्थ्य सुविधाबाट बन्चित हुनु परेको छ ।स्वास्थ्य सुविधाबाट बन्चित हुना पहिलो कुरो उनिहरु र्थिकरुपमा निकै विपन्न छन् । स्वास्थ्य संस्था सम्म आई पुग्ने क्षेमता नहुनु एक कारण भए पनि देशले विकाशको गतिमा फट्को मार्न नसक्नु प्रमुख कारण हुन आउछ । जसले गर्दा दुरदराजका जनता हरुलाई स्वास्थ्य सम्बन्धी जनचेतना जगाउन कठिन हुने गरेको छ । पुर्वाधार कासको गति सुस्त हुदा समयमै स्वास्थ्य संस्था पुग्न नसकि अकालमै ज्यान गुमाउनु परेका समस्या हजारौँ छन् । स्वास्थ्य मन्त्रालयको कार्यक्रमहरु बारेमा गाउ गाउँ घर घर सम्म जानकारी गराउनु आवश्यक छ । दक्ष जनशक्ति शहर र राजधानीमा केन्द्रत नभई देशका हरेक भुभाग सम्म तैनाथ गर्नु आवश्यक छ ।

  कमला जोशी