Sunday 19th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

समानुपातिकमा एमालेकै अग्रता

Thursday, December 14, 2017 National Power

२८ मंसीर काठमाण्डौ – समानुपातिकमा एमालेको सुरुदेखिको अग्रता यथावत छ । निर्वाचन आयोगका अनुसार एमालेले बिहीबार बिहान ८ बजेसम्मको परिणाममा २५ लाख ९५ हजार ४ सय ९९ मत हासिल गरेको छ ।

कांग्रेस दोस्रो स्थानमा छ भने माओवादी केन्द्र तेस्रो स्थानमा छ । कांग्रेसले २५ लाख ८ हजार ७ सय ४८ मत बटुलेको छ भने माओवादी केन्द्र १० लाख २६ हजार ३ सय ७१ मतका साथ कांग्रेसलाई पछ्याइरहेको छ ।

संघीय समाजवादी फोरमले माओवादी पछिको धेरै मत पाएको छ भने राजपाको प्रतिस्पर्धा फोरमसँग भइरहेको छ । फोरम र राजपाको मत क्रमशः ३ लाख ४७ हजार ७ सय ५९ र २ लाख ९३ हजार १ सय २९ छ ।

राप्रपाको मत १ लाख ७४ हजार ६५२ छ । विवेकशील साझा पार्टीले राप्रपा प्रजातान्त्रिकलाई उछिनेको छ । विवेकशीलले १ लाख ७१ हजार ४५ मत पाएको छ । राप्रपा प्रजातान्त्रिकले ६३ हजार ५१७ मत पाएको छ ।