Friday 18th July 2025

    तीज म्युजिक अवार्डको १२औँ संस्करण हुँदै    होटल स्मार्ट एण्ड स्मार्ट क्याफे सञ्चालमा    अभिनेत्रीबाट कोरियोग्राफर हुँदै कास्टिङ निर्देशकतर्फ पवित्राको यात्रा !    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान

समानुपातिकमा एमालेकै अग्रता

Thursday, December 14, 2017 National Power

२८ मंसीर काठमाण्डौ – समानुपातिकमा एमालेको सुरुदेखिको अग्रता यथावत छ । निर्वाचन आयोगका अनुसार एमालेले बिहीबार बिहान ८ बजेसम्मको परिणाममा २५ लाख ९५ हजार ४ सय ९९ मत हासिल गरेको छ ।

कांग्रेस दोस्रो स्थानमा छ भने माओवादी केन्द्र तेस्रो स्थानमा छ । कांग्रेसले २५ लाख ८ हजार ७ सय ४८ मत बटुलेको छ भने माओवादी केन्द्र १० लाख २६ हजार ३ सय ७१ मतका साथ कांग्रेसलाई पछ्याइरहेको छ ।

संघीय समाजवादी फोरमले माओवादी पछिको धेरै मत पाएको छ भने राजपाको प्रतिस्पर्धा फोरमसँग भइरहेको छ । फोरम र राजपाको मत क्रमशः ३ लाख ४७ हजार ७ सय ५९ र २ लाख ९३ हजार १ सय २९ छ ।

राप्रपाको मत १ लाख ७४ हजार ६५२ छ । विवेकशील साझा पार्टीले राप्रपा प्रजातान्त्रिकलाई उछिनेको छ । विवेकशीलले १ लाख ७१ हजार ४५ मत पाएको छ । राप्रपा प्रजातान्त्रिकले ६३ हजार ५१७ मत पाएको छ ।