Wednesday 30th April 2025

    ईसान अस्पतालद्वारा विशेष छुटसहितको सेवा कार्यक्रम, फावन, पिम नेपालसहित चार संस्थासँग सम्झौता    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक

बझाङको दुवैसभा वामगठबन्धनको पोल्टामा

Friday, December 8, 2017 National Power

२२मंसिर,बझाङ – बझाङको प्रतिनिधि र प्रदेशसभाका दुवै निकायकामा वामगठबन्धनले विजय हाशिल गरेकोछ । प्रतिनिधिसभामा नेकपा एमालेका भैरब बहादुर सिंह ३४ हजार ६ सय १२ मत ल्याएर विजयी भएका हुन्।यस्तै प्रदेशसभा ‘क’ बाट नेकपा एमालेका अर्जुन थापा १७ हजार ८ सय ६८ मत ल्याएर विजयी भए भने गठबन्धनकै उम्मेदवार नेकपा माओवादी केन्द्रकी देवकी मल्ल थापाले १६ हजार ७ सय ४३ मत ल्याएर प्रदेशसभा ‘ख’ जित हासिल गेकी छन् ।

प्रतिनिधि सभामा भैरब बहादुर सिंहका प्रतिस्पर्धी नेपाली काँग्रेसका पृथ्वी बहादुर सिंहले २६ हजार ९ सय १० मत ल्याएका थिए ।त्यसैगरी प्रदेशसभा क मा नेपाली काँग्रेसकी चन्द्रादेवी जोशीले १३ हजार १ सय ९९ मत पाए । उनि जस्तै प्रदेश सभा ‘ख’बाट नेपाली काँग्रेसका नरेश बहादुर सिंहले १४ हजार २ सय ४२ मत ल्याएका थिए।