Saturday 31st October 2020

    राष्ट्रिय समाचार समितिका महाप्रबन्धकलाई कोरोना सङ्क्रमण    आमिरबिरुद्ध उजुरी, यस्तो छ उनलाई लागेको आरोप    आकाशदीपदान, तुलसी पूजा र कार्तिक स्नान आजबाट शुरु हुँदै, सौभाग्य मिल्ने विश्वास    सुजाताले गरिन् काँग्रेस सभापतिको उम्मेदवार बन्ने घोषणा    बालुवाटारमा ‘कोर-टिम’ सँग ओलीको छलफल

प्रधानमन्त्री देउवा बसेको होटल नजिकै बम, सेनाले पार्‍यो निष्कृय

Monday, December 4, 2017 National Power


१८ मंसिर, कैलाली – कैलालीको धनगढीमा प्रधानमन्त्री शेरबहादुर देउवा बसेको होटल नजिकै फेला परेको प्रेसर कुकर बमलाई सेनाको टोलीले निष्कृय पारेको छ । धनगढी उपमहानगरपालिका ५ तारानागरमा पुल नजिकै बम फेला परेको हो ।

घर बनाउन बोरामा राखिएको बालुवामा प्रेसर कुकर बम फेला परेको थियो । सो बमलाई तेघरीस्थित सेनाको टोलीले निष्कृय पारेको छ । विगत ३ दिनदेखि प्रधानमन्त्री शेरबहादुर देउवा धनगढीमा बसिरहेको छन् । प्रधानमन्त्री देउवा दिनभरी चुनावी सभालाई सम्बोधन गर्न सुदूरपश्चिमका विभिन्न जिल्ला पुग्ने र बास बस्न धनगढी नै आउने गरेका छन् ।