Friday 4th December 2020

    निर्देशक खरेल परिवर्तन सम्मान २०७६बाट सम्मानित हुदै, सोही समारोहमा हरि तारा चलचित्र पुरस्कार र श्री दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार प्रदान गरिदै    आज १२ सय ७२ संक्रमित थप    सीमा विवादमा भारतसँग औपचारिक संवादको ढोका खुल्यो : परराष्ट्रमन्त्री    “ए साईली” भन्दै आए किरण गौतम    ८५ वर्षमा पनि उस्तै उत्साह, कोरोनाकालमा नातीसँग सिनेमा खेल्दै धर्मेन्द्र

शिक्षाले कहिले नि बुढो र बालक भन्दैन

Sunday, December 3, 2017 National Power


नेपालमा आधुनिक शिक्षाको सुरुवात राणा प्रधानमन्त्री जङ्गबहादुर राणाको बेलायत यात्रा पछि सन् १९८२ मा स्थापित दरबार हाइस्कूल (हालको रानीपोखरी किनारको भानु मा.बि)बाट भएको हो । यस भन्दा अगाडि नेपालमा केही धर्मशास्त्रीय दर्शनमा आधारित शिक्षामात्र दिइन्थ्यो । आधुनिक शिक्षाको सुरुवात १९८२ मा भएपनि यो आम नेपाली जनताका लागि भने सुलभ थिएन । तर देशका बिभिन्न भागमा केही विद्यालय दरवार हाइस्कूलको सुरुवात सँगै खुल्न सुरु भए । नेपालमा पहिलो उच्च शिक्षाको केन्द्र चाहिँ काठमाडौंमा रहेको त्रि(चन्द्र क्याम्पस हो ।

राणा प्रधानमन्त्री चन्द्र सम्शेरले आफुसँगै राजा त्रिभुवनको नाम जोडी यस क्याम्पसको नाम राखेका थिए । यो क्याम्पसको स्थापना पछि नेपालमा उच्च शिक्षा आर्जन धेरै सहज हुनपुगेको थियो । तर सन १९५९ सम्म पनि देशमा एउटा पनि विश्वविद्यालय स्थापना हुन सकेको थिएन । राजनैतिक परिवर्तन पछि राणा शासन मुक्त देशले अन्तत १९५९ मा त्रिभुवन विश्वविद्यालयको स्थापना गर्याे । त्यसपछि महेन्द्र संस्कृतका साथै अन्य विश्वविद्यालयहरू पनि खुल्दै गए । नेपालमा ९ वटा विश्वद्यिालयहरु सञ्चालनमा रहेका छन् । नेपालको शिक्षाको सबैभन्दा मुख्य योजनाकार शिक्षा मन्त्रालय हो ।
त्यस बाहेक शिक्षा विभाग, क्षेत्रीय शिक्षा निर्देशनालयहरू, जिल्ला शिक्षा कार्यालयहरू, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, उच्चमाध्यमिक शिक्षा परिषद्, पाठ्यक्रम विकास केन्द्र, विभिन्न विश्वविद्यालयका परीक्षा नियन्त्रण कार्यलयहरू विकास विस्तार तथा नियन्त्रणका क्षेत्रमा कार्यरत छन । नेपालमा विद्यालय शिक्षाको सुरुवात धेरै पहिलेदेखि भए ता पनि वि.सं. २००७ सालमा प्रजातन्त्रको आगमनसँगै मुलुकमा सबै जनताको पहुँचमा पुग्ने गरी विद्यालय शिक्षाकोे विकासको ढोका खुलेको हो ।
शिक्षाको क्षेत्रमा पहिले भन्दा व्यापक सुधार भैसकेको छ । अझ पछिल्ला दिनहरुमा त सरकारले निशुल्क शिक्षा प्लस टु लेवल सम्म गरेपछि शिक्षा आर्जन गर्न चाहाने सबै सम्पन्न देखि विपन्न जनता सबैले शिक्षा लिन पाउने भएका छन् । सरकारी गैरसरकारी पक्षबाट सँगै निजि क्षेत्रबाट पनि शिक्षामा व्यापक सुधार गरिएको छ । हरेक नेपाली जो विदेशमै गएर शिक्षा आर्जन गर्ने भन्दै दौडिन्छन् ति सबैलाई मात दिदै राजधानीका कैयौ विद्यालयहरुले सँसारको जुनसुकै कुनामा गएर पनि नेपाली बिक्न सक्ने स्तरको शिक्षा दिन सफल भएका देखिन्छन् ।
शिक्षाको स्तरमा सुधार हुनुनै दक्षजनशक्ति उत्पादन गर्नु हो । दक्ष जनशक्ति भनेकै विकासको मेरुदण्ड हो । अनुभवीले आफ्नो अनुभवलाई सहि मार्गमा सहिरुपमा परिचालन गर्न सक्छ । आमा शिक्षीत भएमा परिवार शिक्षीत हुन्छ भने झै देशका नागरिक शिक्षीत भए देश शिक्षीत हुन्छ देश बलियो हुन्छ । त्यसैले विकासको पहिलो आधार भनेकै शिक्षा हो । शिक्षाबिना चेतना आउदैन, शिक्षा विनाको मान्छे पशुसरह हुन्छ । शिक्षाले कहिले बुढो बालक भन्दैन कतिपय मान्छे उमेर खाईयो के शिक्षा लिने भन्दै निरास हुन्छन् । धेरै मान्छे जिवन देखि हरेस खाएर पढ्नै छोड्छन् । परिक्षामा असफल भईयो भन्दै रुने कराउने यहाँ सम्मकी आफैले आफैलाई हानी नोक्सानी पुर्याउन समेत पछि पर्दैनन् । तर खासमा शिक्षा भनेको ज्ञान हो । जो कहिल्यै लिएर सकिदैन । एस.एल. सी प्लस टु व्याचलर वा मास्टर अथवा डिग्रीनै गरे पनि उसको पढाई पुरा हुदैन । मान्छे जन्मे देखि नमरुन्जेल उसले सिकी राख्नु पर्छ केहि न केहि कुरा । त्यसैले हामी केवल विद्यालयमा जानु भेडाले भारी बोके झै कितावका च्याङ बोक्नु मात्रै पढाई होईन । घरमा बसेर पढ्नु ,समाजमा भेला भएर पढ्नु, पौढ शिक्षा,औपचारीकशिक्षा,अनौपचरीकशिक्षा,लगायत थुप्रै क्याटागोरीमा शिक्षालाई छुट्याएको छ । त्यसैले शिक्षाको क्षेत्र अथाह छ । अनगिन्ती छ, र अनन्त रहेको छ । यसलाई तपाई हामीले जसरी जुन ठाउमा र जुन तरिकाले लिन्छौ त्यतिमा मात्रै फरक हो ।
शिक्षा नै मानवको तेस्रो अँखा हो । तर आधुनिक ब्याक्तित्व हरुले यसलाई पहिलो आँखा नै भन्न रुचाउँछन् किनभने दृश्टिबिहिन ब्यक्तिहरु पनि यसैको कारणले गर्दा नै चर्चामा आइरहेका छन । शिक्षा धेरै प्रकारको हुन्छ । जतिसुकै किसिमको भए पनि सबै प्रकृयाले आखिर शिक्षा र ज्ञाननै दिन्छन् । औपचारीक शिक्षा विशेस गरि भविष्यका कर्णधारहरुका लागी अनिवार्य छ । देशको भविष्य निर्माता र राष्ट्रका मेरुदण्ड नै आजका बालबालिका हुन् । तिनीहरुको प्रारम्भिक शिक्षा गुणस्तरीय हुनु पर्दछ जुन द्यालयका शिक्षकहरुबाट प्राप्त हुन्छ । पछिल्ला दिनहरुमा कतिपयले शिक्षा क्षेत्रलाई कमाई खाने भाडोको रुपमा पनि प्रयोग गरिरहेका छन् ।

आफ्नो फाईदाको लागी साना साना नानीहरुको भविष्य संग खेल्ने अधिकार त्यस्ता घातीहरुलाई छैन । समयमै अभिभावकले राम्रो शिक्षण संस्थाको पहिचान गरि आफ्ना बालबालीकाहरुको भविष्य संग खेवाड हुन रोक्नु पर्ने देखिन्छ । त्यति मात्रै नभएर कुनै पनि शिक्षण संस्थाहरुले गुणात्मक र स्तरीय शिक्षा प्रदान गर्न योग्य सक्षम, शिक्षणप्रति झुकाव भएका, निष्पक्ष, कुशल एवं प्रतिभाशाली र  दक्ष शिक्षकहरुको छनौट गर्नु पनि अति आवश्यक देखिन्छ ।बालबालिकाहरुको भविष्य उज्जवल गर्नको लागि राम्रो र गुणस्तरीय शैक्षिक संस्था भनेर दावि गर्ने हरुले पनि गुणस्तरिय शिक्षा प्रदान गर्नै तिर ध्यान दिनुपर्ने देखिन्छ भने अर्को तिर अभिभावकहरुले पनि विद्यालयकै भरमा नपरेर घरमा पनि आफ्ना बालबालिकाहरु राम्रो शिक्षा आर्जन गर्न सकुन त्यस्र्तो वातावरण निर्माण गर्नु पर्दछ । 

PRESENTED BY:Kamala Joshi