Tuesday 10th December 2024

    गढीमाई मेलामा दर्शनार्थीको घुइँचो    गायक नारायण थापाको “परिणाम नखोज तिमी” सार्बजनिक    पैसाको कमी र यौन असन्तुष्टीका कारण पति-पत्नीको सम्बन्ध कमजोर हुन्छन्    हैदरावादमा पुष्पा–२ को लाइभ कार्यक्रममा भागदौड, एक महिलाको मृत्यु    ‘नेपाल मानव–अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव ९ देखि १२ डिसेम्बरमा काठमाडौँमा आयोजना हुँदै

काठमाडौँ १का मतदाताको मुडः प्रकाशमान देखि दिग्दारी, रविन्द्रको भोटर नेपालमै छैनन्, एमालेले अनिललाइ पत्याएनन्, हरिबोलको काउण्टर अट्याक्क (भिडियो सहित)

Saturday, December 2, 2017 National Power

नवराज दुवाडी

१६ मंसिर, काठमाडौँ – आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि काठमाडौँ क्षेत्र नं १ निकै चर्चामा रहेको छ । विशेष गरी नेपाली काँग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंह, भर्खरै विविसीको जागिर छाडेर राजनीतिमा होमिएका चर्चित पत्रकार रविन्द्र मिश्र तथा एमाले र माओवादी केन्द्रको चुनावी तालमेलबाट उम्मेद्वार बनेका अनिल शर्माको कारण त्यस क्षेत्रको चुनावी महौल निकै रोमान्चक हुने आँकलन सबैको छ ।

तर यहि क्षेत्रबाट २०४३ सालमा काठमाडौँ महानगरपालिकाको मेयर भएका तथा २०४८ सालमा तत्कालिन एमाले महासचिव मदन भण्डारीसंग चुनावी प्रतिष्पर्धामा रहेका एक जना पुराना काँग्रेसी हरिबोल भट्टराइ पनि चुनावी प्रतिष्पर्धामा छन् । विगतमा लामो समयसम्म नेपाली काँग्रेसको झण्डामुनी रहेर राजनीति गरेका भट्टराइ पछिल्लो समय नेपाली काँग्रेसका नेतृत्वको कार्यशैली प्रति असन्तुष्टि जनाउँदै नेपाली काँग्रेस (विपी) नामक पार्टी गठन गरेका छन् ।

नेपाली काँग्रेसको नेतृत्वमा रहेका हरुले जननायक विपी कोइरालाको आदर्श र सिद्धान्तबाट च्युत भइ पैसा र पदको लागि जस्तोसुकै हतकण्डा अपनाउन पनि पछि नपरेको, आफ्ना मुल्य र मान्यताहरुलाइ सत्तासंग विक्रि गरेको आरोप लगाउँदै उनले नेपाली काँग्रेस (विपी) नामक पार्टीको गठन गरी विपी, गणेशमान र कृष्णप्रसाद भट्टराइले कल्पना गरेको जस्तो पार्टी निर्माण गरी देश र जनताको सेवा गर्न लागेको बताउने गरेका छन् ।

यस्तोमा आसन्न निर्वाचनमा प्रतिनिधिसभा सदस्यको लागि काठमाडौँ क्षेत्र नं १ बाट उम्मेद्वारी दिएका भट्टराइले अन्य उम्मेद्वारहरुले जस्तो चर्का नारा, आश्वसन र चर्का प्रचारवाजी नगरी घरदैलो मार्फत आफ्ना कुरा मतदाता समक्ष पुर्याइरहेका छन् । माथि चर्चा गरेका तीन उम्मेद्वारहरुले विभिन्न संचारमाध्यममा आफ्नो जीत सुनिश्चित भइसकेको बताएपनि स्थानीय जनताको मनोविज्ञान भने अरुनै पाइएको छ ।

हुनत काठमाडौँ क्षेत्र नं १ बाट प्रतिनिधिसभाक तर्फको उम्मेद्वार २३ जना रहेका छन् । ती मध्ये कतिपय उम्मेद्वारहरु डमी मात्रै हुन भने कतिपय रहरले उम्मेद्वार भएकाहरु पनि छन् । यस्तोमा पछिल्लो समय यस क्षेत्रका जनताको मनोविज्ञानलाई केलाउने हो चार जना उम्मेद्वारवीच नजिकको प्रतिष्पर्धा हुने देखिन्छ ।

प्रकाशमान सिंह (नेपाली काँग्रेस)


गणेशमान पुत्र प्रकाशमान सिंह नेपाली काँग्रेसको महामन्त्रीसम्म भइसकेका व्यक्ति हुन् । पार्टीको कार्यकारी पदसम्म पुगेको भएतापनि उनलाई आफ्नो योग्यताले भन्दा पनि पिता गणेशमानको छोरा भएका कारणमात्रै त्यो स्थानमा पुगेको यस क्षेत्रका मतदाताहरुको टिप्पणी रहेको छ । विगतमा दुइ पटकसम्म यस क्षेत्रबाट निर्वाचित गराएर पठाएको भएतापनि यस क्षेत्रमा कुनै पनि विकास निर्माणका काम नभएको, विगतमा दिएका आश्वसनहरु पुरा नभएको, आम जनताको सवालका कुरा भन्दा पनि केही सिमित व्यक्तिहरुको मात्र कुरा सुन्ने गरेको, भष्ट्राचारमा लिप्त भएको, अन्तराष्ट्रिय स्तरमा नेपालको छवि उचो बनाउने भन्दा पनि गिराएर आएको, भारतसंग अनावश्यक साँठगाँठ भएको आरोप लगाएका छन् ।

त्यसैले विगतमा प्रकाशमानलाई मतदान गरेका कतिपय आम जनता उनीबाट निकै रुष्ट भएको पाइएको छ । तसर्थ यस क्षेत्रमा विगतमा प्रकाशमानले जसरी चुनवा जित्दै आएका थिए, त्यो अवस्था नरहेको देखिएको छ । यस क्षेत्रबाट प्रकाशमानलाइ कमिटेड भोट बाहेक आम भोट जाने सम्भावना लगभग शुन्यको स्थितीमा रहेको छ ।

हरिबोल भट्टराइ (नेपाली काँग्रेस – विपी)


२०४३ सालमा काठमाडौँको मेयर भएको करिब ८ महिनाको समयमा उनले निकै उल्लेखनीय काम गरेको यहाँका पुराना मतदाताहरुको बुझाइ रहेको पाइयो । तत्कालिन समयमा पञ्चायत व्यवस्थालाइ समर्थन नगरेकै कारण पदबाट हटाइएका भट्टराइले राजासंग मिली पञ्चायती व्यवस्थाको समर्थनमा गएको भए पुरा कार्यकाल मेयर त पाउँथेनै उनले व्यत्तिगत स्वार्थ पुरा गर्ने पनि प्रशस्त अवसर थियो ।
तर उनले तत्कालिन अवस्था वहुदलीय व्यवस्थाको पक्षमा भइरहेको आन्दोलनमा सक्रिय भए । राजाले अनेक आश्वासन दिँदा पनि प्रजातन्त्र र बहुदलीय व्यवस्था भन्दा ठूलो मेरो लागि मेयर पद होइन भन्दै आन्दोलनमा होमिए । त्यही बेला देखिनै काठमाडौँका आम जनताले हरिबोल भट्टराइ आफ्नो स्वार्थका लागि लाग्ने मानिस होइन भन्ने बुझेका रहेछन् । हामीले काठमाडाँै १ का मतदाताहरुको मनोभावना बुझ्दै गर्दा उनलाइ आम जनताले प्रजातन्त्र, बहुदलीय व्यवस्था, जनताका आम सवालका विषयमा कटिबद्ध व्यक्तिको रुपमा बुझेको पाइयो ।

यति मात्र नभइ भट्टराई सनातन हिन्दु राज्यको पक्षमा उभिएकाले पनि मतदाताहरु उनीप्रति निकैनै सकारात्मक भएको पाइयो । हिजो नेपाली काँग्रेसलाइ भोट दिएका धेरैजसो मतदाता करुवा चिन्ह लिएर उठेका भट्राइलाइ मत दिने मुडमा छन् भने सनातन हिन्दुधर्मका पक्षधरहरु पनि भट्टराइलाइनै मत दिने मनस्थितीमा पुगेको देखिन्छ । हिजो प्रकाशमानबाट विच्किएकाहरु, वाम गठबन्धनलाइ नरुचाएकाहरु तथा रविन्द्र मिश्रलाई राजनीतिको काँचो खेलाडी देख्ने मतदाताहरुको विकल्पको रुपमा पुराना आदर्शवादी पाका नेता हरिबोल भट्टराइप्रति अकार्षण हुने देखिन्छ । यसका लागि उनले अरु उम्मेद्वारहरुले जस्तो सभा सम्मेलन, मिडियामा आक्रमक प्रचार, आफ्ना प्रतिष्प्रधीहरुलाइ तथानाम गाली भन्दा भन्दा पनि आफ्नो एजेण्डा लिएर प्रत्येक मतदाताको घर घरमा पुग्ने गरेका छन् । प्रत्येक मतदातासंग आत्मियता गाँस्दै उनीहरुको हिड्ने उनको यो शैलीले चुनाव भन्दा अगाडिनै जितको घोषणा गरिसकेका अन्य उम्मेद्वारहरुलाई निकै भारी पर्ने देखिन्छ ।

करिब ४२ हजार मतदाता रहेको यस क्षेत्रमा चार पक्षिय प्रतिष्पर्धामा ८ देखि १० हजारको हराहारीमा मत ल्याउनेको जित सुनिश्चित देखिन्छ । यस्तोमा भट्टराइले यस क्षेत्रबाट करिब ८ देखि ९ हजारको विचमा मत पाउने आँकलन आम मतदाताको रहेको छ ।

रविन्द्र मिश्र (विवेकशिल साझा)


विविसी नेपाली सेवाको जागिर छोडेर राजनीतिलाइए सुद्धिकरण गर्ने भन्दै विवेकशिल साझा पार्टीको संयोजकको हैसियतमा काठमाडाँै क्षेत्र नं १ मा चुनाव लडेका रविन्द्र मिश्र पनि यस क्षेत्रका लागि आकर्षक उम्मेद्वार हुन् । खास गरी युवापुस्ता माझ उनी लोकप्रिय पनि छन् । तर विडम्बना के छ भने यो क्षेत्रमा युवा पुस्ताका मतदाता निकै कम छन् । प्राय युरोप, अमेरिकातिर रहेका युवापुस्ताको राम्रो साथ त छ तर रविन्द्र मिश्रलाइ मतदान गर्ने युवा भने निकै कम छन् यो क्षेत्रमा ।

दलमा कटिबद्ध मतदाताले रविन्द्र मिश्रलाइ मतदान गर्ने देखिन्न । पाका पुस्ताले उनलाइ झट्ट विश्वास गरिहाल्ने आवस्था पनि देखिएन । यस्तोमा नयाँ सोचका साथ राजनीतिमा केही गर्ने अभिलाषा बोकेर आएका मिश्रलाइ सामाजिक संजालमा मात्र समर्थन मिल्ने जस्तो आभाष देखिएको छ, किनभने उनलाइ मतदान गर्ने पुस्ता नेपालमै छैनन् । जे जस्तो भएपनि दर्शन र राजनीतिक पृष्ठभूमि नभएको व्यक्तिलाइ समर्थन गरेर देशलाई कुनै फाइदा नहुने आम मतदाताको विश्लेषण पनि यो क्षेत्रमा रहेको पाइयो ।

ठूला राजनीतिक दलहरुबाट रुष्ट मतदाता रिझाएर चुनाव जित्ने मिश्रको योजनाले खासै प्रभावकारी देखिएको छैन । आफ्नो कुनै एजेण्डा भन्दा पनि अरुको नकारात्मक कामको मात्र प्रचार गरेको आरोप उनलाइ लाग्ने गरेको छ । त्यसमाथि विगतमा उनको विवादस्पद कार्यक्रमहरु, उनको परिवारको विवादस्पद पृष्ठभूमीले पनि मिश्रलाई यो चुनाव सोचेभन्दा निकै अप्ठ्यारो पर्ने देखिन्छ ।

अनिल शर्मा (वाम गठबन्धन)


भनिन्छ यो क्षेत्रमा अनिल शर्मालाइ वाम गठबन्धनले उम्मेद्वारी दिनका लागि मात्र ल्याइएको हो । माओवादी केन्द्रका अनिल शर्मालाइ यो क्षेत्रबाट उम्मेद्वारी दिनुभन्दा अगाडिसम्म कसैले नाम पनि सुनेका थिएनन् । यसै पनि वाम गठबन्धनको कमजोर संगठन रहेको क्षेत्र । यसमा एमालेले आफ्ना उम्मेद्वारलाइ वलीको बोको बनाउनु भन्दा दिएको जस्तो पनि हुने गरी शर्मालाइ अगाडि ल्याइएको हो ।
गत निर्वाचनको मत परिणाम हेर्ने हो भने वाम गठबन्धनको यो क्षेत्रमा ९ हजारको हराहारीमा मत देखिन्छ । यदि यो पुरै मत सोहोरेर पाउने हो भने अनिल शर्माको स्थिती बलियोनै देखिन्छ । तर यस क्षेत्रमा रहेका हिजो एमालेलाइ मतदान गरेका मतदाताहरु हरिबोल भट्टराइ र केही मतदाता रविन्द्र मिश्रलाइ मतदान गर्ने निश्चितप्राय छ । किनकी यस क्षेत्रमा मतदाताको मुड बुझ्ने क्रममा हिजो सुर्यमा छाप लगाएका ७० प्रतिशत भन्दा बढी मतदाताहरु कुनै पनि हालतमा माओवादीलाइ भोट हाल्ने पक्षमा देखिएनन् । उनीहरु कि मतदान नै गर्न नजाने र गएपनि करुवा र तराजुमा हाल्ने भन्दै गरेको पाइयो ।

यस्तोमा आफ्नो भोटबाट जित्न असम्भव रहेको शर्मालाइ एमालेको मत तान्न निकै कसरत गर्दा पनि सकारात्मक नभएपछि निकै निराश छन् । एमाले मतदाता फकाउन पटक पटक एमाले अध्यक्ष केपी ओलीलाइ चुनावी अभियानका क्रममा अगाडि सारिएको भएता पनि त्यसले आम मतदातामा कुनै असर गरेको छैन । गत हप्ता सडक कब्जा गरेर एमाले अध्यक्षलाइ भोट मगाउनको लागि अगाडि सारेको भएपनि शर्मालाइ झन् प्रत्युतपादक बनेको छ । तुलनात्मक रुपमा सचेत मतदाता रहेको काठमाडौँ १ जनताले बाटो कब्जा गरेर आफुलाइ दुख दिएको भन्दै रुष्ट बनेका हुन् ।

यस्तोमा रुष्ट बनेका मतदातालाइ रिझाएर चुनाव जित्न शर्मालाइ फलामको च्युरा चपाए सरहहुने बुझिन्छ ।

अन्य उम्मेद्वारहरु कतिपय डमी र नेता बन्ने रहरले भएका व्यक्तिहरु छन् । जस्को आम जनताले नाम पनि सुनेका छैनन् ।