Sunday 3rd November 2024

    ५० प्रतिशत सेयर र निःशुल्क प्रोमोको सुविधा पाउन निर्माता संघको सदस्य हुनै पर्ने    सरकार ढल्ने दिवा सपना नदेखे हुन्छः प्रधानमन्त्री    कार्तिक १० गते काठमाडौंमा गर्ने जनप्रदर्शन र खबरदारीसभाको तयारी गर्दै नेकपा (माओवादी केन्द्र)    सुनको भाउ हालसम्मकै उच्च विन्दुमा    हमासका प्रमुख याह्या सिन्वरको इसराइली आक्रमणमा मृत्यु

सहिदको तस्वीरलाई दुरुपयोग नगर : आयोग

Friday, December 1, 2017 National Power

५, मंसिर, काठमाडौं –  निर्वाचन आयोगले सहिदको तस्वीरलाई दुरुपयोग गरेर भोट नमाग्न दलहरुलाई चेतावनी दिएको छ ।

प्रदेश २ मा मधेस केन्द्रीय दलहरुले आन्दोलनका क्रममा मारिएकाहरुको तस्वीर, आन्दोलनको भिडियो प्रयोग गरेर भोट मागिरहेका छन् । अन्य दलहरुले यसबारे आयोगको ध्यानाकर्षण गराएका छन् ।

आयोगले शुक्रबार विज्ञप्ति जारी गर्दै आन्दोलनको तस्वीर, ध्वनी तथा सहिदको तस्वीर प्रयोग नगर्न भनेको छ । आयोगका प्रवक्ता नवराज ढकालद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस्ता सामाग्रीहरु निर्वाचन आचार संहिता विपरीत भएका र यस्ता सामग्रीहरुबाट सहिदको सम्मानमा समेत आघात पुग्ने भइकाले तत्काल हटाउन निर्देशन दिइएको छ ।’

आयोगले अटेरी गर्नेहरुलाई कारवाहीको दायरामा ल्याउन सम्बन्धित जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय र अनुगमनकर्तालाई निर्देशन दिएको छ ।