Monday 15th December 2025

    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै

ओलीजी…! आँखामा चश्मा होइन, दूरविन लगाउनुस्

Wednesday, November 29, 2017 National Power

१३ मंसिर, धनगढी –  कैलाली–५ मा कांग्रेसबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेकी आरजू राणा देउवाले एमाले अध्यक्ष केपी ओलीको कटाक्ष गरेकी छन् । उनले ओलीमाथि व्यंग्य कस्दै चश्माको सट्टामा दूरविन प्रयोग गर्न आग्रह गरिन् ।

धनगढी–४ उत्तरबेहडीमा बुधबार बिहान आयोजित चुनावी सभालाई सम्बोधन गर्दै राणाले भनिन्, ‘ओलीजीले नेपालको संविधान पनि पढिदिनु भए राम्रै हुन्थ्यो । नेपालको संविधानमा कोही पनि नागरिक कहीं पनि जन्मिएर कहीं पनि उठ्न पाउने प्रावधान छ ।’

माओवादी अध्यक्ष प्रचण्ड कहिले कीर्तिपुर, कहिले सिरहा, कहिले चितवनबाट उठिरहेको प्रसंग कोट्याउँदै उनले भनिन्, ‘उहाँचाहिँ टुरिस्ट नहुने । महिला भएकाले मलाई हेपेको हो, ओलीजी रु महिलालाई हेर्ने तपाईंको दृष्टि नमिलेजस्तो लाग्यो । तपाईंको दृष्टिलाई चश्मा होइन, टेलिस्कोप नै चाहिन्छ ।’

यसअघि धनगढी र डडेलधुरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले राणालाई टुरिस्ट उम्मेदवार र देउवाले विकासमा सिन्को नभाँचेको आरोप लगाएका थिए । ‘ओलीजी कहिल्यै सुदूरपश्चिम आउनु भएको रहेन छ कि क्या हो रु’ राणाले प्रश्न गरिन् ।

यसपालिको वाम गठबन्धनले कांग्रेसमा लामो समयदेखिको विभाजनको रोग निवारण गर्न भ्याक्सिनको काम गरेको पनि उनले बताइन् ।