Monday 20th January 2025

    बिर्तामोडमा सञ्चालनमा आयो सोफा हब काठमाडौँको आठौँ शाखा    लिम्पियाधुराको विषयमा त्रिदेशीय सहमति गर्न माग गर्दै विरोध प्रदर्शन    आठौं संस्करणको ‘निफ’ मा ४० देशका ८७ चलचित्र प्रदर्शन हुने    फ्राईडे रिलिज: फिरफिरे फिरिरी’, ‘एक्टर’ र ‘आजाद’, कुन फिल्म कस्तो ?    पागल पागल मन को भिडियो सार्वजनिक

ओलीजी…! आँखामा चश्मा होइन, दूरविन लगाउनुस्

Wednesday, November 29, 2017 National Power

१३ मंसिर, धनगढी –  कैलाली–५ मा कांग्रेसबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेकी आरजू राणा देउवाले एमाले अध्यक्ष केपी ओलीको कटाक्ष गरेकी छन् । उनले ओलीमाथि व्यंग्य कस्दै चश्माको सट्टामा दूरविन प्रयोग गर्न आग्रह गरिन् ।

धनगढी–४ उत्तरबेहडीमा बुधबार बिहान आयोजित चुनावी सभालाई सम्बोधन गर्दै राणाले भनिन्, ‘ओलीजीले नेपालको संविधान पनि पढिदिनु भए राम्रै हुन्थ्यो । नेपालको संविधानमा कोही पनि नागरिक कहीं पनि जन्मिएर कहीं पनि उठ्न पाउने प्रावधान छ ।’

माओवादी अध्यक्ष प्रचण्ड कहिले कीर्तिपुर, कहिले सिरहा, कहिले चितवनबाट उठिरहेको प्रसंग कोट्याउँदै उनले भनिन्, ‘उहाँचाहिँ टुरिस्ट नहुने । महिला भएकाले मलाई हेपेको हो, ओलीजी रु महिलालाई हेर्ने तपाईंको दृष्टि नमिलेजस्तो लाग्यो । तपाईंको दृष्टिलाई चश्मा होइन, टेलिस्कोप नै चाहिन्छ ।’

यसअघि धनगढी र डडेलधुरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले राणालाई टुरिस्ट उम्मेदवार र देउवाले विकासमा सिन्को नभाँचेको आरोप लगाएका थिए । ‘ओलीजी कहिल्यै सुदूरपश्चिम आउनु भएको रहेन छ कि क्या हो रु’ राणाले प्रश्न गरिन् ।

यसपालिको वाम गठबन्धनले कांग्रेसमा लामो समयदेखिको विभाजनको रोग निवारण गर्न भ्याक्सिनको काम गरेको पनि उनले बताइन् ।