Tuesday 16th April 2024

    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी    ५७ जना अनाथ बालबालिकाहरूको सहयोगार्थ गोकर्णमा श्रीमद्भागवत सप्ताह हुँदै    माईती संग मेरो भिडियो कार्यक्रम सार्वजनिक, विजेतालाई १० हजार पुरस्कार    सारा खवर डटकमले प्रकाशन गरेको बि.सं. २०८१ को भित्तेपात्रो सार्वजनिक

मतदाता भन्छन हामो मत बिकास प्रेमी डिगबहादुरलाई

Monday, November 27, 2017 National Power

११ मंसिर,काठमाण्डौ – नेपाली कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बू निडर र विकासप्रेमी नेताका रूपमा चिनिन्छन् । शालीन, इमान्दार तथा कुशल नेता लिम्बू उत्तरी मोरङको सामाजिक तथा राजनीतिक गतिविधिमा प्रमुख पात्रका रूपमा चिनिन्छन् । जनताको सुखदुःखमा सधै साथ दिदैँ आएका सभापति लिम्बू जनताकै सेवा गर्छु भनेर राजनीतिमा प्रवेस गरेको बताउँछन् । लिम्बू, तीन दशकदेखि निरन्तर जनताको सेवा र कांग्रेसको संगठन निर्माणमा जुटिरहेका छन् । त्यसैको परिणामस्वरूप २०७० सालको चुनावमा संविधानसभा सदस्यमा निर्वाचित भए ।

सम्पूर्ण जीवन राजनीति र समाजसेवाका लागि सुम्पेका लिम्बू पहिलोपटक निर्वाचित भएसँगै यसअघिका सांसद्ले गर्न नसकेका र असम्भव मानिँदै आएका कार्यहरू कुशलताका साथ सम्पन्न गररे ‘ब्रेक थ्रु’ गरेका छन् । संविधान निर्माणसँगै उत्तरी मोरङमा विकासका लागि त उनी भरोसाका पात्र नै बनेका छन् । २२ वर्षसम्म कम्यूनिष्ट निर्वाचित हुँदा पनि नभएका विकास निर्माणका काम लिम्बूले गरेको भन्दै स्थानीयले प्रशंसा गर्ने गरेका छन् । यतिबेला लिम्बू आफूले शुरू गरेका विकास निर्माणका कामलाई पूरा गर्नका लागि पुनः चुनावी मैदानमा छन् ।
मोरङ क्षेत्र नं। १ बाट प्रतिनिधि सभाका लागि उम्मेद्वार बनेका लिम्बूको पक्षमा चुनावी माहोल जुट्दै गएको छ । लामो समयदेखि सामाजिक सेवाको क्षेत्रमा क्रियाशिल लिम्बूले आम जनताको दैनिकसँग जोडिएका समस्याहरूलाई चुनावी एजेन्डा बनाएर प्रचार–प्रसारमा होमिएका छन् । उनको चुनावी एजेन्डामा नदी तटबन्ध, सडक पूर्र्वाधार, सुकुम्बासी समस्या समाधान, कृषि, सिचाइं, स्वास्थ्य, शिक्षा, रोजगार, खानेपानी वितरणसम्मको योजना समावेश छन् ।

विगतमा उनले गरेको कामको मूल्यांकन गर्दै प्रभावशाली प्रखर नेता लिम्बूलाई क्षेत्र नं। १ का मतदाताले आफ्नो अमूल्यमत दिने बताएका छन् । जनताको साझा नेता भनेकै लिम्बू रहेको भन्दै उनीहरूले पार्टी हैन डिगबहादुर लिम्बू नै उत्तरी मोरङको विकाशको मुल हो भन्दै आफ्नो मत दिने बताएका छन् । जनताको काममा समय र आफ्नो समस्या नदेख्ने सबैलाई समान ब्यवहार गर्ने सरल स्वभाव रहेका लिम्बूलाई मत हाल्न पाउनु भाग्य रहेको भन्दै मतदाताहरूले आफ्नो मत लिम्बूलाई नै प्रयोग गर्ने बताएका छन् ।

घर दैलोमा निस्किएका लिम्बूलाई जाहाँ गयो त्यही स्थानीयले भब्य स्वागत गरेका छन् । कतिपयले त मन्त्री भएस भनी आर्शीवाद समेत दिएका छन् । सरल स्वभावका नेता रहेकै कारण पनि उनी लोकप्रिय रहेका हुन् । सामाजिक कार्यमा अग्रसर रहने लिम्बू सबैको मुखमा कन्ठस्त रहेका नेता हुन् । उनि प्रष्ट वक्ताको रूपमा पनि चिनिने गरेका छन् । युवाको पहिलो रोजाइमा परेका उनी जेष्ट नागरिकका पनि निकै प्रिय मानिन्छन् ।
यतिखेर वाम गठबन्धनको सामना गरिरहेका लिम्बू बलियो उम्मेद्वार रहेका छन् । युवा वर्गले रोजेका नेता लिम्बूले वाम गठवन्धनका उमेद्वार घनश्याम खतिवडालाई सजिलै जित्ने आकलन राजनीतिक विश्लेषकहरूको रहेको छ ।

मतदाताहरूले पनि खतिवडालाई भन्दा लिम्बूलाई नै रोज्ने बताउँछन् । उनीहरूले जनताको हरेक दुःखमा साथ दिएका नेता लिम्बू सहयोग गर्दा कुन पार्टीको नसोध्ने सक्दो सहयोग गर्ने गरेको समेत बताएका छन् । मतदाताहरूले बाढीले घरबाहार विहिन बनाएको बेला लिम्बूले स्थानीयको बासस्थानको तयारी गर्दै गर्दा खतिवडा कुन ठाउँबाट रमिता हेर्दै थियौ भन्ने प्रश्न समेत गरेका छन् । चुनावमा उठ्ने अनि जिते भने काम गर्छु भन्ने खतिवडाभन्दा जनताको साथमा सदैव रहने नेता लिम्बूलाई नै यसपटकको मत दिने मतदाताले बताएका छन् ।