Friday 18th July 2025

    तीज म्युजिक अवार्डको १२औँ संस्करण हुँदै    होटल स्मार्ट एण्ड स्मार्ट क्याफे सञ्चालमा    अभिनेत्रीबाट कोरियोग्राफर हुँदै कास्टिङ निर्देशकतर्फ पवित्राको यात्रा !    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान

ज्ञान निकेतन र सीसीआरसी सेमिफाइनलमा

Sunday, November 26, 2017 National Power

काठमाडौं – सीसीआरसी १६ औं ज्ञान निकेतन कप बास्केटबल च्याम्पियनसिपको प्लस टु ब्वाइजतर्फ बिहीबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

सीसीआरसीले आयोजक ज्ञान निकेतनलाई ४३–३२ ले पराजित ग¥यो । सीसीआरसीको जितमा आशिष बस्नेतले १४ अंक योगदान गरे ।
प्लस टु ब्वाइजमै ग्रिनफिल्ड र गोल्डेनगेटले पनि सेमिफाइनलमा स्थान सुरक्षित गरे । मनोज खत्रीको १५ अंक सहयोगमा ग्रिनफिल्डले बर्न हार्टलाई ४३–३३ ले हरायो । गोल्डेनगेटले जेभियर इन्टरनेसनल कलेजलाई ४५–२६ ले पन्छायो । गोल्डेनगेटका विवेक राउतले १४ अंक जोडे ।

त्यसैगरी डिफेन्डिङ च्याम्पियन ज्ञान निकेतन दोश्रो माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्लस् सेमिफाइनलमा प्रवेश ग¥यो ।
ज्ञान निकेतनले सम्भावीलाई २४–१२ ले पाखा लगायो । विजयी टिमका लागि डेसी कार्कीले १४ स्कोर गरिन् । त्यस्तै लाइसियम पनि कन्स्टिलेसनमाथि १२–८ को जित निकाल्दै सेमिफाइनलमा पुग्यो । लाइसियमकी अनिशा पोखरेलले ६ अंक बटुलिन् ।
सिनियर ब्वाइजमा न्यु अरुणोदयले क्वाटरफाइनल यात्रा तय ग¥यो । न्यु अरुणोदयले ज्ञान निकेतन ‘सी’ लाई २९–१९ ले पराजित ग¥यो । विजेताका सुजेश लामाले १४ स्कोर गरे ।