Tuesday 5th July 2022

    नेपालमैं पहिलो पटक विच फेशन शो सम्पन्न    जान्या र केबिन जुनियर लिटिल स्कुल स्टार लुम्बिनी २०२२ घोषित    आयुष्मान विष्टको पहिलो गीति एल्वम ‘मेरो कलिलो मन’ विमोचित    मिस टिन हिमालय नेपाल२०२२ को ट्यालेन्ट राउन्ड सम्पन्न    ‘कलाकर्मी डाइजेष्ट’ को विमोचन,पाँच व्यक्तित्वलाई ‘कलाकर्मी सम्मान–२०७९’

नयाँ र बानेश्वर चाबहिल चोकमा आकाशे पुल निर्माणको तयारी

Saturday, November 25, 2017 National Power

९ मंसिर, काठमाडौं  –  काठमाडौँ महानगरपालिकाले थप केही स्थानमा आकाशे पुल निर्माण गर्ने तयारी गरेको छ ।हाल काठमाडौं उपत्यकामा १० वटा आकाशे पुल रहेको छ । केही समयअघि कलंकी चोक र कमलपोखरीमा रहेको पुल भत्काएपछि हाल दश वटा मात्र सञ्चालनमा रहेको हो ।


तीमध्ये रत्नपार्क, वीरअस्पताल अगाडि र भृकुटीमण्डलगायत स्थानमा रहेको पुल जीर्ण भइसकेका छन् । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले नयाँ आकाशे पुलको निर्माण र पुरानाको मर्मतसम्भारको काम अबको केही समयमा नै शुरु गर्ने बताउँदै चाबहिल र नयाँ बानेश्वर चोकमा नयाँ आकाशे पुल बनाउने तयारीकासाथ कामपाले प्राविधिकसहितको टोलीसमेत गठन गरिसकेको बताए ।

नागरिकको अत्याधिक चाप हुने र आवश्यकता पनि भएको यी स्थानमा पहिले पनि निर्माणको लागि प्रस्ताव भइसकेको थियो ।

‘नयाँ पुल निर्माणको कामसँगै कामपाले जीर्ण अवस्थामा रहेका पुराना आकाशे पुल मर्मतको काम पनि गर्ने छ,’ प्रमुख शाक्यले भने, ‘एक वर्षअघि नै महानगरपालिकाले विभिन्न स्थानमा पुल निर्माणका लागि रु पाँच करोड बजेट विनियोजन गरिसकेको थियो, अब जनप्रतिनिधिले उक्त कार्य पूरा गर्ने छन् ।’

मानिसको अत्यधिक चाप रहने स्थान नयाँबानेश्वर, चाबहिल, कोटेश्वर चोक र काठमाडौँ जिल्ला अदालत अगाडि आकाशे पुलको आवश्यकता देखिएको छ ।